🥋 मार्सल आर्टस

सैलुङ भर्चुअल तेक्वान्दोको हुने

काठमाडौं । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका  छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष/महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुने छ । प्रतियोगितालाई सैलुङ नगरपालिकाले मुख्य प्रायोजन गर्ने प्रमुख मोक्तानले जानकारी दिए ।… पुरा पढौ

पारा तेक्वान्दो खेलाडीलाई खेल पोशाक

काठमाडौं-राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई बुधबार प्रदान गरेका छन् । १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोशाक सहयोग गरेका थिए । उक्त सामाग्री गोदावरी नगरपालिका, वज्र सेक्युरिटी प्रा.लि., स्तम्भ बहुउद्देश्यीय सहकारी संस्था तथा करातेका पूर्व खेलाडीद्वय विनोद महर्जन र उमेश मल्लले प्रायोजन गरेका हुन् । त्यसका लागि आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका रवि महर्जनले पहल गरेका थिए ।… पुरा पढौ

संघमा राम्रा र योग्य व्यक्ति आउनुपर्छ

पोखरा-कास्की जिल्ला बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ । बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सहायक प्रशिक्षक सुरेश मल्ल, स्वर्णपदक विजेता खेलाडीहरु भुपेन्द्र थापा, सनिल शाही, मेनु गुरुङलाई सम्मान गरिएको हो । सम्मानपछि बोल्दै केन्द्रीय अध्यक्ष अवालेले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रशिक्षक नभई खेलाडी उत्पादन नहुने भन्दै प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए… पुरा पढौ

सिकागो ओपनमा नेपाली खेलाडीलाई सफलता

काठमाडौं– सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्पm विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले दुई पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीबले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोट्र्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक… पुरा पढौ

पारा तेक्वान्दोमा कविराजको अर्को फड्को

काठमाडौं -प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा तेक्वान्दोको लेबल–२ कोर्स पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक पनि हुन् । यसअघि लामाले गत असोजमा सञ्चालन भएको लेबल–१ परीक्षामा सफलता हात पारेका थिए । लेबल–१ कोर्स लामासँगै… पुरा पढौ

सदाका लागि अस्ताए प्याराग्लाईडिङका खेलाडी पाईलट

पोखरा-जोखिम बहन गर्ने साहसिक थिए । सबैले प्याराग्लाईडिङमा क्षेत्रमा उनलाई एक्स्ट्रा पाईलटको संज्ञा दिन्थे । एडभेन्चर बढी रुचाउने पारखी उनीसँग उडन मन पराउँथे । तर दुर्भाग्य अब उनले कहिल्यै टेण्डम उडान भर्ने छैनन् । हो उनै राजु नेपाली सोमबार सदा झैं आकाशमा उड्दा उड्दै सधैंको लागि अस्ताए । टेण्डम फ्लाईट उडान भर्दै आएको ३८ वर्षिय नेपालीको प्याराग्लाईडिङ उडानै क्रममा ज्यान गुमाए । उनको निधनले पोखराको प्याराग्लाईडिङ क्षेत्रले अनुभवी पाईटल गुमाएको छ । कराँतेले अनुशसित खेलाडी, प्रशिक्षक एवं रेफ्री गुमाएको छ… पुरा पढौ

राज्यले खेल र खेलाडीलाई न्याय गर्न सकेन- बोर्ड सदस्य

पोखरा-राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय गर्न नसकेको जिकिर गरे । उनले पोखरामा शनिबार आयोजित कास्की जिल्ला क्योकुशिन कान कराँतेको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यले खेलाडीलाई न्याय गर्न नसकेको उल्लेख गरे । ‘राज्यको लागि खेल्ने खेलाडीलाई न्याय गर्न सकेको छैन्’ उनले भने–‘खेलेर बाँच्ने सक्ने बनाउन सकिएको छैन् ।’ खेलाडीले खेलमै आफनो जोवन फाल्ने भएपनि जीवन चलाउन कठिन हुदाँ राज्यले त्यसतर्फ ध्यान दिन नसकेको प्रष्ट्याए । ‘खेलाडीलाई न्याय गर्न सकिएमात्रै राज्यले खेलाडीबाट… पुरा पढौ

रविन्द्रले जिते नेपालका लागि स्वर्ण

पोखरा-खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० बर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् । नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित… पुरा पढौ

आमासँगको प्रतिबद्धतासँगै खबिबले लिए युएफसीबाट सन्यास

एजेन्सी-रसियन मिक्स मार्शल आर्ट्स(अल्टिमेट फाईटिङ च्याम्पियनसिप, युएफसी)का खेलाडी खबिब नुर्मागोमेडोभलाई युएफसीको रिङभित्र देख्न पाईने छैन् । उनले शनिबार नै खेल जीवनबाट सन्यास लिएका छन् । गएराती अमेरिकन खेलाडी जस्टिन गेथट्जेलाई पराजित गर्दै उनले ३२ वर्षकै उमेरमा आफनो मार्शल आर्टस करियरलाई अन्त्य गरेका हुन् । गएराती अमेरिकन खेलाडी जस्टिन गेथट्जेलाई पराजित गर्दै उनले ३२ वर्षकै उमेरमा आफनो मार्शल आर्टस करियरलाई अन्त्य गरेका हुन् । उनले आफनो आमासँग गरेको प्रतिबद्धता अनुसार शनिबारको खेल नै अन्तिम भएको उदघोष गरेका थिए । शनिबार अमेरिकन… पुरा पढौ

नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

काठमाडौ-नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ स्वर्ण जितेका हुन् । यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाल मार्शल आर्ट्स हाप्किडो संघले ‘भर्चुअल’ रुपमा आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरुले पठाएको भिडियो हेरेर निर्णायकहरुले आफ्नो निर्णय दिएका हुन् । हाईफल तर्फ काठमाडौंका आशिस तामाङले स्वर्ण जिते । नुवाकोटका समीर गुरुङले रजत र दाङका बिपत… पुरा पढौ