प्रदेश

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङ नियुक्त भएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो । गुरुङले मंगलबार नै सपथ लिदैं छन् । उनलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराउने मन्त्रीका प्रेस सल्लाहाकारले जनाएका छन् । मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराउने छन् । अध्यक्षको कार्यकाल… पुरा पढौ

लिलाजंगलाई मार्चको मन्थ्ली मेडल उपाधि

पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मार्चको मन्थ्ली मेडल गल्फको उपाधि नेट तर्फ एएसपी लिलाजंग गुरुङ ले जितेका छन् । पार ६९ को कोर्षमा ३र४ फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा लिलाजंगले ३४ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । यसैगरी भक्तराज गुरुङ भने उपविजेता बने । उनले ३३ स्कोर गरे । उनले काउण्ट व्याकमा उपाधि आफनो नाममा लेखाए । ३३ स्कोर गरेका ज्ञानकाजी गुरुङ भने तेस्रोस्थानमा चित्त बुझाए । त्यस्तै ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेशकुमार गुरुङ ले जिते । उनले… पुरा पढौ

आगामी बैशाख तेस्रो साता पुरुष भलिबल च्याम्पियनसिप

पोखरा-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमले पोखरामा आगामी वैशाख तेस्रो साता राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप २०८२ आयोजना गर्ने जमर्को गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्सले पहिलो पटक अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिता आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । प्रतियोगितामा चार स्वदेशी क्लब र दुई विदेशी क्लबले प्रतिस्पर्धा गर्ने डिष्ट्रिक गर्भनर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार पाकिस्तान भलिबल क्लब इस्लामावाद, नेपालका विभागीय… पुरा पढौ

रेफ्रीको निर्णयपछि बसेको गलत नजिर

पोखरा-फुटबलमा अविस्मरणीय घटना हुने गर्छन् । सकारात्मक र नकारात्मक दुवैले फुटबल अविस्मरणीय बन्छ । पोखरामा पनि यस्तै अविस्मरणीय घटना फुटबलमा घट्यो । सम्भवत यो घटना कास्कीको फुटबल इतिहासमा पहिलो हो । जुन फुटबलमा अन्यत्र घटेको छैन् घट्दैन पनि । घटनाले फुटबल तरंगित बनाईदियो कि आयोजकले प्रतियोगिता सम्पन्न गरेर पनि चैनको श्वास लिन सकेन् । मैदान भित्र भएको गतिविधिको जस र अपजस आयोजक स्वयंले लिनुपर्ने बाध्यताले हर्ष र विस्मातको अवस्थामा पुर्याईदियो । जुन निर्णयले पोखराको फुटबलमा कलकिंत बनेको छ । रेफ्रीको… पुरा पढौ

१२ विभिन्न उपसमिति गठन

पोखरा-आगामी बैशाख २० गते नवौं पोखरा स्पोर्टस अवार्ड गर्ने निर्णयसँगै खेलकुद पत्रकार मञ्च गण्डकीले विभिन्न उपसमिति गठन गरेको छ । पोखरा रंगशालास्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको रुपमा स्थापित गराउँनुपर्नेमा सहभागिहरुले जोड दिए। भेलाले मञ्चका अध्यक्ष एमबि आस्था संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ । जसमा आर्थिक संकलन उपसमिति संयोजकमा बिमल तिवारी, प्रचार–प्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय… पुरा पढौ

विभागिय डर्वीमा त्रिभुवन आर्मी

पोखरा- प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे । समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् । सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले… पुरा पढौ

नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

नेपालगन्ज-अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउनेछ ।… पुरा पढौ

प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता

पोखरा-गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग आईतबार विहान नौ बजे खेल्दै प्रथम पोखरा कप पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको शुरुवात गर्ने छ । पहिलो दिन चार खेल खेलाईने खेल तालिका सार्वजनिक भएसँगै गण्डकीले कर्णालीसँग प्रतिस्पर्धा गर्ने छ । प्रदेश ह्याण्डबल संघ गण्डकीको आयोजनामा हुने प्रतियोगितामा गण्डकी, कर्णाली, सुदुर पश्चिम, कोशी, सशस्त्र प्रहरी बल, लुम्बिनी र नेपाल आर्मीले सहभागिता जनाएका छन् । नेपाल प्रहरीको टोली भने प्रतियोगितामा समावेश छैन् । दोस्रो खेल सुदुर पश्चिमले कोशीसँग प्रतिस्पर्धा गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बलले लुम्बिनीसँग र… पुरा पढौ

चैतमा छनोट, बैशाख पहिलो सातापछि बन्द प्रशिक्षण

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न गण्डकी प्रदेशले छलफल शुरु गरेको छ । तयारी अनुसार परिषदले गठित प्रदेश संघहरुसँग छलफल गर्यो । कर्णाली प्रदेशको सुर्खेतको विरेन्द्रनगरनगरपालिकास्थित कर्णाली रंगशालामा राष्ट्रिय खेलकुद प्रतियोगताको लागि सचिवालय निर्माण गरेपछि छलफलले तयारी शुरु गर्नुपर्ने निष्कर्ष निकालेको थियो । छलफलले आगामी बैशाख ५ गतेसम्म प्रदेश छनोट गरिसक्ने समय सीमा तोकिएको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले बताए । उनले चैत ५ गतेसम्म संघले दर्ता गर्न छुटेका खेलाडीहरुलाई दर्ता गरिसक्नुपर्ने समेत उल्लेख गरे । त्यसपछि पालिका,… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि

पोखरा-झण्डै दुई वर्षपछि पोखराको ह्याण्डबल कोर्टमा राष्ट्रियस्तरको पुरुष ह्याण्डबल प्रतियोगिता हुदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि आउटडोर ह्याण्डबल कोर्टमा राष्ट्रियस्तरको प्रतियोगिताको समय जुरेको हो । प्रदेश ह्याण्डबल संघ गण्डकीको आयोजनामा आगामी चैतको पहिलो साता प्रथम पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना हुदैं छ । गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकका अनुसा। सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको छ । “लामो समय पछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका… पुरा पढौ