संघ

जनप्रियलाई अण्डर १६ विद्यालयस्तरीय क्रिकेट उपाधि

पोखरा-अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जनप्रिय सेकेण्डरी स्कुलले जितेको छ । आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा जनप्रियले सृजना बोर्डिङलाई ९ विकेटले पराजित गर्दै उपाधि उचाल्यो । सृजनाले पहिलो इनिङ शुरु गर्दै ८७ रनको लक्ष्य प्रस्तुत गर्यो । अघिल्लो खेलमा निकै उत्कृष्ट व्याटिङ गरेका सोनु यादवले ३२ रन बनाए । उनले २३ बल खेल्दै ५ चौका प्रहार गरे । उनको प्रतियोगिता अवधिमै उत्कृष्ट व्याटिङ देख्न पाईयो । त्यस्तै किरण क्षत्रीले केवल ७ रन मात्रै बनाए… पुरा पढौ

जनप्रिय र सृजना उपाधिका लागि भिड्ने

पोखरा-चार खेल चार जितसँगै जनप्रिय स्कुल पोखरामा आयोजित अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शीर्षस्थानमा रहँदै जनप्रियले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । चार खेल, दुई जित, एक बराबर र एक हारसँगै दोस्रो स्थानमा रहेको सृजनाले उपाधिको लागि जनप्रियसँग खेल्ने छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा शनिबार जनप्रियले हिमालयन बोर्डिङलाई ७० रनले पराजित गर्दै शीर्षस्थानमा रह्यो । हिमालयनले टस जित्दै बलिङको निर्णय लियो । जनप्रियले ९ विकेटको क्षतिमा १२१ रनको योगफल… पुरा पढौ

कुमुदिनीमाथि हावर्डको जित

पोखरा,-जनप्रिय सेकेण्डरी स्कुलले आफनो लगातार जित निकाल्ने क्रममा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैैदानमा सृजना बोर्डिङलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर जनप्रियले फिल्ड रोजेपछि सृजनाले पहिलो इनिङ शुरु गर्यो । अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगितामा सृजनाले केवल १३.४ ओभर खेल्दै ४१ रन बनायो । सस्तैमा आउट हुदाँ विशाल ढकालको ७ र स्पन्दन गोर्खालीले ६ रन बनाए । कृष्ण ढकाल र सम्राट रावतले समान तीन तीन विकेट लिएपछि सृजना भने सस्तैमा समेटिन पुग्यो । ४२ रनको लक्ष्य… पुरा पढौ

जनप्रिय र सृजनाको जित

पोखरा-सृजना बोर्डिङ स्कुलले हिमालयन बोर्डिङलाई ९ रनले पराजित गरेको छ । पोखरामा आयोजित यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगितामा टस हारेर व्याटिङको अवसर पाएको सृजनाले सोनु यादवको उत्कृष्ट पारीमा ६ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पार्यो । उनले तेस्रोा नम्बरमा आउँदै २४ बलमा सर्वाधिक ४८ रन बनाए । केवल दुई रनले अर्धशतक पुरा गर्नबाट चुके । त्यस्तै विशाल ढकालले ३५ बलमा अविजित ४२ रनको योगदान दिदाँ दिवस तिवारीले ४५ बल खेल्दै ३० रन बनाए । लाईजु पुर्जाले ४… पुरा पढौ

जनप्रिय र हिमालयनको सहज जित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङको आमन्त्रणसँगै क्रिज छिरेको हिमालयनले १४६ रनको योगफल तयार पार्यो । सफल थापाले सर्वाधिक ४३ रनको योगदान दिदाँ आयुष पनेरु २० रन मात्रै जोडे । व्याटरको भन्दा बढी रन अतिरिक्त खातामा चढ्यो । ५१ रन अतिरिक्त थपिदाँ हिमालयनले विशाल योगफल बनायो । लजिन पुर्जाले… पुरा पढौ

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

पोखरा – गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्वीकृतसंगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त प्रतियोगितामा कुल ८ टिमको… पुरा पढौ

यु १६ क्रिकेट,कुमुदिनीहोम्स ९ विकेटले पराजित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि यु १६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । राउण्ड रोविनमा खेलाईएको प्रतिस्पर्धामा पोखरामा पाँच विद्यालयले सहभागिता जनाएका छन् । मंगलबारको खेलमा कुमुदिनी होम्सलाई हिमालयन बोर्डिङले ९ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ६५ रनको योगफल तयार पार्यो । मिजास पोखरेलले २० बलमा २० रनको योगदान गरे । हिमालयनका सुदर्शन कोईरालाले ४ ओभरमा १० रन दिएर… पुरा पढौ

बैशाख २३ गतेदेखि यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट

पोखरा-यही बैशाख २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । प्रतियोगिताको उदघाटन हावर्ड एकेडेमी विरुद्ध सृजना स्कुलले खेल्ने छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईने छ । शीर्ष दुईले फाईनल खेल्ने छन् । विजेता तथा उपविजेता विद्यालयले ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन् । आगामी जुन (२०२५)मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा एसिसी मेन्स यु १६ इष्टजोन कप हुने छ । त्यसको पूर्व तयारी स्वरुप कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय यु १६… पुरा पढौ

बैशाख २१ गतेदेखि यु-१६ विद्यालयस्तरीय टी–२० क्रिकेट

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यही बैशाख २१ गतेदेखि यु -१६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुदैं छ । यसको लागि कास्की जिल्ला क्रिकेट संघले विद्यालयलाई प्रतियोगिताको सहभागिता जनाउन आवश्यक तयारीमा जुट्न समेत आग्रह गरेको छ । विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको लागि आगामी शुक्रबारसम्म टिम दर्ता गरिसक्नुपर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । चार विद्यालय भन्दा कम सहभागिता जनाएको अवस्थामा संघले प्रतियोगिता सञ्चालन नगर्ने समेत उल्लेख गरेको छ । बढी विद्यालयले सहभागिता जनाएको अवस्थामा पोखरा रंगशाला क्रिकेट मैदान र अर्को… पुरा पढौ

विश्व टेबल टेनिस दिवसमा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न

पोखरा-विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा शनिबार खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा मेन्स सिङ्गल, ब्वाईज सिङ्गल, गल्र्स सिङ्गल र क्याडेट ब्वाईज सिङ्गल विधामा प्रतिस्पर्धा गराइएको थियो । जस्मा मेन्स सिङ्गलमा प्रथम दिपकराज गिरी, दोस्रोमा दिप निशान शाही, तेस्रोमा किसनजिसी र देव बहादुर भुजेल ब्वाईज सिङगलमा दिप निशान शाही प्रथम, कृतन थापा दोस्रो र तेस्रोमा आयुश गहतराज, गल्र्स सिङ्गल तर्फ सेजल वानिया प्रथम, तृषा गुरुङ दोस्रो, सुष्मा गुरुङ र सक्रिया पोखरेल… पुरा पढौ