कराँते

क्योकुशिन कराँतेका प्रशिक्षक बैजनाथ यादवको निधन

पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको निधन भएको छ । जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् । नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व,… पुरा पढौ

क्योकुसिनका वज्राचार्यको निधन

काठमाडौं-क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् । स्व। वज्राचार्यले… पुरा पढौ

एसकेडियुएन टिम च्याम्पियन

काठमाडौं-सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ । एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते महासंघ (एनएसकेएफ) २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोश्रो र अन्तराष्ट्रिय मार्सल आर्ट एसोशियसन (आईएमए) १ स्वर्ण, ३ रजत र ४ कास्यका साथ तेश्रो भयो । यस्तै १ स्वर्ण हात पारेको अन्तराष्ट्रिय सोतोकान कराते महासंघ (आईएसकेएफ) उत्कृष्ट अनुशासित टिम… पुरा पढौ

कराते च्याम्पियनसिपमा आरकेको प्रायोजन

काठमाडौं– पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपमा पूर्वकराते खेलाडी आरके श्रेष्ठपहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् ।नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमी शुक्रबार र शनिबार आयोजना हुँदै छ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका आरकेले व्यक्तिगत ५० हजार र विभिन्न देशमा बस्दै आएका साथीबाट थप ५० हजार गरी च्याम्पियनसिपमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले यस च्याम्पियनसिपको पहिलो संस्करणदेखि आर्थीक सहयोग प्रदान… पुरा पढौ

समिर उत्कृष्ट

काठमाडौं-नेपाल वादोरियो कराते डो संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौंका समिर लामा उत्कृष्ट घोषित भएका छन् । सहभागी ४९ जना मध्ये समिरले १०० पूर्णाङकमा सर्वाधिक ७९ अंक ल्याउदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो । ग्रेडिङमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको बताइएको छ । सहभागी ४९ मध्ये ४५ जना ब्राउन वेल्टबाट फस्ट डान ब्ल्याक वेल्ट तथा बाँकी ४ ब्ल्याक वेल्ट फस्ट डानबाट… पुरा पढौ

रविन्द्रलाई स्वर्ण

काठमाडौं- नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप २०२१ को भेट्रान्स १ बिमा स्वर्ण हात पारेका छन् । इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा आयोजक ईरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे । यस्तै महिला सिनियर तर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन् । उनले मलेसियाकी साम हियाङ्ग फोङ्गलाई पराजित गरेकी थिईन् । पुरुष सिनियर तर्फ नेपालका खेलाडी सुभाष कार्की बेल्जियमका खेलाडी अलेक्जेन्डर… पुरा पढौ

पहिलो पटक क्योकुशिन कराँतेमा काता प्रतियोगिता

पोखरा-सधै फाईट मात्रै गरिने कराँतेमा पहिलो पटक पोखरामा भने काता प्रतियोगिता आयोजना गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले कोरोना भाईरसकै कारण खेलाडीहरु प्रशिक्षण गर्न नपाएकै अवसरमा कन्ट्याक्ट(फाईट) नगरी काता(प्रदर्शन) गरेर प्रतियोगिता आयोजना गरिएको थियो । माघे संक्रान्तिको अवसरमा पोखराकै धार्मिक एवं ऐतिहासिकस्थल ढुंगेसाँघुमा आयोजना गरिदैं आएको प्रतियोगिता बिहीबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेलाडीहरु बीच काता प्रतियोगिता गरिएको थियो । कातासँगै खेलाडीहरु बीच दौड तथा प्रदर्शन समेत गरिएको थियो । प्रतियोगिता प्रदेशस्तरीय आयोजना गरिएको संघका अध्यक्ष बेलबहादुर थापाले… पुरा पढौ

सुमन सागाको ब्रान्ड एम्बासडर

काठमाडौं-गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा।लि। ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।त्यस वापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए । प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताउदै आगामी… पुरा पढौ

सदाका लागि अस्ताए प्याराग्लाईडिङका खेलाडी पाईलट

पोखरा-जोखिम बहन गर्ने साहसिक थिए । सबैले प्याराग्लाईडिङमा क्षेत्रमा उनलाई एक्स्ट्रा पाईलटको संज्ञा दिन्थे । एडभेन्चर बढी रुचाउने पारखी उनीसँग उडन मन पराउँथे । तर दुर्भाग्य अब उनले कहिल्यै टेण्डम उडान भर्ने छैनन् । हो उनै राजु नेपाली सोमबार सदा झैं आकाशमा उड्दा उड्दै सधैंको लागि अस्ताए । टेण्डम फ्लाईट उडान भर्दै आएको ३८ वर्षिय नेपालीको प्याराग्लाईडिङ उडानै क्रममा ज्यान गुमाए । उनको निधनले पोखराको प्याराग्लाईडिङ क्षेत्रले अनुभवी पाईटल गुमाएको छ । कराँतेले अनुशसित खेलाडी, प्रशिक्षक एवं रेफ्री गुमाएको छ… पुरा पढौ

राज्यले खेल र खेलाडीलाई न्याय गर्न सकेन- बोर्ड सदस्य

पोखरा-राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय गर्न नसकेको जिकिर गरे । उनले पोखरामा शनिबार आयोजित कास्की जिल्ला क्योकुशिन कान कराँतेको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यले खेलाडीलाई न्याय गर्न नसकेको उल्लेख गरे । ‘राज्यको लागि खेल्ने खेलाडीलाई न्याय गर्न सकेको छैन्’ उनले भने–‘खेलेर बाँच्ने सक्ने बनाउन सकिएको छैन् ।’ खेलाडीले खेलमै आफनो जोवन फाल्ने भएपनि जीवन चलाउन कठिन हुदाँ राज्यले त्यसतर्फ ध्यान दिन नसकेको प्रष्ट्याए । ‘खेलाडीलाई न्याय गर्न सकिएमात्रै राज्यले खेलाडीबाट… पुरा पढौ