कराँते

गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु

पोखरा(खेलाडी न्युज)-नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ शुरु भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरे । मेयर जिसीले पोखरा पर्यटनसँगै खेलकुदको हब भएको उल्लेख गर्दै खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले खेलाडीलाई खेलकुदबाटै बाँच्न सक्ने तर्फ ध्यान दिनुपर्ने औल्याउँदै राज्यले त्यस तर्फ विशेष पहलकदमी गर्नुपर्ने बताए । शुरु भएको प्रतियोगितामा… पुरा पढौ

ढुंगेसाँघुको मेलामा माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय कराँते 

पोखरा(खेलाडी न्युज)-नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा यही पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा १९ औं सस्करणको माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय क्योकुशिन कान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुदैं छ । पुरुष तर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिला तर्फ भने ३५, ४०, ४५ र  ५० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्योकुशिन कान कराँते गण्डकी प्रदेश प्रमुख दिपकबहादुर गोदारले बताए ।… पुरा पढौ

क्योकुशिनकान कराँते खेलाडीलाई कुमुतेको आधारभूत नियमबारे प्रशिक्षण

पोखरा(खेलाडी न्युज)-पोखरमा क्योकुशिन कान कराँतेका ब्लाक बेल्टसहित डान प्राप्त खेलाडीहरुलाई प्रशिक्षण दिइएको छ । नेपालका विभिन्न डोजो सञ्चालन गर्दै आएका सिनियर खेलाडीहरुलाई आधारभूत कुमुते(फाईट)को नियमहरुको बारेमा प्रशिक्षण गराईएको हो । प्रशिक्षणमा नेपालका विभिन्न जिल्लाबाट झण्डै १ सय सिनियर खेलाडीको उपस्थिति रहेको छ । प्रशिक्षण चार दिनसम्म चल्ने छ । खेलाडीहरुलाई दक्षिण अफ्रिकाका ८ डान इन्टरनेशनल क्योकुशिन कान कराँतेका प्रमुख एवं अन्तराष्ट्रिय पब्लिक रिलेसन स्वीकृत प्राप्त व्यक्ति हेनी बोसम्यानले प्रशिक्षण दिईरहेका छन् । उनीसँगै नेपालका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले समेत प्रशिक्षण… पुरा पढौ

क्योकुशिन कान कराँतेका खेलाडीलाई पेटी वितरण

पोखरा(खेलाडी न्युज)-क्योकुशिन कान कराँतेको डेढमहिना अघि गरिएको पेटी परीक्षामा संलग्न रंगशाला डोजोका खेलाडीहरुलाई शनिबार पेटी वितरण गरिएको छ । रंगशाला डोजोबाट ३१जना खेलाडीहरु सहभागि थिए । उनीहरुलाई क्योकुशिन कान कराँते संघ कास्कीका पूर्व अध्यक्ष ई.धर्म कोइरालाले पेटी वितरण गरेका थिए । सेतो पेटीका १० जना, सुन्तला रंगको पेटीका ६, पहेलो पेटीका ८, हरियो पेटीका २ र खैरो पेटीका ४ जना खेलाडीहरुलाई पेटी वितरण गरिएको थियो । पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, प्रशिक्षक निर्मल केसी, चित्रन थापा मगर, सुमन प्रतेल लगायतका उपस्थिति… पुरा पढौ