संघ

एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष समापन

पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ । पहिलो चरणको मंसिर २० गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको पुस २२ गतेदेखि २६ गतेम्म पोखरा रंगशालामा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणमा विभिन्न जिल्ला र क्लबका गरी २४ जनाको सहभागिता रहेको थियो । दुई चरणको प्रशिक्षणमा प्रमुख प्रशिक्षक(शिक्षा) सन्जित सिंह र प्राविधिक निर्देशक हरि खड्काले प्रशिक्षण दिएका थिए । राष्ट्रिय खेलाडी, डी लाईसेन्स प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले)… पुरा पढौ

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप बिहीबारदेखि

पोखरा-आज बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाँउपालिकामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुदै छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न। वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा।विको प्राङ्गणमा पौष २६ गते देखि २८ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने छ । नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र… पुरा पढौ

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखरा-पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ«े फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदैं छ । माघ १ गते माघेसंक्रान्तिको अवसरमा ढुंगेसाँघुमा आयोजना हुने साँस्कृतिक मेलामा कास्की जिल्ला क्योकुशिन कान कराँते संघले वर्षेनी फुलकन्ट्याक्ट कराँते प्रतियोगितालाई निरन्तरता दिएको छ । यही पुस २९ गते पोखरा रंगशालामा शुरु हुने छ । फाईनल प्रतिस्पर्धा ढुंगेसाँघुको मेलामा समापन हुने छ । प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ पाँचवटा तौल समूहमा प्रतिस्पर्धा गराईने कास्की जिल्ला क्योकुशिन कान कराँते संघका अध्यक्ष लक्ष्मण… पुरा पढौ

संरक्षक र सोनिरालाई टेनिस उपाधि,प्रदीपले उपविजेतामा चित्त बुझाए

पोखरा-शीर्ष बरियताका प्रदीप खड्कालाई तेस्रो सेट टाइब्रेकरमा पराजित गर्दै संरक्षणभुषण बज्रचार्य पोखरा ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन् । आईतबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा बज्रचार्यले खड्कालाई पराजित गर्न सेट टाइब्रेकरसम्म पुग्यो ।कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाईनल निकै रोमाञ्चक बन्यो । पहिलो सेट आफनो पक्षमा पार्दै खड्काले शीर्ष बरियताको शाख जोगाउने प्रयासमा देखिए । तर दोस्रो सेटमा खेलमा फर्किएका बज्रचार्यले निर्णायक सेट टाईब्रेकरमा टुग्याउँदै उपाधि आफनो नाममा लेखाए । बज्रचार्यले खड्काको… पुरा पढौ

पोखरा मेयर कप ब्याडमिन्टनको उपाधि प्रिन्स र रशिलालाई

पोखरा-दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् । उपाधि संगै उनीहरुले समान नगद रु ५०–५० हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारे । मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नं २ ¥याकिङ एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नं ३ ¥याकिङ… पुरा पढौ

शीर्ष बरियताका प्रदीप माछपुच्छ्रे कप टेनिसको फाईनलमा

पोखरा-उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष बरियता टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित २० औं माछपुच्छ्रे कप टेनिस प्रतियोगिताको सेमिफाईनलमा प्रदीपले भारतीय खेलाडी अभिनंशु बोर ठाकुरलाई पराजित गर्दै फाईनल सुरक्षित गरे । उनले अब उपाधिको लागि संरक्षक भुषण बज्रचार्यसँग खेल्ने छन् ।पहिलो सेटमा ३–६ ले गुमाएका खड्काले दोस्रो सेट आफनो पक्षमा लिदैं उत्कृष्ट कमब्याक गरे । पहिलो सेटमा आफनो सर्भिस प्वाइन्टलाई भारतीय खेलाडी ठाकुरले ब्रेक गरेपछि खड्का पहिलो सेट… पुरा पढौ

भोलिदेखि पोखरामा माछापुच्छ्रे ओपन टेनिस

पोखरा-माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भोलि मंगलबारदेखि टेनिस कोर्टमा “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजना पौष १० गतेबाट १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा १३ महिला र २०३ जना पुरुष खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । भारत, बेलायत… पुरा पढौ

रसिला र प्रिन्सद्वारा उपाधी रक्षा

काठमाडौं-युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधी रक्षा गरेका छन् ।ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधी रक्षा गरेका हुन् । महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरेका हुन् । महिला तर्फ… पुरा पढौ

सेनाका प्रफुल र रसिला सेमिफाईलनमा

काठमाडौं-नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईलनको पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् । अव प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका बिष्णु कटुवालको सामना गर्ने भएका छन् । बिष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । यस्तै रसिलाले फाईलन प्रवेशका लागि सेनाकी… पुरा पढौ

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको बिदाइ ।

पोखरा–नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका बीच टोलीलाई विदाई गरेकी छन् । मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई… पुरा पढौ