प्रदेश

यु १६ गण्डकी छनौंट क्रिकेटः तनहुँ ४ विकेटले विजयी

पोखरा-पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जितका लागि १ सय ४ रन पछ्याएको… पुरा पढौ

पर्याप्त पीच कभर नहुदाँ आउटफिल्डमा म्याट राखेर प्रतियोगिता

पोखरा-अण्डर १६ गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता पोखरा मंगलबारदेखि शुरु भयो । बुधबार भने नियमित पानीले क्रिकेट मैदानको पीच ओसिलो हुदाँ पीच भन्दा बाहिर म्याट राखेर खेलाउनुपर्ने बाध्यता सृजना भएको छ । क्रिकेट मैदानमा ६ वटा पीच छन् । पीच छोप्ने प्लाष्टिकको कभर छ । तर पर्याप्त छैन् । पीच राम्ररी छोपिदैंन् । पीच कभर पर्याप्त नहुदाँ पानी पर्दा क्रिकेट पीचसहित ओसिलो हुदाँ बुधबार तनहुँ र बाग्लुङ बीचको खेल पीच भन्दा बाहिर आउटफिल्डमा म्याट ओछ्याएर खेलाईयो । प्रादेशिक क्रिकेट संघका… पुरा पढौ

भोलिदेखि अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता

पोखरा-मंगलबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्कीले बाग्लुङसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उदघाटन हुने छ । प्रदेशस्तरीय अण्डर १६ पुरुष क्रिकेट प्रतियोगिताको लागि अनिष राउतको कप्तानीमा ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरिएको छ । खेलाडीहरुमा सुरज अधिकारी, सोनु यादव, रोशन बास्तोला, मोहम्मद शाहाबुद्धिन, विमोचन सापकोटा, स्मिथ कँडेल, रिदम पाण्डे, सौरभ सिद्धिकी, अनिकेत गजुरेल, सत्कार चालिसे, रोशन नेपाली, शुभम गिरी र राज परियार रहेका छन् । त्यसैगरी चार बैकल्पिक खेलाडीमा सम्राट अधिकारी, संशाक… पुरा पढौ

अरुणा र विश्वास वर्ष खेलाडी

पोखरा-नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई होटल टास्क इनटरनेशनलको सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन पोखराको अमरसिंहचोक नजिकै रहेको होटल टास्क इन्टरनेशनलले सहयोग गर्ने भएको छ । भोली वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न होटल टास्कले मञ्चको होटल पार्टनरको रुपमा सहयोग गर्ने जनाएको छ । होटल टास्कका सञ्चालक मिन गुरुङ र मञ्चका अध्यक्ष एमबि आस्था मगर, महासचिव परशुराम शर्मा, कोषाध्यक्ष विमल तिवारी, सदस्यद्वय प्रविन मगर र गिता रानालगाएतको टिमबिच समझदारी पत्र आदानप्रदान गरिएको छ ।… पुरा पढौ

जनप्रिय र हिमालयनको सहज जित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु १६ विद्यालयस्तरी टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बुधबार हिमालयनले दोस्रो जित निकाल्ने क्रममा हावर्ड एकेडेमीलाई ११० रनको पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङको आमन्त्रणसँगै क्रिज छिरेको हिमालयनले १४६ रनको योगफल तयार पार्यो । सफल थापाले सर्वाधिक ४३ रनको योगदान दिदाँ आयुष पनेरु २० रन मात्रै जोडे । व्याटरको भन्दा बढी रन अतिरिक्त खातामा चढ्यो । ५१ रन अतिरिक्त थपिदाँ हिमालयनले विशाल योगफल बनायो । लजिन पुर्जाले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको ५० हजार सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु धिं युकेले सहयोग गरेको छ । तमु धिं युके नेपाल प्रतिनिधि मेजर लछिमी प्रसाद गुरुङले अवार्डका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, मञ्चका अध्यक्ष एमबि आस्था मगर, मञ्चका सदस्य कृष्णप्रसाद दवाडीलगाएतको टिमलाई मंगलबार सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि गुरुङले अन्य… पुरा पढौ

हिमश्री फुड्सद्वारा मञ्चलाई सहयोग

पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हिमश्री फुडले सहयोग गरेको छ । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष मगर बिच अवार्डलाई सफल बनाउन सहयोग गर्ने समझदारी भएको हो । त्यसैगरि भूपू बक्सिङ संघ पोखराले पनि नगद ५ हजार सहयोग गरेको… पुरा पढौ

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

पोखरा – गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्वीकृतसंगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त प्रतियोगितामा कुल ८ टिमको… पुरा पढौ

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

पोखरा-‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं। २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै… पुरा पढौ