कर्पोरेट

गोल्डकपको छिनोफानो आज

हेटौंडा- आज हेटौडामा आयोजित चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल हुदैं छ । उपाधिको लागि घरेलुटोलीले साविक विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । हेटौंडा–५ को क्याम्पा रंगशालामा हुने फाइनल खेलमा घरेलु टोली विजय युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । विजय युथले सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनल प्रवेश गरेको हो भने आर्मीले सडनडेथमा विदेशी क्लब एफसी क्यामरुनलाई हराउ“दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दुई… पुरा पढौ

सडनडेथमा आर्मी फाईनल पुग्दा भ्रमणटोलीको बिदाई

हेटौंडा-विभागीय क्लब नेपाल आर्मी वर्षको पहिलो उपाधि निकट पुगेको छ । उसले उपाधिको लागि आयोजक क्लबसँग प्रतिस्पर्धा गर्ने छ । शनिबार आर्मीले क्यामरुनी टोली एभिनियर एफसीमाथि सडन डेथमा जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको हो । शनिबार भएको दोस्रो सेमीफाइनलमा आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत् नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४÷१४ प्रहार भएका… पुरा पढौ

हेमजा गोल्डकपलाई नेपाल आईसको प्रायोजन

पोखरा-असारको पहिलो साता पोखरा–२५ हेमजामा छैटौं संस्करणको नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप शुरु हुने छ । हेमजा युनाईटेड क्लबको आयोजनामा पहिलो पटक मुख्य प्रायोजकसँगको सहकार्यमा गोल्डकप शुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पाँचौ संस्करणसम्म क्लबले नयाँ वर्षको अवसरमा शुभकामना कप आयोजना गर्दै आएको थियो । छैटौं संस्करणको गोल्डकप आयोजना गर्न क्लबले तीन वर्ष कुर्यो । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान(गैरी) मर्मत सम्भार शुरु गरियो । मैदान निर्माण लगभग तयारी भईसकेपछि आयोजनाकै संघारमा रहँदा कोभिड–१९ ले सार्यो ।… पुरा पढौ

नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको उपाधि पुरुषोतम सिलवाललाई

काठमाडौं -नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा सम्पन्न नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार… पुरा पढौ

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुल उत्कृष्ट

पोखरा,-पोखरामा आयोजित विद्यालयस्तरीय ‘प्रथम मोहन स्मृति’ राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल च्याम्पियन बनेको छ । विभिन्न आठ इभेण्टमा प्रतिस्पर्धा गराईको थियो । प्रावितह(लोअर सेकेण्डरी) १३ वर्षमुनिको छात्र तर्फको प्रतिस्पर्धामा रुपन्देहीका सुदेश राजकोटी च्याम्पियन बनेका छन् । उनले खैरेनी सेकेण्डरी स्कुल तनहुँका सफल भुजेललाई २१–१३, १६–२१ र २१–१५ का सेटमा पराजित गर्दै उपाधि जिते । तेस्रो स्थानमा अनिस सिम्खडा(ईम्पेरियल वल्र्ड स्कुल र सुवन कार्की(एपेक्स) मा रहे । मोहन व्याडमिन्टन फाउण्डेशनको आयोजनामा पोखरा रंगशाला व्याडमिन्टन हलमा भएको प्रतिस्पर्धा अन्तर्गत छात्रा तर्फको… पुरा पढौ

जनएकता प्रथम सेभेन ए साईड फुटबलको उपाधि एम–१२ लाई

पोखरा-केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता उपाधि जितेको छ । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचाल्यो ।पहिलो हाफमै ३–१ ले अग्रता लिएको एम–१२ ले दोस्रो हाफमा थप एक गोल थप्दै फराकिलो जित दर्ता गर्यो । विजेता एम–१२ ले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको रत्नचोकले भने ६१ हजार १ सय ११ रुपैयाँ चित्त बुझायो ।… पुरा पढौ

पेनाल्टीसुटआउटमा भीमकाली विजयपुरसँग पराजित

पोखरा-बी–१३ लाई पराजित गर्दै मसिना फुटबल क्लब जनएकता क्लब पोखरा–१४ ले आयोजना गरेको प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । शुक्रबार रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो क्र्वाटरफाईनल खेलमा मसिनाले बी–१३ लाई १–० को कठिन जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । जितका लागि विश्व थापाले निर्णायक गोल गरे । खेलमा मसिनाका गोलकिपर सुनिल घोताने म्यान अफ दि म्याच घोषित भए । भीमकाली एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै विजयपुर युनाईटेड अन्तिम चारमा प्रवेश… पुरा पढौ

एम १२ को फराकिलो जित

पोखरा-जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो । एम १२ का… पुरा पढौ

भीमाद र बी–१३ अन्तिम आठमा

पोखरा-भीमाद युवा क्लब र पोखराको बी–१३ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेका छन् । भीमादले कमलपोखरी बीलाई ३–२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । भीमादका लागि विनोद घिमिरे, लोकेश गुरुङले गोल गर्दा एक गोल उपहार पाएर भाग्यमानी बन्दै अन्तिम आठमा प्रवेश गर्यो । अजय गुरुङले आत्मघाती गोल गरेका थिए । कमलपोखरीका लागि सन्देश गुरुङ र उपेन गुरुङले गोल गर्दै प्रतिस्पर्धात्मक बनाएपनि आत्मघाती गोलले क्र्वाटरफाईनलको ढोका बन्द गरिदियो ।… पुरा पढौ

कप्तान सन्दिप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

पोखरा-नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ज्याप क्रिकेटले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने सहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरु सुनिल धमला, भिम शार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो। यस अघिनै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौता पछि खेलाडीहरुले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रम माझ… पुरा पढौ