संघ

शिवालीको सोझो सेटमा जित

पोखरा-उमेर समूहकी शीर्ष बरियताकी शिवाली गुरुङले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गरेकी छन् । गल्र्स सिंगल तर्फ बुधबार विहान पोखरा रंगशालास्थित टेनिस कोर्टमा भईरहेको आइटिएफ जे३० वल्र्ड टेनिस टुर अन्तर्गत शिवालीले सोझो सेटमा पराजित गर्ने क्रममा भारतीय खेलाडी मेहा पाटिललाई ६–०, ६–० ले पन्छाईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा हिजो मंगलबार भएको प्रतिस्पर्धामा ब्वाइज सिंगल्सतर्फ प्रतीक सेओरन (भारत) ले राजबिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले पराजित गरेका थिए । हराउँदै अघिल्लो चरणमा प्रवेश गरे ।… पुरा पढौ

पोखरेली खेलाडी दर्शिलको उत्कृष्ट शुरुवात

पोखरा-पोखरेली युवा टेनिस प्लेयर दर्शिल श्रेष्ठले पोखराको घरेलु कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै विश्व बरियता टेनिस टुर जे३० को सुखद शुरुवात गरेका छन् । सोमबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको ब्वाईज तर्फको मेन ड्रमा दर्शिलले भारतीय खेलाडी अयन दहियालाई सोझो सेटमा पन्छाउँदै जित आत्मसात गरे । ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को नतिजा निकाल्न सफल भए । शीर्ष नं १ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडालाई ६–०, ६–२ ले पराजित गर्दै… पुरा पढौ

सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० शुरु हुदैं

पोखरा-सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० पोखरा शुरु हुदैं छ । पोखरामा यो प्रतियोगिता विगत आठवर्षदेखि आयोजना हुदै आएको छ ।आठौं संस्करणसम्म आईपुग्दा कास्की जिल्ला टेनिस संघले एउटा क्ले कोर्ट थप्न सरकारसँग अनुरोध गर्दै आएको छ । अतिरिक्त क्ले कोर्ट नथपिदाँ आगामी वर्ष पोखराले २४ को ड्रमा सीमित हुने छ । पोखराले सोमबारदेखि ३२ को ड्र खेलाउने छ । त्यसको लागि आवश्यक तयारी पुरा भईसकेको छ । १३ देखि १८ वर्ष उमेर समूहको ब्वाईज तथा गल्स टेनिस खेलाडी पोखरा आईसकेका… पुरा पढौ

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेश्रो साता

काठमाडौं-नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ । मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको छ । जसमा पुरुष तर्फ १५०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर तथा ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० र ५० मिटर… पुरा पढौ

महानगर अध्यक्षमा नियुक्त गोदारलाई सम्मान

पोखरा-पोखरा महानगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारलाई विभिन्न क्लब तथा संघले सम्मान गरेका छन् । गोदारको केही दिन अघि मात्रै पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन् । उनी यस अघि तीन वर्षको पहिलो कार्यकाल सकिएको थियो । कार्यकाल सकिएको १७ महिनापछि पोखरा महानगरपालिकाले उनै गोदारलाई खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । अध्यक्ष गोदारलाई बौद्ध शान्ति युवा क्लब रामघाटका अध्यक्ष सागर गुरुङ, पोखरामहानगर हकी संघका अध्यक्ष यमन रसाईली तथा नेपाल मुआथाईका प्रशिक्षक… पुरा पढौ

नारायणी र मिङमार च्याम्पियन

पोखरा-शनिबार पोखरामा आयोजित पोखरा टेन के रोड रेसको उपाधि महिला तर्फ नारायणी भण्डारी र पुरुष तर्फ मिङमारसिंगी तामाङले जित्नुभएको छ । तामाङले रोड रेस ३१ मिनेटमा पुरा गर्दै च्याम्पियन बन्दा महिला तर्फ च्याम्पियन बनेकी नारायणीले ४१.२३ मिनेटमा पुरा गर्नुभएको थियो । पुरुष तर्फ दिलबहादुर बुढाले ३१.३९ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा बादल कार्कीले ३३ मिनेट ०८ सेकेण्डको समयमा पार गर्दै तेस्रो स्थानमा चिक्त बुझाउनुभयो । त्यस्तै गौतम श्रेष्ठले ३३ मिनेट १२ सेकेण्डमा पुरा गर्दै चौथो र कमल नेपालीले ३३… पुरा पढौ

शनिबार पोखरा टेन के रोड रेस

पोखरा-शनिबार पोखरामा दशकिलोमिटर सडक दौड(पोखरा टेन के रन) हुदैं छ । एथलेटिक्स संघ कास्कीले पहिलो पटक सडक दौड सम्पन्न गर्ने संघारमा छ । पोखरा मात्रै एउटा यस्तो शहर हो जहाँ म्याराथन, हाफ म्याराथन र टन के रोड रेस हुदैं छ । एथलेटिक्स खेल मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्ेश्यसहित संघले पोखरा टेन के रोड रेस गर्दै छ । रोड रेस पुरा गर्ने सबै धावकहरुलाई पदक प्रदान गर्ने निर्णय समेत कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ । गत वर्ष पोखरा ओपन… पुरा पढौ

कार्तिक अन्तिम साता पोखरा टेन के रन

पोखरा-पोखरामा पहिलो पटक महिला तथा पुरुष ओपन पोखरा टेन के रन (दश किलोमिटर दौड) आयोजना हुदैं छ । कास्की जिल्ला एथलेटिक्स संघले पहिलो पटक दश किलोमिटर दौड आयोजना गर्ने अन्तिम तयारीमा जुटेको छ । यही कार्तिक २९ गते शनिबार दौड आयोजना गरिने संघले जनाएको छ । पहिलो पटक आयोजनाको संघारमा रहेको टेन के रनलाई एक्सट्रिम इनर्जी ड्रिङ्कले मुख्य प्रायोजन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको छ । दौडले धावकलाई नयाँ प्लेटफर्म दिनेसँगै खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास… पुरा पढौ

पूर्वाधार विना चाहेर पनि अन्तर्राष्ट्रिय खेल खेलाउन सकिदैन

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाइृ नगदसहित सम्मान गरेको छ । संघको आईतबार आयोजित चौथो वार्षिक साधारण सभामा महिला खेलाडीहरु कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी एवं पुरुष खेलाडीहरुमा सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेललाई नगदसहित सम्मान गरियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघका… पुरा पढौ

नेपाल मुआथाई संघको शुभकामना आदानप्रदान

पोखरा-नेपालमा मुआथाई भित्रिएको झण्डै १८ वर्ष बित्यो । खेलको शुरुवात पोखराबाट भयो । जसलाई नेपाल भित्र्याउने श्रेय दिपकबहादुर गोदारलाई जान्छ । उनै गोदारले भित्र्याएको मुआथाई १८ वर्ष बसन्त पार गर्यो । नेपाल मुआथाई संघको रुपमा दरियो । भित्रिएको १८ वर्षपछि पोखरामा पहिलो पटक संघले आउँदो दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो । संघमा आवद्ध भएका मुआथाई क्लबहरु एकत्रित बने । क्लबहरुले विभिन्न ठाँउमा प्रशिक्षण गराउँदै आएका छन् । उनीहरुलाईै एकत्रित गर्दै पोखरा रंगशालाभित्र मुआथाई संघले… पुरा पढौ