साहसिक खेल

हिक्मत र लक्ष्मीलाई दोस्रो मेयर कप साईकल रेस उपाधि

पोखरा-दोस्रो मेयर कप साईकल रेसको पुरुष तर्फको उपाधि हिक्मत विकले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले जित्न सफल भईन् । विक नवौं राष्ट्रिय खेकलुद प्रतियोगिताका रोड रेस विजेता समेत हुन् । पोखरा–२१ कमेरेबाट शुरु भएको साईकल रेस रामदी, मट्टिखान, धुवाँरकोट, ठकुरीगाँउ, कृष्ति, बाघखोर, भालुडाडाँ हुदैं कमेरेमा दुरी तय गरिएको छ । दुरी २५ किलोमिटरको छ । तय गरिएको रुटलाई दुई फन्को लगाउँदै ५० किलोमिटरको दुरी गरेका थिए । महिला र पुरुष प्रतिस्पर्धीले ५० किलोमिटरको दुरी पुरा गरेका थिए… पुरा पढौ

बुधबार दोस्रो मेयरकप साईकल दौड

पोखरा-वर्षेनी इन्धन आयातमा खर्बौ खर्च हुन्छ । दैनिक रुपमा इन्धन प्रयोग घटाउने प्रयास गर्नुपर्छ । बातावरणीय संरक्षणसँगै इन्धन बचाउने अभियानलाई आत्मसात गर्नुपर्छ । इन्धन विना जीवन चल्दैन् । तर विस्तारै कटौती गर्दै लैजानुपर्छ । पोखराको साईकल सिटीले अभियान नै चलाएको छ( ‘बोसो पगाल, इन्धन नबाल’ । साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको थियो । साईकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यका अनुसारपर्यावरण जोगाउँदै साईकल सँस्कृतिलाई बलियो बनाई पोखरालाई साईकल… पुरा पढौ

मेयरकप साईकल दौडको लागि खेलाडीको दर्ता शुरु

पोखरा-आगामी दुईसातापछि पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि खेलाडी दर्ता शुरु भईसकेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रुट पोखरा २१ स्थित युवावर्ष आधार विद्यालय फुस्रेखोलाको पुल नजिकबाट शुरु हुने छ । पुलबाट सिधै मट्टीखान रिसोर्ट पुग्नुपर्ने छ । पुलदेखि रिसोर्टसम्म २५ किलोमिटरको दुरी छ । ईलाटई तर्फको प्रतिस्पर्धीले दुई ल्याप गर्नुपर्ने छ । भने ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीलाई एक ल्याप मात्रै गर्नुपर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई… पुरा पढौ

रोडरेस मासस्टार्टमा गण्डकीका हिक्मतलाई स्वर्ण

पोखरा-पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जितेका छन् । त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् । महिलातर्फको रोड… पुरा पढौ

निसिमको अन्त्येष्टी

पोखरा-प्याराग्लाईडिङ दुर्घटनामा परी ज्यान गुमाएका निसिम थापाको सोमबार रामघाटमा अन्त्येष्टि गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मीबाट सहभागिता जनाएका निसिम आईतबार दिउँसो टेक अफ पछि दुर्घटनामा परेका थिए । टेक अफ लगत्तै हावाको चापमा असन्तुलन हुदाँ उनी जमिनमा बजारिन पुगेका थिए । निसिम क्रसकन्ट्रीको दोस्रो दिन पहिलो टेक अफ गरेका थिए । पहिलो दिनको टास्कमा निसिम आठौं स्थानमा रहेको नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । उनको विहान शवयात्रा गरिएको थियो । उनको पार्थीव… पुरा पढौ

साइक्लिङमा १६ जना छनोट

पोखरा-गण्डकी प्रदेशबाट साईक्लिङबाट १६ जना छनोट भएका छन् । गण्डकी प्रदेशस्तरीय साईक्लिङमा विभिन्न इभेण्टमा महिला तथा पुरुष १६ जना छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्कीजिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए ।प्रतियोगितामा महिला तर्फ प्रदेशबाट क्रसकन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले बताए । रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट भएका… पुरा पढौ

हाईअल्टिच्युड गल्फ उपाधि तामाङ र सिंहलाई

लोमान्थाङ,(उपल्लो मुस्ताङ)-टप अफ दि वल्र्ड गल्फ क्लासिक प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन् । उनले स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा २२ प्वाईन्टसहित च्याम्पियन बनेका हुन् । पोखरेली एमेच्योर गल्फर बलराम थापा भने उपविजेता बनेका छन् । उनले २० अकंसहित दोस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा सुष्मा सिंहले जितेकी छन् । महिला तर्फ केवल ३ प्रतिस्पर्धी मात्रै थिए । उनले… पुरा पढौ

मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

लोवाथाङ(उपल्लो मुस्ताङ) -हरेक पाईलमा श्वासप्रश्वास बढ्छ । चुनौति उत्तिकै छ । तर रोमाञ्चक र साहसिकता पनि उस्तै छ । पुग्न कठिनाई । पुगेपछि साहसीको कदम एक पाईला अगाडि भन्ने भान पक्कै हुन्छ । हिमालकै फेदमा पुग्नुपर्छ । चारैतिर हिमाल देखिन्छ । घोरिएर हेरे कोरला नाकामा चीनले बनाएको भौतिक पूर्वाधार देखिन्छ । हो विश्वकै उच्च उचाई उपल्लो मुस्ताङको लोमान्थाङस्थित ४६४५ मिटरको लोवाथाङमा गल्फ कोर्ष तयार पारिएको छ । त्यही गल्फ कोर्षमा शनिबार गल्फ प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कोरिदैं छ ।… पुरा पढौ

पोखरामा भदौ तेस्रो साता विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता

पोखरा-कास्की जिल्ला रग्बी संघले आगामी भदौ तेस्रो साता विद्यालयस्तरीय छात्र तथा छात्रा टच रग्बी प्रतियोगिता गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा रंगशालामा बसेको विशेष साधारण सभाले विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले जानकारी दिए । विद्यालयस्तरमा खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई धकेल्न र जुध्न पाउदैनन् । शरीर(टाउको भन्दा तलको भागमा छुन पाईन्छ), कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन… पुरा पढौ

पोखरामा एयर स्पोर्टसको विकल्प ‘वाटर स्पोर्टस’

पोखरा-पोखराबाट एयर स्पोर्ट्स भविष्य औन्यलमा छ । कारण, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन । जनवरी १ सम्म एयर स्पोर्टसलाई पोखराबाट हटाउन निर्देशन भईसकेको छ । अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखराको साहसिक ‘प्रडक्ट’ पोखराबाट गुमनाम बन्ने जोखिम छ । एयर स्पोर्ट्स (प्याराग्लाईडिङ, अल्ट्रालाईट) लाई व्यवसायीले विस्थापन होईन व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ । एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना छ । अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने त्यससँग सरोकार… पुरा पढौ