राखेप

नासिरद्वारा किर्तिमान सुधार सहित स्वर्ण पदक प्राप्त

पोखरा-नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधरा गरेका छन् । नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९।९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०।२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली… पुरा पढौ

आर्मीलाई स्वर्ण

पोखरा-विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला ह्याण्डबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा सशस्त्र प्रहरी सम्हालिन नसक्सदाको फाईदा आर्मी उठायो । खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुईमिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरयो । पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले… पुरा पढौ

१०० मिटरमा सरस्वती र शिवराजको नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा-पुरुष तर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बलका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले दौड १०.५६ सेकेण्डमा पुरा गरे । पार्कीले सन १९९९ मा रामकृष्ण चौधरीले १०.७१ सेकेण्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । आर्मीका युवराज विकले रजत जिते । उनले दौड पुरा गर्न १०.५८ सेकेण्डको समय लगाए । आर्मीका डिल्ली भण्डारीले १०.७० सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते । एथलेटिक्स अन्तर्गत १०० मिटर दौडमा सरस्वती चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।… पुरा पढौ

आर्मीका तिलक र नेपाल प्रहरीकी लामगादेलाई स्वर्ण

पोखरा-पुरुष सटफुट तर्फको प्रतिस्पर्धामा आर्मीका तिलक विकले १२.८५ मिटर फाल्दै स्वर्ण पदक जिते । त्यस्तै आर्मीकै १२.६४ मिटर फालेका चित्रबहादुर वलिले रजत पदक र बागमती प्रदेशका ललित रावतले कास्य पदक जित्ने क्रममा ११.९५ मिटर फालेका थिए । महिला तर्फको सटफुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले १२.४० मिटर फाल्दै स्वर्ण पदक जितिन । त्यस्तै लुम्बिनी प्रदेशकी संगीता अधिकारीले १०.८३ मिटर फाले रजत पदक जितिन । नेपाल प्रहरीकी बसन्ती चौधरीले ९.८६ मिटर पर फ्याँकेर कास्य पदक चित्त बुझाईन् । पुरा पढौ

सशस्त्र प्रहरी सेमिफाईनलमा प्रवेश

पोखरा-मधेश प्रदेशलाई २८ रनले पराजित गर्दै सशस्त्र प्रहरीबल नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरीले निर्धारित २० ओभरमा ममता चौधरीले अविजित १७ रनका योगदानमा १०१ रनको योगफल तयार पार्यो । पहिलो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा गुमाएको सशस्त्रलाई राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन । सरिता मगर शून्यमै आउट भईन् । नेरी थापाले १२, ज्योति पाण्डेले १५ रन बनाईन् । सरस्वती चौधरीले ३, कविता गौतम र शान्ती चौधरीले समान… पुरा पढौ

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा-बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी हुन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन ।राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गररेकी थिईन । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी… पुरा पढौ

लुम्बिनी धाविका निशाको १०० मिटरमा कीर्तिमान

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पहिलो दिन नयाँ कीर्तिमामान बनेको छ । लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले १०० मिटर दौडमा कीर्तिमान बनाएकी हुन् । हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पुरा गर्दै किर्तिमान बनाईन् । उनले यस अघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । देवीमाया पनेरुले १९९९ मा आठौं दक्षिण एशियाली खेलकुद(साग)मा त्यो कीर्तिमान बनाएकी थिईन् । पुरा पढौ

व्यवस्थापकीय कमजोरका बीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन

पोखरा-३९ वर्षपछि पोखराले नवौं राष्ट्रिय खेलकुद मार्फत सबै खेलाडीलाई स्वागत र सत्कारको अवसर पायो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखरालाई खेलकुदमय बनाईदिएको छ । शुक्रबार साँझ तामझामको साथ खेल महोत्सवको औपचारिक उदघाटन गरियो । तर उदघाटनमा भने व्यवस्थापकीय कमजोर प्रष्ट देखियो । व्यवस्थापकीय कमजोरले विगतमा भएका राष्ट्रिय प्रतियोगिताको उदघाटन समारोह भन्दा खल्लो बन्यो । राष्ट्रियस्तरमा खेलाडीको लागि सबैभन्दा ठूलो खेल महोत्सव नै राष्ट्रिय प्रतियोगिता हो । यद्यपी फितलो व्यवस्थापनले कमजोरलाई उजागार गरिदियो । त्यसो त लामो समयसम्म गरिएको आतिसबाजीले पनि… पुरा पढौ

गण्डकी विजयी

स्याङ्जा-गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।वालिङमा जारी प्रतियोगिता अन्र्तगत दोसो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३३ औ मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन । पुरा पढौ

पुरुषमा गण्डकी र आर्मी भिड्ने, महिलामा आर्मी र एपीएफ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ। गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ। त्यस्तै, पुरुष ह्याण्डबल फाइनलमा विभागीय आर्मीले स्थान बनाएको छ। शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे।घरेलु गण्डकी… पुरा पढौ