विद्यालय

गण्डकी प्रदेशस्तरीय यू–१५ विद्यालय खेलकुद प्रतियोगिता

पोखरा -यही जेठको अन्तिम साता आयोजने हुने विद्यालयस्तरीय यु १५ विद्यालय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट गरिएको छ । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्स- एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका… पुरा पढौ

कालिका र अम्मरसिंहलाई क्रिकेट उपाधी

पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न कास्की जिल्लास्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंह मावि विजयी भएका छन् । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ कालिकाले नवप्रभात माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । नव प्रभातका अनिश पटेलले १३ रन जोडे । कालिकाका बलरहरू टङ्क आचार्य र मनोज नेपालीले दुई दुई विकेट… पुरा पढौ

बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

पोखरा-पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले छात्राका लागि १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँसगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने बताए । जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले अहिले पठाइ सगँ सगै… पुरा पढौ

कालिका माविलाई छात्रा क्रिकेटको उपाधि

पोखरा-कालिका माविले टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिका माविले उपाधि उचाल्यो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना सिंखडाले २ विकेट लिइन् ।… पुरा पढौ

रियाको पहिलो शतक, कालिका र सिद्ध विजयी

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता… पुरा पढौ

पोखरामा विद्यालयस्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट, सिद्ध माविको विजयी शुरुवात

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गरेको छ । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा शुशिला दिमदुङको अविजित १० रनको योगदानमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । भद्रकाली मावि केवल ७८ रनमा समेटियो । १३.२ ओभरमा सम्पूर्ण विकेट गुमायो । प्लेयर अफ… पुरा पढौ

बैशाख अन्तिम साता मार्शल आर्ट फेष्टिबल

पोखरा-पोखरा महानगरपालिकाले आर्थिक वर्षको अन्त्यतिर आईपुग्दा बैशाख अन्तिमसातादेखि मार्शल आर्ट फेष्टिबलसहित विभिन्न खेलकुद कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । बैशाख अन्तिम साता मार्शल आर्ट अन्र्तगत महानगरस्तरीय कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, जुडो, र हप्किडो गर्ने योजना रहेको महानगर खेलकुद विकास समितिले उल्लेख गरेको छ । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादु गोदारका अनुसार फेन्सिङ भने राष्ट्रियस्तरको आयोजना गरिने छ । त्यस्तै गरी महानगर खेलकुद विकास समितिले कास्की जिल्ला बक्सिङ संघसँगको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्ने समेत… पुरा पढौ

यूनाइटेड क्लबद्धारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामाग्री वितरण

पोखरा- १४ औं वार्षिकोत्सवको अवसरमा यूनाइटेड क्लबले पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधबहादुर कार्कीले यूनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान अवस्थाहरुलाई मध्यनजर गरी कार्यक्रमहरु अगाडि वढाउनुपर्नेमा समेत जोड दिए । सो अवसरमा वोल्दै यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामकै लागि आयोजना गरिने भएकाले पोखरा महोत्सवको… पुरा पढौ

यु-१३ नाईन ए साईडको उपाधि संगम एकेडेमीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १-० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा… पुरा पढौ

प्रतिभालाई पोखरा कप क्रिकेटको उपाधि

पोखरा-एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ ।बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा… पुरा पढौ