कर्पोरेट

ठेलो प्रतियोगितामा सुनार भए प्रथम

पोखरा-नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा १ स्थित पुरानो टुडिखेलमा जारी ऐतिहासिक तीज मेला २०७९ अन्र्तगत बुधबार सम्पन्न ठेलो प्रतियोगितामा किरण सुनार प्रथम भएका छन् । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा जारी मेलाको छैटौ दिनमा गरिएको प्रतियोगितामा सहभागी अन्य १४ जना प्रतिस्पर्धीहरुलाई पछि सुनार प्रथम हुन सफल भएका हुन । लोप हुदै गएको परम्परागत खेल ठेलोको संरक्षण एंव प्रचार गर्ने उदेश्य… पुरा पढौ

धारा नेपालगन्जम्याराथनको कोर्ष अब अन्तराष्ट्रिय मापदण्डको हुने

नेपालगन्ज-धारा नेपालगन्जम्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले गएको सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपीचोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई… पुरा पढौ

हाईअल्टिच्युड गल्फ उपाधि तामाङ र सिंहलाई

लोमान्थाङ,(उपल्लो मुस्ताङ)-टप अफ दि वल्र्ड गल्फ क्लासिक प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन् । उनले स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा २२ प्वाईन्टसहित च्याम्पियन बनेका हुन् । पोखरेली एमेच्योर गल्फर बलराम थापा भने उपविजेता बनेका छन् । उनले २० अकंसहित दोस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा सुष्मा सिंहले जितेकी छन् । महिला तर्फ केवल ३ प्रतिस्पर्धी मात्रै थिए । उनले… पुरा पढौ

मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

लोवाथाङ(उपल्लो मुस्ताङ) -हरेक पाईलमा श्वासप्रश्वास बढ्छ । चुनौति उत्तिकै छ । तर रोमाञ्चक र साहसिकता पनि उस्तै छ । पुग्न कठिनाई । पुगेपछि साहसीको कदम एक पाईला अगाडि भन्ने भान पक्कै हुन्छ । हिमालकै फेदमा पुग्नुपर्छ । चारैतिर हिमाल देखिन्छ । घोरिएर हेरे कोरला नाकामा चीनले बनाएको भौतिक पूर्वाधार देखिन्छ । हो विश्वकै उच्च उचाई उपल्लो मुस्ताङको लोमान्थाङस्थित ४६४५ मिटरको लोवाथाङमा गल्फ कोर्ष तयार पारिएको छ । त्यही गल्फ कोर्षमा शनिबार गल्फ प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कोरिदैं छ ।… पुरा पढौ

नेपाल पुलिस क्लबका दुवै टोलीको उदघाटन खेल

पोखरा-लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे मेलासँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो दिन नै नेपाल पुलिस क्लबको दुवै टोलीले उदघाटन खेल खेल्ने छन् । नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दै पुरुष तर्फ उदघाटन खेल खेल्ने छ । त्यसपछि विभागीय क्लब त्रिभुवन आर्मी क्लबले घरेलु टोली गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । महिला… पुरा पढौ

६ क्लब र ३ विद्यालयलाई खेल सामाग्री सहयोग

पोखरा-पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ । पोखरा १ का वडाध्यक्ष सहारा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो । राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकासकेन्द्रलाई ७÷७… पुरा पढौ

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

पोखरा-पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ ।पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार्यक्रममा नेपाल… पुरा पढौ

नेपालगन्ज म्याराथनको तयारी शुरु, खेलाडी दर्ता आह्वान

नेपालगन्ज- धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु गरिएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । खेलाडी अनलाईन मार्फत दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । गत… पुरा पढौ

सहारालाई २० औं संस्करणको गोल्डकपमा साढे तीनलाख घाटा

पोखरा-सहारा क्लबले आयोजना गर्दै आएको गोल्डकपकै इतिहासमा पहिलो पटक आहा रारा गोल्डकपबाट १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । २०७६ साल चैत ११ गतेदेखि शुरु भएको कोरोनाको महामारीसँगैको लकडाउनको प्रत्यक्ष असर पोखराको खेलकुद क्षेत्रमा परेको प्रष्टिएको छ । कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । क्लबले ठूलो नोक्सानी व्यहोरेपछि क्लबका विदेशी शाखाहरुबाट आर्थिक सहयोग जुटाइएको छ ।… पुरा पढौ

चेस ओलम्पियाड टिमको अभिमुखिकरण

काठमाडौं-मित्रराष्ट्र भारतको चेन्नई शहरमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलिका खेलाडी तथा अफिसियल हरुको सहभागीता रहेको छ । मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ । कार्यक्रमको पहिलो दिन मनोविद डा। नरेन्द« ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा… पुरा पढौ