संघ

भोलिदेखि गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप

पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीहरूसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार जना उत्कृष्ट खेलाडीलाई समेत टोलीमा समावेश गर्ने अवसर प्रदान गरिएको संघले जनाएको छ । जिल्लाभित्र रहेका प्रतिभावान… पुरा पढौ

प्रदेश शारीरिक सुगठन संघको अध्यक्षमा पौडेल

पोखरा-गण्डकी प्रदेश शारीरिक सुगठन संघको प्रथम साधारण सभा तथा अधिवेशनले १५ सदस्यीय रहने गरी नयाँ कार्यसमिति चयन गरिएको छ । प्रथम अधिवेशनले कास्कीका प्रकाश पौडेलेको नेतृत्वमा हाललाई ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । ६ सदस्यीय पछि मनोनित गरिने छ । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा दुर्गा खोर्जा पुन(बाग्लुङ), महासचिवमा महेश श्रेष्ठ(तनहुँ), सचिव ध्रुव खड्का( बाग्लुङ), कोषाध्यक्षमा शिशिर थापामगर(तनहँु) रहेका छन् । यसैगरी सदस्यहरुमा दिवा राना, अमृत लम्साल, प्रदीप रेग्मी, अविनेश श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिले चारजना सदस्य मनोनित गर्ने निर्वाचन… पुरा पढौ

कास्की फुटबल संघद्वारा बल तथा आर्थिक सहयोग हस्तान्तरण

पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो । सोही अवसरमा कास्की जिल्ला फुटबल संघले संघमा आवद्ध क्लबहरुलाई समेत बल हस्तान्तरण गरिएको छ । क्लबहरुलाई फुटबल प्रशिक्षणमा सहजताको लागि संघले नियमित रुपमा बल सहयोग स्वरुप प्रदान गर्दै आएको छ । केही दिन अघि मात्रै संघले १५ वटा विभिन्न विद्यालयलाई फुटबल हस्तान्तरण… पुरा पढौ

श्रेष्ठ, पाल र चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की -पोखरामा आयोजित दोस्रो पोखरा ओपन एथलेटक्सि मिटमा तीन राष्ट्रिय कीर्तिमान बनेका छन् । दुई महिला तथा एक पुरुष एथलिटले ट्रयाक एण्ड फिल्डमा राखेका हुन् । महिला तथा पुरुष तीन हजार मिटर नयाँ राष्ट्रिय कीर्तिमान बनेका हुन् । तीन हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा पुरुषतर्फ पनि सोही इभेण्टमा सुदुरपश्चिमका मुकेशबहादुर पालको नाममा कीर्तिमान लेखियो । त्यस्तै महिला लङजम्प तर्फ सीमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भईन् । चौधरीले आफनै नाममा… पुरा पढौ

गण्डकी च्याम्पियन, अनुष्का र अभिनाश उत्कृष्ट खेलाडी

पोखरा-यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी च्याम्पियन बनेको छ । गण्डकीकी अनुष्का अधिकारी सर्वोत्कृष्ठ खेलाडी घोषित भईन् । बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल एथलेटिक्स संघको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत र १ कांस्य पदकका साथ दोस्रो तथा सुदूरपश्चिम प्रदेश ४ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो । ट्रयाकतर्फ गण्डकीकी… पुरा पढौ

गण्डकीलाई १५ सयमा दुई स्वर्ण

पोखरा-शनिबारदेखि शुरु भएको यु २० एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ सय मिटर दौडमा गण्डकीका नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण पदक जितेका हुन् । नारायणी भण्डारीले १५ मिटर दौड ५ मिनेट १० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यस्तै बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डको समय लगाउँदै रजत र लुम्बिनी प्रदेशकी गुञ्ज यादवले ५ मिनेट २७. ९१ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । नेपाल एथलेटिक्स… पुरा पढौ

शनिबार दोस्रो पोखरा ओपन एथलेटिक्स मिट

पोखरा-पोखरामा दुईदिनपछि आयोजना हुने दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा सहभागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको छ । एथलेटिक्स मिटकै अवसरमा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापन र नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार र आईतबार चौथो यु २० एथलेटिक्स च्याम्पियनसिप हुदैं छ । यु २० एथलेटिक्स च्याम्पियनसिपमा विभिन्न २४ विधामा प्रतिस्पर्धा हुने छ । पोखरा ओपनमा भने ३० विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला एथलेटिक्स संघका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । उनका अनुसार दुई वटा छुट्टाछुट्टै प्रतिस्पर्धामा… पुरा पढौ

१५ विद्यालयलाई फुटबल हस्तान्तरण

पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर स्कुल कार्यक्रममा सहभागि विद्यालयहरुमा बालोदय सेकेण्डरी, बाल मन्दिर स्कुल, ब्रह्मारुपा मावि, गुरुकुल विद्यासदन, त्रिभुवन शान्ति मावि, हेमजा बोर्डिङ, सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी, विष्णुपादुका मावि, सृजना सेकेण्डरी स्कुल, कालिका मावि, सोसियल पब्लिक, अल्फा बोर्डिङ, शान्ति निकुञ्ज स्कुल, सैनिक आवासिय महाविद्यालय र चिल्ड्रेन… पुरा पढौ

एशियन ट्रायथोलन च्याम्पियनसिपमा जापानीजको बर्चस्व

पोखरा-जापानीज एथलिट हुकुतो ओवारा पोखरामा शनिबार आयोजित सातौं एशिया कप तथा १४ औं साउथ एशियन ट्रायथोलन च्याम्पियन बनेका छन् । उनले ५४ मिनेट ३० मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । नेपाल ट्रायथोलन संघको आयोजनामा आयोजित च्याम्पियनसिपमा जापानकै मित्सुहो मुचीजुकी दोस्रो बने । उनले ५५ मिनेट ०५ सेकेण्डको समय लगाए । एक सेकेण्डले पछि पर्दै उज्वेकिस्तानका आलेक्वजेण्डर कुरीशोभ तृतीय स्थान रहे । जापानका जेन्ता उचिदा र सातोशी इवामोता क्रमश चौथो र पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुग्याएका छन् । अन्तिम पाँच… पुरा पढौ

एथलेटिक्स लाइसेन्स तथा रिफ्रेसर तालिम

पोखरा/जिल्ला एथलेटिक्स संघको आयोजनामा आजदेखि दुई दिने राष्ट्रिय एथलेटिक्स रफ्री लाइसेन्स रिफ्रेसर तालिम शुरु भएको छ। तालिममा गण्डकी प्रदेश र जुम्लाको एक जनासहित ७० जनाको सहभागिता रहेको छ। नयाँ ४० र रिफ्रेसरका ३० जना सहभागी छन्। तालिमको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले उदघाटन गरेका थिए। तालिमलाइ सिध्दान्त अधिकारी तथा गजबहादुर गुरुङले सहजिकरण गर्ने छन्। पुरा पढौ