विद्यालय

बुधबारदेखि पोखरा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

पोखरा-आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रा(कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने)मा प्रतिस्पर्धा गराईने छ… पुरा पढौ

पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

पोखरा-पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् । उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् । पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा… पुरा पढौ

सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण

पोखरा-पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो । बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको थियो । दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७ सेटमा हरायो । जनप्रिय… पुरा पढौ

कालिका र इन्द्रराज्यको विजयी शुरुवात

पोखरा-पोखरामा मंगलबारदेखि सुरु पाँचौं सृजना कप शुरु भएको छ । पहिलो दिन मंगलबार दिन छात्र र छात्रातर्फ ८–८ खेल खेलाईएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु पाँँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका छन् । छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भएको छ । इन्द्रराज्यलक्ष्मी माविलाई २५–२० र ३५–३३ सेटमा हराउँदै कालिका अघिल्लो चरणमा प्रवेश पाएको रेफ्री संयोजक… पुरा पढौ

सृजना कप विद्यालयस्तरीय भलिबलमा ४५ टिम

पोखरा-पोखरामा मंगलबारदेखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने छन् । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा संचालन हुन लागेको कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा विगतको तुलनामा टिम सहभागिता बढेपछि आयोजक समेत उत्साहित छ । २०७३ सालदेखि संचालित यो प्रतियोगिता कोरोना कारण बीचमा प्रभावित बनेको थियो । यसपालि पाँचौं संस्करणसम्म… पुरा पढौ

टप्स बोर्डिङलाई मेयर कप

पोखरा-राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पा¥यो । शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीये भयो । शहिद स्मृतिले कुल ११… पुरा पढौ

विद्यालयस्तरीय ह्याण्डबल उपाधि गुरुकुललाई

पोखरा-प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि गुरुकुल विद्यासदन स्कुलले जितेको छ । मन्जुबहादुर बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल खेलाडी संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा गुरुकुल विद्यासदनले विन्ध्यवासिनी माविलाई १७–१२ गोल स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । फाईनल खेलमा गुरुकुलका पवन छन्त्यालले सर्वाधिक ८ गोलको योगदान दिएका थिए । मनकामना स्पोर्टस एण्ड फेन्सीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता विद्यालयलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो । उपविजेताले ७ हजार रुपैयाँ… पुरा पढौ

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

पोखरा-हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई÷दुई गोल, यमबहादुर गुरुङ, राजिब पौडेल र टिएस सेनले एक÷एक गोल गरे । सगरमाथाका लागि आर्शिष गुरुङले दुई गोल गरे । अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकीलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा… पुरा पढौ

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ मानिने राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ ।एकल कातामा प्रिन्स प्रथमकराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् । शिवशक्ति माविका अर्जुन सुनार दोस्रो र… पुरा पढौ

१३ औं राष्ट्रपति रनिङ शिल्ड फागुन दोस्रो साता

पोखरा-आगामी फागुनको दोस्रो साता पोखरा रंगशालामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको शुक्रबार बसेको बैठकले १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १४ र १५ गते आयोजना गर्ने निर्णय गरिएको कास्की जिल्ला खेलकुद विकास समिति पोखराका कार्यलय प्रमुख डि.बी नेपालीले जानकारी दिए । फागुनको दोस्रो आयोजना गर्ने निर्णयसँगै जिल्ला खेलकुद विकास समितिले फागुन ९ गतेभित्रका सबै पालिकालाई प्रतियोगिता टुग्याईसक्न आग्रह समेत गरेको छ । कास्कीका चार गाँउपालिका र पोखरा… पुरा पढौ