खेल संस्था

रात्रिकालीन सडक दौड, दार्चुलाका मुकेश प्रथम,फ्रान्सका स्याम्यूल विजेता

पोखरा-पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ ३१ः६७ मिनेटमा… पुरा पढौ

गण्डकीलाई १५ सयमा दुई स्वर्ण

पोखरा-शनिबारदेखि शुरु भएको यु २० एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ सय मिटर दौडमा गण्डकीका नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण पदक जितेका हुन् । नारायणी भण्डारीले १५ मिटर दौड ५ मिनेट १० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यस्तै बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डको समय लगाउँदै रजत र लुम्बिनी प्रदेशकी गुञ्ज यादवले ५ मिनेट २७. ९१ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । नेपाल एथलेटिक्स… पुरा पढौ

एबीसी राष्ट्रिय एट ए साईड भेट्रान्सको उपाधी बगर भाइखलकलाई

पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि संगै बगर भाइखलकले नगद १,५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपबिजेतामा चित्त बुझाएको एबीसीले नगद ७७,७७७ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा बगर भेट्रान्सका दीपक गर्बुजा पुन, कुमार गुरुङ, इश्वर गुरुङ र हिमाल थापाले १–१ गोल… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट ए साइड भेट्रान्समा क्वाटर फाइनल समीकरण

पोखरा-पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन । क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए । दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा लगाउदै… पुरा पढौ

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ सुरु

पोखरा-पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज ९बिहीबार० देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो । आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्यो । सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १र१ गोलको… पुरा पढौ

शनिबार दोस्रो पोखरा ओपन एथलेटिक्स मिट

पोखरा-पोखरामा दुईदिनपछि आयोजना हुने दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा सहभागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको छ । एथलेटिक्स मिटकै अवसरमा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापन र नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार र आईतबार चौथो यु २० एथलेटिक्स च्याम्पियनसिप हुदैं छ । यु २० एथलेटिक्स च्याम्पियनसिपमा विभिन्न २४ विधामा प्रतिस्पर्धा हुने छ । पोखरा ओपनमा भने ३० विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला एथलेटिक्स संघका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । उनका अनुसार दुई वटा छुट्टाछुट्टै प्रतिस्पर्धामा… पुरा पढौ

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा -दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि खेलाडीहरूको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार… पुरा पढौ

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप

पोखरा-यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं। २३, बाम्दीमा साहसिक मोटरबाइक रेस “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुदैं छ । प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुने छ । प्रतियोगिता विशेषगरी डर्ट बाइक (अफ–रोड मोटरसाइकल)प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका… पुरा पढौ

आगामी शनिबार पोखरामा रात्रीकालिन सडक दौड

पोखरा-पोखरामा आगामी शनिबार रात्रीकालिन सडक दौड हुदैं छ । पोखराको बजारमा पोखरा पहिलो पटक पोखरा नाईट स्ट्रिट रन हुने छ । यसै वर्ष नेपालगन्जमा रात्रीकालिन दौड आयोजना गरिएको थियो । दौडका संयोजक दीननाथ बरालका अनुसार सडक दौड ५ किलोमिटरको हुने छ । यद्यपी दुरी झण्डै ७ किलोमिटरको हुने अनुमान गरिएको छ । पोखराका लेकसाईडस्थित सेन्टरप्वाईन्टबाट हल्लनचोक हुदैं जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोकबाट उक्लिएर न्युरोडबाट विपिचोक हुदैं महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर टुंगिने छ । पोखरा होटल संघले फेवा नव वर्षको आयोजना गर्दै छ… पुरा पढौ

१५ विद्यालयलाई फुटबल हस्तान्तरण

पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर स्कुल कार्यक्रममा सहभागि विद्यालयहरुमा बालोदय सेकेण्डरी, बाल मन्दिर स्कुल, ब्रह्मारुपा मावि, गुरुकुल विद्यासदन, त्रिभुवन शान्ति मावि, हेमजा बोर्डिङ, सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी, विष्णुपादुका मावि, सृजना सेकेण्डरी स्कुल, कालिका मावि, सोसियल पब्लिक, अल्फा बोर्डिङ, शान्ति निकुञ्ज स्कुल, सैनिक आवासिय महाविद्यालय र चिल्ड्रेन… पुरा पढौ