राखेप

राष्ट्रिय खेलकुद प्रतियोगितालाई छुट्टाइएको ६० करोड रुपैयाँ खोई–मन्त्री गुरुङ

पोखरा-पर्याप्त बजेट नपाएसम्म गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नसकिने स्पष्ट पारेको छ । बजेटकै अभावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदाँ आफुहरु फस्ने सम्भावना भएको उल्लेख गर्दै ठगी मुुद्धा खेप्नजानुपर्ने देखिएको स्पष्ट पारेको छ । ‘नवौं राष्ट्रिय खेलकुदको लागि ७ करोड मागेका हौं । तर साढे तीन करोड मात्रै मन्त्रालयले दिएको छ ।’ बुधबार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राजीव गुरुङले भने–‘थप बजेट भएन भने गेम गर्न… पुरा पढौ

साग रजतपदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद खेल्न साईकल अभाव

पोखरा-कोभिडले लकडाउन लाग्यो । लकडाउनले आर्थिक समस्या बनायो । जागिर थिएन् । आर्थिक समस्या बढेपछि भएको साईकल बेच्नु पर्यो । साईकल बेचेर आएको पैसाले घरको खर्च जोहो भयो । तर अहिले साईकल अभावले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा रजत पदक विजेता जमूना थापा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने कि नखेल्ने दुविधामा छन् । लकडाउनले आर्थिक समस्या परेपछि साईक्लिङमा डाउनहिल इभेण्टमा प्रतिस्पर्धा गर्दै आएकी थापालाई घरेलु शहरमै आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता अन्यौल बनेको छ । रजत पदक जित्दै… पुरा पढौ

ब्याडमिन्टनका लागि ११ खेलाडी छनोट

पोखरा-गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो । जस अनुसार कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार ब्याडमिन्टन खेलाडीको छनोट गरेको छ । कास्की जिल्लाबाट ब्याडमिन्टनका लागि ७ पुरुष र ४ महिला गरी ११ खेलाडीहरु छनोट भएका छन् । पुरुषतर्फ भूगोल गुरुङ , बिधान अधिकारी, विशाल खड्का… पुरा पढौ

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं–मन्त्री गहतराज

पोखरा-नवौंको तयारी शुरु भईसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुई दिन अघि घोषणा गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । निर्णयसँगै समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङ शून्य छ । बाँकी ७ जिल्लामा पर्वतमा एकजना, गोरखामा दुईजना, म्याग्दीमा एकजना, बाग्लुङमा तीन जना, नवलपुरमा दुईजना, स्याङजामा एकजना र कास्कीमा पाँचजना प्रशिक्षक छन् । अधिकांश प्रशिक्षक तेक्वान्दो र सितेरियो कराँतेको… पुरा पढौ

पहिलो चरणमा जिल्ला छनोट शुरु

पोखरा-पर्याप्त प्रशिक्षक छैनन् । प्रशिक्षक नभएपनि गण्डकी प्रदेशले नवौं राष्ट्रिय प्रतियोगिताको आन्तरिक तयारी शुरु गरेको छ । आन्तरिक तयारीसँगै प्रदेशले जिल्लास्तरीय छनोट प्रतियोगिता शुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ वटा खेलको महिला तथा पुरुष तर्फ छनोट शुरु गरिएको हो । छनोट प्रतिस्पर्धा कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण शरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ ।… पुरा पढौ

भदौ २० भित्र प्रदेश छनोट गरेर बन्द प्रशिक्षण–गण्डकी खेलकुद परिषद

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषदले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ । जिल्ला छनोट भएका खेलाडीलाई परिषदले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्ने छ । केही खेललाई परिषदले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुग्याउने छ । जिल्ला छनोटको लागि जिल्ला खेलकुद मार्फत विभिन्न संघहरुलाई खेलाडी फर्म दर्ताको लागि पठाईसकिएको छ । दर्ता भएको फर्मकै आधारमा खेलाडीहरु जिल्ला छनोटमा सहभागिता जनाउन पाउने छन् । परिषदले सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्वीमिङ,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा पनि हुनुपर्छ- खेलकुदकर्मी

नवलपुर-असोजको अन्तिम साता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको संघारमा गण्डकी प्रदेश छ । प्रदेशका सबै जिल्लामा खेल खेलाउने योजना छ । यद्यपी राष्ट्रिय खेलकुद परिषदले ठोस निर्णय गरेको छैन् । खेल व्यवस्थापन उपसमिति भने खेल मैदान हेर्न दौडधुपमा छ । कुन खेल कहाँ खेलाउने भन्ने निर्णय नहुदाँ त्यस अनुसारको तयारी समेत गर्न सकिएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया नवलपुरमा पनि खेल आयोजना गर्नुपर्ने आवाज उठाएका छन्… पुरा पढौ

खेलाडीलाई हाईअल्टिच्युडमा प्रशिक्षण गराउन युवा तथा खेलकुद मन्त्री गुरुङको योजना

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मार्शल आर्ट्सबाट पदक जित्ने सम्भावित खेलाडीलाई मनाङ मा हाईअल्टिच्युड टे्रनिङको व्यवस्था गराउने प्रतिबद्धता गरेका छन् । उनले सोमबार गण्डकी प्रदेश खेलकुद परिषदको कार्यालय भवन उदघाटनपछि मार्शल आर्ट्सका खेलाडीहरुलाई मनाङ मा हाई अल्टिच्युड प्रशिक्षण गराउने प्रतिबद्धता गरेका हुन् । उनले कराँते, तेक्वान्दो र उसुका खेलाडीहरुलाई मनाङ मा प्रशिक्षण गराउने बताए । मार्शल आर्टस्का तीनै खेल विधाका पदाधिकारीसँग छलफल गर्दै पदक विजेता सम्भावित खेलाडीलाई मनाङ मा प्रशिक्षण… पुरा पढौ

खेलाडीको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र–सदस्य सचिव

पोखरा-आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीहरुको नामावली दर्ता गर्न सबै खेलसंघलाई भईसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषदले आग्रह गरेको छ । भदौ २५ गतेभित्र दर्ता नभएका खेलाडीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउने सुविधाबाट बञ्चित हुने परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए । ‘सबै खेल संघले आफना खेलाडीहरुको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र भईसक्नुपर्ने छ ।’ खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले भने–‘त्यसभन्दा पछि दर्ता हुने खेलाडीले परिषदबाट पाउने सुविधाबाट बञ्चित हुने… पुरा पढौ

साँझमा पोखरा रंगशाला पूर्वाधार अवलोकन,दिउँसो अन्यठाँउको पूर्वाधार हेर्दै

पोखरा-आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ । प्रदेश राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय समेत उदघाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आईतबार पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालय समेत अवलोकन गरेका छन् । सचिवालय अवलोकन अघि शनिबार पोखरा रंगशालाको साँझमा अवलोकन गरेका थिए । शनिबार गोधुली साँझमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालाभित्रको आवश्यक भौतिक पूर्वाधारको अवलोकन गरेर फर्किएका थिए । साँझमा पूर्वाधार हेरेर फकिएको यो भने पहिलो… पुरा पढौ