साहसिक खेल

पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस शुरु

पोखरा-एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा(महाप्रभु धाम)मा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरकाखेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उलने… पुरा पढौ

आगामी बिहीबार पोखरामा माउन्टेन बाइक रेस, ११ देशका ५५ प्रतिस्पर्धी

पोखरा-आगामी बिहीबारदेखि पोखरामा शुरु हुने पोखरा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ देशका साईक्लिष्टले सहभागिता जनाउने छन् । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतिस्पर्धा गर्ने छन् । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति… पुरा पढौ

फिष्टेल रेसिङ कपको ट्रयाक ले–आउट तयार

पोखरा-मंसिरको दोस्रो साता पोखरा रंगशालामा आयोजना हुने फिष्टेल रेसिङ कपको ट्रयाक ले–आउट तयार भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिको आयोजना हुने रेसिङ कपको ट्रयाक ले आउट तयार गरिएको हो । ट्रयाक ले–आउट १ दशमलव ३ किलोमिटरको हुने छ । तयार गरिएको ले–आउट अनुसार बायाँ तीन घुम्ती र दायाँ दश घुम्ती रहेको भिआर–४६ मोटर स्पोर्टस प्रालिले उल्लेख गरेको छ । फिष्टेल रेसिङ नेपालकै लामो ट्रयाक भएको बाईक रेस हो । एकदशमलव ३ किलोमिटरको… पुरा पढौ

मंसिर दोस्रो साता प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक प्रतियोगिता

पोखरा-पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ । माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ । माउण्टेन बाईक प्रतियोगिता पोखरा महानगरपालिका वडा नं १३स्थित आर्वाविजयको डाँडामा हुने छ । झण्डै १४ सय मिटरको उचाईबाट डाउनहिल शैलीको पोखरा एन्डुरो हुने डन टिल डस्कका संस्थापक सुनिलचन्द्र शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको आर्वामा आयोजना गरिएको… पुरा पढौ

मंसिर दोस्रो साता पोखरामा ‘फिस्टेल रेसिङ कप’

पोखरा–पोखरा रंगशालामा दोस्रो पटक मोटरबाईक रेस हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले आगामी मंसिर दोस्रो साता आयोजना गर्ने ‘फिस्टेल रेसिङ कप २०२३’ नेपालकै बृहत हुने दावी गरेको छ ।‘लामो ट्रयाक भएको बाईक रेस हो । त्यसैले हामीले नेपालकै बृहत भएको अनुमान गरेका छौं’ भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाले भने–‘पहिला रंगशालाभित्रकै कालोपत्रेको पनि आधा बाटोलाई ट्रयाकको रुपमा प्रयोग गरेका थियौं । अहिले त्यसको दोब्बर हुन्छ ।’ पोखरालाई साहसिहक खेलकुदको उत्कृष्ट… पुरा पढौ

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन–महानगर प्रमुख

पोखरा-पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ । पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने उद्देश्यसहित वाटर स्र्पोटस गर्ने उल्लेख गरेको हो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गर्ने सुनाए । ‘वाटर स्पोर्टस मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिईने छ।’ उनले भने–‘आवश्यक सम्भाव्य अध्ययन गरिने छ ।’ उनले विशेष गरी तालहरुमा हुने वाटर स्पोर्टसका… पुरा पढौ

लम्जम्बर्गका हलेरलाई एशिया कप ट्रायथोलनको उपाधि

पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप पुरुष तर्फ लक्जम्बर्गका बब हलेर च्याम्पियन बनेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले पौडी, साईक्लिङ र दौड पुरा गर्न ५५ मिनेट ५७ सेकेण्डको समय लगाएका थिए । ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडको स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले ५६ मिनेट… पुरा पढौ

पोखरामा पहिलो पटक रोड रेसिङ च्याम्पियनसिप

पोखरा-पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन् । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए । पोखरा रंगशालाभित्रको सडकमा गरिएको प्रतिस्पर्धा अन्तर्गत नोभिस विधामा भने निमेश ठकुरी पहिलो बने । दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् । नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल)… पुरा पढौ

जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

बाँके-बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमाच्याम्पियन बनेका छन् । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिकविधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथमभएकाहुन् । त्यसैगरी देवबहादुर बोहोराले ५३ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो र शिवप्रसाद थारुले ५६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पुरा गरी तृतीय स्थानहासिल गरे । ४.५ किलो मिटरको दुरी भएको ट्रेलमामहिलातर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा… पुरा पढौ

मेयरकप साईकल दौड, माष्टर्सको उपाधि मानन्धरलाई

पोखरा-पोखरामा आयोजित दोस्रो मेयर कप साईकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन् । बुधबार पोखरा–२१ कमेरेबाट शुरुभएको रेस मट्टिखान हुदैं विभिन्न ठाँउ घुमेर कमेरेमै आएर टुंगिएको थियो । ५० किलोमिटरको दुरी(दुई फन्को लगाएर)लाई विकले ३ घण्टा १२ मिनेटमा पुरा गर्दै उपाधि जिते । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साईक्लिङ संघ कास्कीको प्राविधिक सहयोग र साईकल सिटीको समन्वयमा भएको प्रतिस्पर्धामा सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा आए । त्यसैगरी सुमित… पुरा पढौ