राखेप

महानगरद्वारा संघसंस्थालाई खेल सामग्री

पोखरा-पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले विभिन्न खेल संस्थालाई खेल सामाग्री वितरण गरेको छ । शुक्रबार महानगर खेलकुद विकास समितिको कार्यालय उदघाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले खेल संस्थालाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । भलिबल, बास्केटबल, फुटबल, तेक्वान्दो, बक्सिङ, मुआथाइ, उसु, कराँते लगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेल सामाग्री वितरण गरिएको छ । खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मेहनत गर्न प्रशिक्षक र… पुरा पढौ

सम्माननिय प्रधानमन्त्रीज्यूबाट ट्रफी सार्वजनिक

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का संरक्षक सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूबाट नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी शुक्रबार एक कार्यक्रमका विच वालुवाटारमा सार्वजनिक गरे । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा राखेपका संरक्षक सम्माननिय प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए । ५ केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द २ तोला सुनले कुँदिएको स्वर्ण शब्द सहित काठको बेसमा वनाईएको छ । ट्रफी १० लाख मुल्य बराबर रहेकोे छ । राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल र खेल तालिका सार्वजनिक

पोखरा-एक महिना बाँकी रहदाँ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल तय गरेको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ५ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो । कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि नै काठमाडौंमा सञ्चालित छ… पुरा पढौ

गण्डकी प्रदेशबाट नवौंको लागि गल्फर छनोट

पोखरा-आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश महिला तथा पुरुष गल्फ टोली छनोट गरिएको छ । दुईदिनसम्म भएको प्रतिस्पर्धामा पुरुष तर्फ ९ जनाले सहभागिता जनाएका थिए । महिला तर्फ ३ जना मात्रै थिए । तीनै जना छनोट भएका छन् । हिमालयन गल्फ कोर्षमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष तर्फ अजित बि क,सुदिप तामाङ ,सुरेश तामाङ ,रोशन बि क रहेका छन् । त्यसैगरी महिला तर्फ जुनि गुरुङ, टीका गुरुङ, निता राणा रहेको कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लच्छिमीप्रसाद गुरुङले जानकारी… पुरा पढौ

साइक्लिङमा १६ जना छनोट

पोखरा-गण्डकी प्रदेशबाट साईक्लिङबाट १६ जना छनोट भएका छन् । गण्डकी प्रदेशस्तरीय साईक्लिङमा विभिन्न इभेण्टमा महिला तथा पुरुष १६ जना छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्कीजिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए ।प्रतियोगितामा महिला तर्फ प्रदेशबाट क्रसकन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले बताए । रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट भएका… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय भलिबल प्रतियोगितामा नवलपुर र म्याग्दी च्याम्पियन

पोखरा -प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि उत्कृष्ठ पुनरागमन गर्दै उपाधि उचाल्यो । स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको थियो भने उपविजेता बनेको स्याङजाले रजत पदक प्राप्त गरेको छ ।… पुरा पढौ

फुटबलमा पुरुष तर्फ नवलपुर र महिला तर्फ स्याङ्जा च्याम्पियन

पोखरा-पुरुष फुटबल तर्फको उपाधि नवलपुरले उचाल्दै च्याम्पियन बन्दा लमजुङ जिल्ला दोस्रो स्थानमा चित्त बुझाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश छनोट प्रतिस्पर्धामा लमजुङलाई १-० ले पराजित गर्दै नवलपुर च्याम्पियन बनेको हो । कास्की जिल्लालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल तय गरेको लमजुङको उपाधि उचाल्ने सपना भने पुरा हुन सकेन् । त्यसैगरी महिला तर्फको उपाधि कास्कीलाई पराजित गर्दै स्याङ्जाले उचाल्यो । कास्कीलाई ५-० गोल अन्तरले पराजित गर्दै स्याङ्जा च्याम्पियन बनेको हो । पोखरा रंगशालाको बैकल्पिक फुटबल मैदानमा महिला तथा… पुरा पढौ

गण्डकी प्रदेशबाट स्क्वासका ७ खेलाडी छनोट

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वास खेल्न गण्डकी प्रदेशबाट ७ जना खेलाडी छनोट भएका छन्। पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न खेलको आधारमा गण्डकी प्रदेशबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना छनोट भएका हुन्। पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। पुरुषतर्फ र हिराकाजी श्रेष्ठ (कास्की) वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्। गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा अमृत प्रथम, दीपक दोस्रो, नवराज तेस्रो र हिराकाजी बैकल्पिकमा छनोट भएका हुन्। गोरखाका अमृतले फाइनलमा कास्कीका दीपक थापामगरलाई… पुरा पढौ

सामान नहुदाँ हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

पोखरा-नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता चलिरहँदा एथलेटिक्सका ६ वटा इभेण्टको भने प्रतिस्पर्धा भएन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । आवश्यक सामानको अभाव नहुदाँ एथलेटिक्सको हर्डल्स तर्फको प्रतिस्पर्धा हुनै नसकेको कास्की जिल्ला एथलेटिक्स संघले स्वीकारेको छ । एथलेटिक्सको प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाको इभेण्ट पोखरा रंगशालास्थित ट्रयाक एण्ड फिल्डमा आयोजना गरिएको छ । हर्डल्ससँगै म्याराथन समेत छनोट प्रतिस्पर्धा आयोजना गर्न नसकिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले… पुरा पढौ

बुद्धिचाल प्रतियोगिताको छनोटमा पुजा र सविन प्रथम

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् । कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए । यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए ।… पुरा पढौ