थप खेल

ओलम्पिक डेमा मास्टर्स ट्राईयाथलन हुने

काठमाडौं -नेपाल ट्राईयाथलन संघको आयोजनमा असार ४ गते शनिबार तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि.पौडी, ३.५ कि.मि। साईक्लिङ्ग, र १ कि.मि।दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए । पुरा पढौ

साहसिक दौड ‘ट्रेल रेस’ सहयोगको पर्खाइमा

पोखरा-कोभिड–१९ ले थलिएको ट्रेल रेस(गोरेटो दौड) उठ्ने प्रयासमा छ । उठ्ने जमर्को गरेको ट्रेल रेसको सिरिजलाई वर्षाले रोक्यो । पानी पर्ने सिजनले आयोजकले पनि सिरिजलाई पछि धकेले । आगमी भदौमा वर्षको पहिलो रेसको सिरिज गर्ने योजनामा संस्था छ । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षमा तीनवटा रेसको सिरिज गर्दै आएको थियो । दुई वर्ष कोभिड–१९ ले स्थगित भयो । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई… पुरा पढौ

असार पहिलो शनिबार पोखरामा ४५ किमी साईकल दौड

पोखरा-असारको पहिलो शनिबार(४गते) पोखरामा ४२ किलोमिटरको साईकल दौड आयोजना गरिदैं छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघ र साईकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रियस्तरको महिला तथा पुरुष साईकल दौडका आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ । ४२ किलोमिटर साईकल दौडका लागि संघले साईकल सिटी पोखरासँगको सहकार्यमा रुट समेत अध्ययन गरी महानगर खेलकुद विकास समितिलाई प्रस्तुत गरिसकेको छ । पोखरामा संघकै आयोजनामा कोरोनाको प्रभाव अघि पोखरा आईभी आयोजना गरिएको थियो । स्वदेशी… पुरा पढौ

खेलग्राम तथा गल्फ कोर्ष बनेपछि मुस्ताङ हाईअल्टिच्युट ‘स्पोर्टस हब’

पोखरा-खेलकुदका धेरै योजना छन् । केही योजना दीर्घकालिन छन् । योजनाहरु अघि सार्दै निर्माणको काम पनि अगाडि बढेको छ । सञ्चालनपछि दिगो बनाई राख्ने योजनाहरुलाई सरकारी ध्यान जान जरुरी छ । गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुँ गाँउपालिकामा हाईअल्टिच्युट खेल मैदान(ट्रेनिङ सेन्टर) निर्माणको योजना अघि सारेको छ । केन्द्र सरकारको पनि हाईअल्टिच्युट खेल मैदान बनाउने प्रस्ताव छ । प्रदेश सरकारले मुस्ताङमा बनाउन अघि सर्दा केन्द्रले जुम्लालाई रोजेको छ । प्रदेश र केन्द्र सरकारको तादम्यता नमिले दुवै ठाउँमा हाईअल्टिच्युट टे«निङ सेन्टर बन्न… पुरा पढौ

नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको उपाधि पुरुषोतम सिलवाललाई

काठमाडौं -नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा सम्पन्न नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार… पुरा पढौ

प्रथम कोअस अन्तराष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चरमा नेपाली सेनाको बर्चस्व

पोखरा-मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम कोअस अन्तराष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चर कम्पिटिसन २०२२ को उपाधि पुरुष तर्फ आर्मीकै ए टिमले जित्दा महिला तर्फ भने हिमालयन गल्फले जितेको छ । क्लाईम्बिङ–दौड–साईक्लिङ प्रतिस्पर्धामा चारदेश नेपाल, भारत, बंगलादेश, बेलायतको सहभागिता रहेको थियो । शनिबार आयोजित प्रतिस्पर्धामा आर्मीको ए टिमका हिमाल टमटा र मानबहादुर थापाको जोडीले उपाधि जितेको छ । टमटा र थापाको जोडीले १ घण्टा १५ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै बी टोलीका बसन्त थारु र नवरान न्यौपानेले १… पुरा पढौ

उमेशले जिते १६ औं धर्मश्रीको उपाधि

काठमाडौं- झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि यतेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी रहे । उनले नगद २ लाख प्राप्त गरे । नेपालमा ब्यायामको क्षेत्रको माउ सस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा… पुरा पढौ

धर्मश्रीलाई काठमाण्डौ महानगरको साथ

काठमाडौं-खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाण्डौ महानगरपालिकाको मुख्य प्रायोजन रहने भएको छ । नेपाल ब्यायाम मन्दिरले काठमाण्डौ महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो । यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन्… पुरा पढौ

बुल्समेन क्लबका अध्यक्ष नेकपा(एस) पोखरा १० को वडाध्यक्ष उम्मेदवार

पोखरा-नेकपा एकिकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि पोखरा वडा नं १० मा सर्वसम्मत नाम पारित गरेको छ । वडाध्यक्षमा नुना गुरुङ,सदस्यहरुमा सम्झना राना मगर, सुमित्रा गुरुङ, तुल्ना परियार र शंकर गौतम रहेका छन् । अध्यक्षका उम्मेदवार गुरुङ यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यमा चुनावी मैदानमा थिए । वडाध्यक्षका उम्मेदवार गुरुङ बुल्समेन क्लबका अध्यक्ष समेत हुन् । उनी शारिरीक सुगठन तथा फिटनेसका खेलकर्मी समेत हुन् । उनकै नेतृत्वमा रहेको बुल्समेन क्लबले पहिलो, दोस्रो र तेस्रो बुल्समेन बडिविल्डिङ च्याम्पियनसिप… पुरा पढौ

हिमाल र हिराकुलाई दुवाथलनको उपाधी

पोखरा-नेपालका हिमाल टमाटाले आफनै समयलाई सुधार्दै पोखरामा आयोजित दुवाथोलनको उपाधी जितेका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरीलाई हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । सन २०१९ मा आयोजित दुवाथोलनमा उनले ५७ मिनट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए । दुवाथोलन महिला तर्फको उपाधी जापानकी हिराकु फुकुओकाले जित्न सफल भईन् पोखरामा आयोजित एशिया ट्रायथोलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार दुवाथोलन आयोजना… पुरा पढौ