संघ

राष्ट्रिय ¥याफ्टिङ्ग क्यानोईङ्ग प्रतियोगीता भोलीबाट

काठमाडौंनेपाल ¥याफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीमा ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगीता तथा ७औं राष्ट्रिय ¥याफ्टिङ्ग प्रतियोगीताको आयोजना गर्ने भएकोछ । संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी का टिमका साथै देशका विभीन्न ¥याफ्टिङ्ग कम्पनीहरु तथा क्लब का खेलाडी गरि १५ टिम सहभागी हुनेछन् । वल्र्ड ¥याफ्टिङ्ग फेडेरेशन एशियाका अध्यक्षको उपस्थिती मा… पुरा पढौ

प्रिन्स र जेशिका फाईनलमा

विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ फाईलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकलको सेमिफाईनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अव उपाधीका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए ।… पुरा पढौ

गण्डकी र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

पोखरा-गण्डकी गण्डकी बोर्डिङ स्कुल र पोखरा एकेडेमीले नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता २०७९ को उपाधि जितेका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्रा ह्याण्डबल प्रतियोगिताको पोखरामा भएको फाइनल खेलमा छात्रा तर्फ गण्डकीले सरस्वती बिद्या आश्रमलाई र छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्याकुञ्जलाई पराजित गर्दै उपाधि जितेका हुन्। ण्डकीले सरस्वती बिद्या आश्रमलाई ५—३ को गोल अन्तरले पराजित गर्दा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्या कुन्जलाई १०—७ को गोल अन्तरले पराजित गरेको हो… पुरा पढौ

पोखरामा विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा-कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा आईतबारदेखि पोखरा रंगशालमा विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप विद्यालयस्तरीय प्रतियोगितामा छात्र तर्फ पहिलो खेलमा पोखरा एकेडेमीले राईजिङ स्टारलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । पोखराको जितको क्रममा १२—३ गोलअन्तरको नजिता निकाल्यो । त्यस्तै अर्को खेलमा पोखरा लनर्सले ज्ञानज्योतिलाई १३—१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अगाडि बढ्यो । छात्र तर्फकै तेस्रो खेलमा अल्फा बोर्डिङलाई १५—३ गोल अन्तरले पारजित गर्दै गण्डकी बोर्डिङ स्कुलले जित आत्मसात गरेको छ… पुरा पढौ

राष्ट्रिय च्याम्पियन रशिलालाई पराजित गर्दै जेशिका फाईनलमा

इटहरी- राष्ट्रिय च्याम्पियन एवं विश्व बरियतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्ग इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकल तर्फ फाईनल प्रवेश गरेकीछिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरी संगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी… पुरा पढौ

मेयरकप टी–२० खेल्न कास्की क्रिकेट टोली नवलपुर प्रस्थान

पोखरा-नवलपुरमा आयोजित दोस्रो गैडाकोट मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको लागि कास्कीको टोली नवलपुर प्रस्थान गरेको छ ।कप्तान अमृत गुरुङको कप्तानीमा १४ सदस्यीय टोली प्रस्थान गरेको हो । टोलीमा किरण पौडेल, अभिषेक थापा, विश्वास पराजुली, नितेश गिरी, सुब्रिन श्रेष्ठ,विपिन खत्री, मुश्कान थापा, कृष्ण पौडेल, विष्णुप्रसाद गौतम, रिकेश गुप्ता, आयुष सैंजु, विवेक नेपाल र निरज गुरुङ रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान रहेका छन् । कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले कप्तान अमृत गुरुङलाई जर्सी हस्तान्तरण गरेका थिए । पुरा पढौ

पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा

इटहरी-नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । एकल तर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यस्तै प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज… पुरा पढौ

यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त

पोखरा-यु–१९ विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ तारिखमो सिंगापुरसँग खेल्ने छ । एशिया क्षेत्रबाट क्वाईफाईङ हुदैं यु–१९ विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य नेपाली टोलीले लिएको छ । नेपालले सिंगापुरसँगै २५ तारिखमा कुवेतसँग खेल्ने छ । २६ तारिखमा टोलीले आराम पाउने छ । २७ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्ने छ । २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्ने छ । ६ टिम बीचको प्रतिस्पर्धामा शीर्षस्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा आफनो स्थान बनाउने छ । यु–१९ विश्वकपमा आफनो स्थान बनाउने… पुरा पढौ

पोखरामा माघ २९ देखि कास्की कप ह्याण्डबल

पोखरा-खेलकुदको शहर पोखरामा यही माघ २९ गतेदेखि नवौं संस्करणको कास्की कप ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालयस्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता यही माघ २९ देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी बिद्यालयका गरी छात्र तर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । विजेताले जनही १० हजार, उपबिजेताले ५… पुरा पढौ

तेक्वान्दो टोली यूएईतर्फ

काठमाडौं-यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम गैरे, सुलभ भण्डारी, राजन भण्डारी, अनुस्का भण्डारी, अस्मिता सुब्बा, प्रनिश गुरुङ, सन्देश गिरी, दीपेश खत्री, सोनिया गैरे, सुष्मा थापा, सुजन सिलवाल र खुसी गौतमले चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र टिम व्यवस्थापकमा प्रल्हाद थापा… पुरा पढौ