🥋 मार्सल आर्टस

इतिहासमै पहिलो पटक अनलाईन कराँते च्याम्पियनसिप

पोखरा(खेलाडी न्युज)-कोभिड–१९ को महामारी छ । विश्व लकडाउनमा छ । कोरोनले सबै क्षेत्र त्रस्त छ । त्यसबाट खेलकुद पनि अछुतो छैन् । विश्व खेलकुदका सबै प्रतिस्पर्धालाई स्थगित गरिएको छ । केही प्रतियोगितालाई एक वर्षको लागि सारिएको छ । प्रिमियर लिग, स्पेनिस लिगा, बुण्डेसा लिग, इटालियन सिरी ए, च्याम्पियन्स लिग सबै स्थगित छन् । टोकियो ओलम्पिक एकवर्षको लागि सारिएको छ । नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग(इपिएल) समेत स्थगित छ । भारतीय क्रिकेट लिग आईपिएल समेत अनिश्चित बनेको छ । कोरोनाले… पुरा पढौ

गणेशमान सिंह स्मृति बक्सिङ चैत तेस्रो साता

पोखरा(खेलाडी न्युज)- नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।… पुरा पढौ

प्रदेशस्तरीय फूलकन्ट्याक्ट कराँतेको उपाधि रोका र शेरचनलाई

पोखरा(खेलाडी न्युज)-नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिताको उपाधि पुुरुष तर्फ गोविन्द रोकाले जित्दा महिला तर्फ युनिका शेरचनले जितेकी हुन् । पोखरा १७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा आयोजित प्रतियोगिताको फाईनलमा खुला तौल समूहमा गोविन्द रोका पहिलो, संगम गुरुङ दोस्रो, गणेश अधिकारी र नबराज गुरुङ तेस्रा भएका छन् । महिला तर्फको खुला तौल समूहमा युनिका शेरचन पहिलो, रचना मगर दोस्रो, सृजना पुन र रुवी क्षेत्री तेस्रो भएका… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु

पोखरा(खेलाडी न्युज)-नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ शुरु भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरे । मेयर जिसीले पोखरा पर्यटनसँगै खेलकुदको हब भएको उल्लेख गर्दै खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले खेलाडीलाई खेलकुदबाटै बाँच्न सक्ने तर्फ ध्यान दिनुपर्ने औल्याउँदै राज्यले त्यस तर्फ विशेष पहलकदमी गर्नुपर्ने बताए । शुरु भएको प्रतियोगितामा… पुरा पढौ

ढुंगेसाँघुको मेलामा माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय कराँते 

पोखरा(खेलाडी न्युज)-नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा यही पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा १९ औं सस्करणको माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय क्योकुशिन कान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुदैं छ । पुरुष तर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिला तर्फ भने ३५, ४०, ४५ र  ५० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्योकुशिन कान कराँते गण्डकी प्रदेश प्रमुख दिपकबहादुर गोदारले बताए ।… पुरा पढौ

बक्सिङ टोली बन्द प्रशिक्षणको लागि पोखरामा

पोखरा(खेलाडी न्युज) -१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारी तिब्र रहँदा दोस्रो आयोजनास्थलको रुपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन् । लामो समयदेखि प्रशिक्षण ह्याण्डबल टोलीसँगै आर्चरी र व्याडमिन्टनको टोलीसँगै पछिल्लो समय बक्सिङ टोली पोखरा आईपुगेको छ । सोमबार मध्यरातमा आईपुगेको टोलीलाई कास्की जिल्ला बक्सिङ संघले मंगलबार विहान स्वागत गर्दैै पोखरा रंगशालामा उपलब्ध पुर्वाधारसँगै प्रशिक्षण सामाग्रीको बारे जानकारी दियो । चार प्रशिक्षकसँगै १६ खेलाडी पोखरा आईपुगेका छन् । केही खेलाडी अझै आउन बाँकी नै छन् । आउन… पुरा पढौ

क्योकुशिनकान कराँते खेलाडीलाई कुमुतेको आधारभूत नियमबारे प्रशिक्षण

पोखरा(खेलाडी न्युज)-पोखरमा क्योकुशिन कान कराँतेका ब्लाक बेल्टसहित डान प्राप्त खेलाडीहरुलाई प्रशिक्षण दिइएको छ । नेपालका विभिन्न डोजो सञ्चालन गर्दै आएका सिनियर खेलाडीहरुलाई आधारभूत कुमुते(फाईट)को नियमहरुको बारेमा प्रशिक्षण गराईएको हो । प्रशिक्षणमा नेपालका विभिन्न जिल्लाबाट झण्डै १ सय सिनियर खेलाडीको उपस्थिति रहेको छ । प्रशिक्षण चार दिनसम्म चल्ने छ । खेलाडीहरुलाई दक्षिण अफ्रिकाका ८ डान इन्टरनेशनल क्योकुशिन कान कराँतेका प्रमुख एवं अन्तराष्ट्रिय पब्लिक रिलेसन स्वीकृत प्राप्त व्यक्ति हेनी बोसम्यानले प्रशिक्षण दिईरहेका छन् । उनीसँगै नेपालका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले समेत प्रशिक्षण… पुरा पढौ

क्योकुशिन कान कराँतेका खेलाडीलाई पेटी वितरण

पोखरा(खेलाडी न्युज)-क्योकुशिन कान कराँतेको डेढमहिना अघि गरिएको पेटी परीक्षामा संलग्न रंगशाला डोजोका खेलाडीहरुलाई शनिबार पेटी वितरण गरिएको छ । रंगशाला डोजोबाट ३१जना खेलाडीहरु सहभागि थिए । उनीहरुलाई क्योकुशिन कान कराँते संघ कास्कीका पूर्व अध्यक्ष ई.धर्म कोइरालाले पेटी वितरण गरेका थिए । सेतो पेटीका १० जना, सुन्तला रंगको पेटीका ६, पहेलो पेटीका ८, हरियो पेटीका २ र खैरो पेटीका ४ जना खेलाडीहरुलाई पेटी वितरण गरिएको थियो । पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, प्रशिक्षक निर्मल केसी, चित्रन थापा मगर, सुमन प्रतेल लगायतका उपस्थिति… पुरा पढौ

गण्डकी प्रदेश -उसु, बक्सिङ, क्रिकेट, सेपाकताक्रो र टेवलटेनिसका खेलाडी छनोट

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशबाट विभिन्न खेलहरु छनोट गरिएको छ । सम्भवत चैतको अन्तिम सातादेखि नेपालगन्जमा आयोजना हुने प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट बक्सिङ, क्रिकेट, सेपाक ताक्रो, उसु लगायतका खेलहरुको छनोट गरिएको छ । बक्सिङ-गण्डकी प्रदेश बक्सिङमा लाईन फ्लाई वेट(४९ केजी)मा कास्कीका कृष्णजंग कार्कीले स्वर्ण जितेका छन् । फ्लाई वेट(५२ केजींमा नवलपुरका अमिर गुरुङले स्वर्ण पदक जिते । बागलुङका सुशिल क्षेत्रीले रजत र कास्कीका विष्णु गौतमले कास्य पदक जितेका छन् । बेष्टम वेट(५६ केजी) तौल समूहको प्रतिस्पर्धामा कासकीका… पुरा पढौ

गण्डकी प्रदेशबाट छानिए बक्सिङ खेलाडी

पोखरा(खेलाडी न्युज)-बीर गणेशमानसिंह बक्सिङ च्याम्पियनमा आईतबार भएको फाईनल बाउटमा ५२केजी तौल समूहमा बाग्लुङका केशरबहादुर नेपालीले जितेका छन् । उनले आईतबार पोखरा रंगशालास्थित सेमी कभर्ड हलको बक्सिङ रिङमा आयोजित प्रतिस्पर्धामा कास्कीका सरोज विकलाई पराजित गरेका थिए । पहिलो राउण्डमै रेफ्रीको निर्णय सुनाउँदै नेपालीलाई विजयी घोषित गरिएको थियो । ५६ केजी तौल समूहमा भने बाग्लुङकै दुधप्रसाद परियार विजयी बनेका छन् । उनले नवलपुरका पुरन राकस्कोटी मगरलाई पराजित गरे । मगरलाई पहिलो राउण्डमै ३ पटक काउण्टको गरे । एकै राउण्डमा तीन पटक काउण्ट… पुरा पढौ