राखेप

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । पुरा पढौ

फुलकन्ट्याक्ट कराँतेमा गण्डकीलाई तीन स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले तीन स्वर्ण पदक जितेको छ । शनिबार राती अबेर भएको प्रतिस्पर्धामा ४० केजी तौल समूहमा गण्डकीका अभिषेक डिङडुङ तामाङले स्वर्ण पदक जितेका छन् । ५० केजी तौल समूहमा अनिष बुढामगरले स्वर्ण पदक दिलाए । त्यस्तै अर्को स्वर्ण पदक भने महिला तर्फ ५५ केजी तौलमा धनी रानामगरले जित्न सफल भईन् । पदकको आशा गरिएको रुपक नेपाली भने रजत पदकमा खुम्चिएका छन् । ६५ केजी तौल समूहमा शिव भुजेलले पनि रजत पदकमै… पुरा पढौ

पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङको राष्ट्रिय कीर्तिमान

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छन्। पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी छन् । डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्न् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् । आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जितिन् ।त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट… पुरा पढौ

टेनिसमा गण्डकी प्रदेश फाइनलमा

पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा आयोजक गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।नेपालको शीर्ष बरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाले टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाउन सफल भए ।पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिँगल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गरे । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुस्मान घलेबीचको खेलमा… पुरा पढौ

खेलाडीलाई डेंगु पोजिटिभ

पोखरा-नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए । उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्की स्थित चाउथे घरमा आराम गरिरहेकी छिन् । यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र… पुरा पढौ

रग्बीमा गण्डकीसँग कर्णाली पराजित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी महिला÷पुरुषका खेलहरु शनिबारबाट कासकीको भण्डारढिक खेलमैदानमा शुरु भएका छन । शनिबार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी शुरुवात गरेका छन । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशविच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाईन्ट बनाउन सफल भएको थियो । गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो । पुरुषतर्फकै दोश्रो खेलमा लुम्बीनी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद ः गण्डकीको जित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ ।पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–०… पुरा पढौ

बागमतीलाई तीन स्वर्ण

पोखरा-नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते । पहिलो दिन एक अण्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफनो नाम लेखाए । पाँचौ होलमा बोगी खेप्दा उनले फ्रन्ट नाईनमा ३५मा टुग्याए । तर व्याक नाईनमा उनले लेभल पार खेल्दै अघिल्लो… पुरा पढौ

गण्डकीलाई पहिलो स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामागण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पुरुष ह्याण्बलमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको प्रतिस्पर्धामा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरमा पराजित गर्दै कास्य पदक जितेको छ । पुरा पढौ

साईक्लिङको दुवै स्वर्ण आर्मीलाई

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन । पोखराको रानीबनमा आयोजित साईक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन् । उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । यसैगरी पुरुष तर्फको डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेका छन् ।यसैगरी… पुरा पढौ