थप खेल

फेन्सिङ शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन… पुरा पढौ

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाको अपराजित यात्रा कायमै

काठमाडौं-नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आईतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे । च्याम्पियनशीप अन्र्तगत सोमबार मध्यान्ह हुने छैटौं चरणको खेलमा थापाले दोश्रो… पुरा पढौ

सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउँदै कास्की फेन्सिङ संघ

पोखरा-‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे सुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ । गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी ब्यक्ति वा सँस्था जो कसैले कास्की जिल्ला फेन्फिङ… पुरा पढौ

साइक्लिङमा १६ जना छनोट

पोखरा-गण्डकी प्रदेशबाट साईक्लिङबाट १६ जना छनोट भएका छन् । गण्डकी प्रदेशस्तरीय साईक्लिङमा विभिन्न इभेण्टमा महिला तथा पुरुष १६ जना छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्कीजिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए ।प्रतियोगितामा महिला तर्फ प्रदेशबाट क्रसकन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले बताए । रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट भएका… पुरा पढौ

प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप गुरुङ च्याम्पियन

पोखरा-कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए । प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै… पुरा पढौ

गण्डकी प्रदेशबाट स्क्वासका ७ खेलाडी छनोट

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वास खेल्न गण्डकी प्रदेशबाट ७ जना खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न खेलको आधारमा गण्डकी प्रदेशबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना छनोट भएका हुन्। पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। पुरुषतर्फ र हिराकाजी श्रेष्ठ (कास्की) वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्। गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा अमृत प्रथम, दीपक दोस्रो, नवराज तेस्रो र हिराकाजी बैकल्पिकमा छनोट भएका हुन्। गोरखाका अमृतले फाइनलमा कास्कीका दीपक थापामगरलाई… पुरा पढौ

बुद्धिचाल प्रतियोगिताको छनोटमा पुजा र सविन प्रथम

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् । कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए । यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए ।… पुरा पढौ

हाईअल्टिच्युड गल्फ उपाधि तामाङ र सिंहलाई

लोमान्थाङ,(उपल्लो मुस्ताङ)-टप अफ दि वल्र्ड गल्फ क्लासिक प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन् । उनले स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा २२ प्वाईन्टसहित च्याम्पियन बनेका हुन् । पोखरेली एमेच्योर गल्फर बलराम थापा भने उपविजेता बनेका छन् । उनले २० अकंसहित दोस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा सुष्मा सिंहले जितेकी छन् । महिला तर्फ केवल ३ प्रतिस्पर्धी मात्रै थिए । उनले… पुरा पढौ

मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

लोवाथाङ(उपल्लो मुस्ताङ) -हरेक पाईलमा श्वासप्रश्वास बढ्छ । चुनौति उत्तिकै छ । तर रोमाञ्चक र साहसिकता पनि उस्तै छ । पुग्न कठिनाई । पुगेपछि साहसीको कदम एक पाईला अगाडि भन्ने भान पक्कै हुन्छ । हिमालकै फेदमा पुग्नुपर्छ । चारैतिर हिमाल देखिन्छ । घोरिएर हेरे कोरला नाकामा चीनले बनाएको भौतिक पूर्वाधार देखिन्छ । हो विश्वकै उच्च उचाई उपल्लो मुस्ताङको लोमान्थाङस्थित ४६४५ मिटरको लोवाथाङमा गल्फ कोर्ष तयार पारिएको छ । त्यही गल्फ कोर्षमा शनिबार गल्फ प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कोरिदैं छ ।… पुरा पढौ

नेपाली चेस ओलम्पियाड टिमको विदाई

काठमाडौं-४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले विदाई गरेका छन् । मित्रराष्ट्र भारतको चेन्नई शहरमा जुलाई २८ बाट अगस्ट ९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तथा महिला दुई टोलिको सहभागीता रहने छ । सिंहदरबारस्थित मन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित विदाई समारोहमा मन्त्री श्रेष्ठले नेपाली चेस टोलिलाई उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिएका छन् । सन् २००४ मा… पुरा पढौ