कराँते

उपाध्यक्षद्वारा बंगलादेश जाने कराते टोलीलाई बिदाई

काठमाडौं- बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले बुधबार बिदाई गरे । बिदाई कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बंगलादेश जाने टोलीमा राम कुमार श्रेष्ठ टिम ब्यवस्थापकमा रहेका छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरुमा राजदेव बमजन (६५) केजी, धेजेन… पुरा पढौ

आर्यनलाई स्वर्ण

काठमाडौं-नेपाली कराते खेलाडी आर्यन रन्जितले कोरिया अनलाइन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् । गत संस्करणमा पनि आर्यनले स्वर्ण जितेका थिए । त्यसबेला उनले १०–११ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । पुरा पढौ

सुष्मी च्याम्पियन

पोखरा-पोखराकी सुष्मी श्रेष्ठ काठमाडौंमा आयोजित कराँते च्याम्पियनसिपमा महिला तर्फको खुला तौल समूहमा स्वर्ण पदक जितेकी छन् । नेपाल क्योकुशिन कानकी खेलाडी सुष्मीले फाईनलमा चन्दा भुजेललाई पराजित गर्दै स्वर्णं पदक जितेकी हुन् । नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा भएको च्याम्पियनसिपमा सुष्मीले पाँच फाईटमा आफना प्रतिस्पर्धीलाई नकाउट गर्दै स्वर्ण पदक जितेकी हुन् । सुष्मी कराँतेकी राष्ट्रिय च्याम्पियन समेत भईसकेकी छन् । अन्तराष्ट्रिय एरिनामा समेत उनले पदक जितिसकेकी छन् । उनी खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको वर्ष महिला खेलाडीबाट समेत सम्मानित भईसकेकी… पुरा पढौ

सुष्मीको विदाई

पोखरा-नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा हुने कराँते च्याम्पियनसिपको लागि नेपाल क्योकुशिनकान कराँतेकी सुष्मी श्रेष्ठले सहभागिता जनाउने छिन् । उनी महिला तर्फ खुल्ला तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । उनलाई बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवर तथा संघका सचिव निर्मल केसी लगायत विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे । सुष्मी कराँतेकी खुल्ला तर्फ राष्ट्रिय च्याम्पियन भईसकेकी छन् । पुरा पढौ

पोखरामा हाप्किडोको राष्ट्रिय बन्द प्रशिक्षण

पोखरा-वल्र्ड हाप्किडो च्याम्पियनसिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा बन्द प्रशिक्षण शुरु भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन् । खेलकुदलाई जीवन पद्धतीको रुपमा विकास गर्न जरुरी रहेको बताए । मन्त्री बरालले केही युवाहरुमा नेपाल भन्दा विदेशको माया बढी भएको दाबी गरे । आफ्नो खेल कौसल सहित विदेशमा जादा नेपालीको भाषा संस्कृतिको समेत प्रद्र्धन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । देशको इज्जत र… पुरा पढौ

असोज दोस्रो साता केन्पो खुकुरी नेशनल च्याम्पिनसीप

पोखरा-आगामी असोजको दोस्रो साता केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । जेठठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए । उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण संचालन गरिने बताए । प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने उनले बताए ।… पुरा पढौ

महानगर खेलकुद सदस्य सचिवमा खड्का

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको छ । महानगरपालिकाको ५० औं नगर कार्यपालिकाको बैठकले खड्कालाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । खड्कालाई सदस्य सचिवमा नियुक्त गर्न महानगर खेलकुद विकास समितिका अध्यक्षको सिफारिसलाई कार्यपालिकाको बैठकले अनुमोदन गरेको हो । प्रदेश, जिल्लामा कार्यसमिति चयन भईसकेको अवस्थामा महानगरपालिकाले पनि समितिको अध्यक्षमा दिपकबहादुर गोदारलाई नियुक्त गरिसकेको छ । यद्यपी कार्यसमितिले भने पूर्णता पाउन सकेको छैन् । सदस्य सचिवको नियुक्तपछि कार्यसमितिले पूर्णता पाउने विश्वास छ ।… पुरा पढौ

बैजनाथको परिवारलाई लोकतान्त्रिकको आर्थिक सहयोग

काठमाडौ- नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं-२ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट संकलित रकम शुक्रबार हस्तान्तरण गरियो । महाराजगंजस्थित हेडलाईन क्याफेमा आयोजित कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई ९यादवका सालो० नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरुबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे । सो अवसरमा स्वर्गिय यादव प्रति श्रद्धान्जली अर्पण गरिनुका साथै १ मिनट मौन धारण गरिएको थियो । अन्य रकम… पुरा पढौ

क्योकुशिन कराँतेका प्रशिक्षक बैजनाथ यादवको निधन

पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको निधन भएको छ । जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् । नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व,… पुरा पढौ

क्योकुसिनका वज्राचार्यको निधन

काठमाडौं-क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् । स्व। वज्राचार्यले… पुरा पढौ