थप खेल

चेस ओलम्पियाड टिमको अभिमुखिकरण

काठमाडौं-मित्रराष्ट्र भारतको चेन्नई शहरमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलिका खेलाडी तथा अफिसियल हरुको सहभागीता रहेको छ । मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ । कार्यक्रमको पहिलो दिन मनोविद डा। नरेन्द« ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा… पुरा पढौ

पोखरामा भदौ तेस्रो साता विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता

पोखरा-कास्की जिल्ला रग्बी संघले आगामी भदौ तेस्रो साता विद्यालयस्तरीय छात्र तथा छात्रा टच रग्बी प्रतियोगिता गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा रंगशालामा बसेको विशेष साधारण सभाले विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले जानकारी दिए । विद्यालयस्तरमा खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई धकेल्न र जुध्न पाउदैनन् । शरीर(टाउको भन्दा तलको भागमा छुन पाईन्छ), कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन… पुरा पढौ

पदक बिजेता शरिरीक सुगठन टोलीको स्वागत

काठमाडौं-मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप २०२२ मा पदक प्राप्त गर्दै राष्ट्रको गौरव बढाउने खेलाडी लगायत नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरियो ।नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले टोलीलाई खादा, माला तथा अबिरले स्वागत गरेका हुन् । यहि श्रावण १ देखि ४ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा ८० केजी तौल समूहमा उमेश राईले रजत र फिटनेस फिजिक तर्फ १७० से।मि। सम्मको प्रतिस्पर्धामा राजु राईले कास्य… पुरा पढौ

पोखरामा एयर स्पोर्टसको विकल्प ‘वाटर स्पोर्टस’

पोखरा-पोखराबाट एयर स्पोर्ट्स भविष्य औन्यलमा छ । कारण, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन । जनवरी १ सम्म एयर स्पोर्टसलाई पोखराबाट हटाउन निर्देशन भईसकेको छ । अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखराको साहसिक ‘प्रडक्ट’ पोखराबाट गुमनाम बन्ने जोखिम छ । एयर स्पोर्ट्स (प्याराग्लाईडिङ, अल्ट्रालाईट) लाई व्यवसायीले विस्थापन होईन व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ । एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना छ । अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने त्यससँग सरोकार… पुरा पढौ

राजुले जिते एशियन शारिरीक सुगठनमा कास्य

काठमाडौं-नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भईरहेको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा तेश्रो स्थान प्राप्त गर्न सफल भएको टिम ब्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन् । राजुले १७० से।मि। सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् । २४ राष्ट्र सहभागि सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिक तर्फ पदक जित्न सफल भएको उपाध्यक्ष राजभण्डारीले जानकारी गराए । यस अघि पनि नेपाली खेलाडीहरुले एशियन शारिरीक सुगठनमा… पुरा पढौ

सुटिङ, रग्बी, हक्की र पौडीलाई खेलस्थलको पीरलो

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा केही खेललाई भने कहाँ खेलाउने भन्ने पीरलो छ । पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार छन् । तर पूर्वाधार भएर पनि ती खेल खेलाउन कठिनाई छ । पौडी, हक्की, सुटिङ र रग्बी खेलको ठ्याक्कै पूर्वाधार छैनन् । पोखरा रंगशालाभित्र सुटिङ रेन्ज र पौडी पोखरी बनाउने राष्ट्रिय खेलकुद परिषदको योजना कोरोना अघि देखिको हो । तर कोरोनाकै कारण देखाउँदै आलटाल भएपछि पौडी र सुटिङ प्रतियोगितालाई भेन्युुको पीरलो छ । रग्बी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको… पुरा पढौ

एशियन गेम्सको तयारी, आर्चरीको बन्द प्रशिक्षण

पोखरा-चीनको बेईजिङमा आयोजना हुने १९ औं एशियन गेम्सको लागि आर्चरीका खेलाडी यतिबेला बन्द प्रशिक्षणमा छन् । राष्ट्रिय खेलकुद परिषदले आर्चरीका लागि १२ जना मध्येबाट ६ जना छनोट गर्न दिएको निर्देशन अनुसार छ जनालाई बन्द प्रशिक्षणमा राखिएको नेपाल आर्चरी संघका केन्द्रीय सचिव एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । बन्द प्रशिक्षणमा कम्पाउण्ड तर्फ पुरुषमा मीनप्रसाद गौचन र महिला तर्फ पर्सदा आचार्य रहेकी छन् । त्यस्तै गरी रिकर्भ अन्तर्गत पुरुष तर्फ नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लबका… पुरा पढौ

नासिर र निभाले जिते दोहोरो स्वर्ण

काठमाडौं-नेपाल पौडी संघले आयोजना गरेको १० औं एन।एस।ए।कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । नासिरलृ २०० मिटर ईडिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टायलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेका हुन् । उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुला तर्फ बिजयी हात पार्न सफल भएकी छिन् । लामाले उक्त दुरी २ मिनट ३७।१७… पुरा पढौ

पोखराका सुजन बने अष्ट्रेलियामा फिटनेस च्याम्पियन, डब्लुएफएफ प्रोकार्ड

पोखरा-पोखराका सुजन सिल्पकारले विश्व फिटनेश महासंघ (डब्लुएफएफ)को दुई विधामा स्वर्ण पदक जितेका छन् । गएको आईतबार भएको प्रतिस्पर्धामा उनले ‘मेन्स पर्फमेन्स बडिविल्डिङ’ र ‘मेन्स स्पोर्टस मोडेल हाइक्लास’विधामा स्वर्णपदक प्राप्त गर्दै डब्लुएफएफको उपाधी जितेका हुन् । अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न च्याम्पियनसिपमा अष्ट्रेलिया भरका बलिविल्र्डसहरुलाई पछि पार्दै उनी च्याम्पियन बनेका हुन् । उपाधीसँगै सुजनले विश्वका जुनसुकै देशमा आयोजना हुने शारीरिक सुगठनको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउने प्रोकार्ड पाएका छन् । अष्ट्रेलियामाप्रोकार्ड पाएका सुजनले अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुदाँ नेपालको प्रतिनिधित्व गर्ने समेत प्रतिवद्धता व्यक्त… पुरा पढौ

घिमिरे महानगर स्क्वास च्याम्पियन

पोखरा-पोखरा रंगशालामा आयोजित स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन बनेका छन् । उनले शनिबार पोखरा रंगशाला स्क्वास हलमा आयोजित फाईनल प्रतिस्पर्धामा घिमिरेले रबिन्द्र बाटाजूलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा स्क्वास र्याकेट एशोसियसनको सहयोगमा आयोजित प्रतियोगिताको फाईनलमा घिमिरेले बाटाजूलाई ११–३, ११–४ र तेस्रो सेट ११–७ मा पराजित गर्दै च्याम्पियन बनेका हुन् । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका निर्वतमान अर्थमन्त्री किरण गुरुङले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । ओलम्पिक दिवसको… पुरा पढौ