प्रदेश

जावलाखेल सेमिफाईनलमा

पोखरा-निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै खेलमा फर्किएको मनाङ मस्र्याङ्दी अन्तत सडन डेथमा पराजित हुदैं २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । छ पटकको विजेता मनाङले गोल्डकपको यात्रालाई लम्ब्याउने प्रयास सोमबार पेनाल्टी सुटआउटमा पुगेर टुंगिएको छ । पेनाल्टी सुटआउटमा जावलाखेलसँग ७–६ गोलले पराजित हुदैं बाहिरिन पुग्यो । सोमबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जावलाखेलले जितको खुशी मनाउन केही क्षण मात्रै बाँकी थियो । तर अन्तिम मिनेटमा मनाङले गरेपछि निराश बन्न पुगेको थियो । हिसुब थपलियाले ५५ औं मिनेटमा… पुरा पढौ

आर्मी आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा

पोखरा-संकटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेकोे छ । पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै आर्मीले संकटाको चुनौतिलाई ३–०ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आर्मीले अग्रता लियो । कप्तान भरत खवासले मिलाईदिएको पासलाई जिलेस्पीजंग कार्कीले सुन्दर हेड गर्दै गोल गरेपछि आर्मीले अग्रता लियो । आर्मीले दोस्रो गोल भने पेनाल्टीमा गर्यो । खेलको ४९ औं मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै… पुरा पढौ

पारोको चुनौति पन्छाउँदै थ्रीस्टार सेमिफाईनल प्रवेश

पोखरा-एघार पटकको सहभागिता । पाँच पटकको विजेता । ललितपुरे क्लब थ्रीस्टारले आमन्त्रित पाहुना टोली पारो एफसी(भुटान)लाई पन्छाउन निकै सकस पर्यो । प्रिक्र्वाटर फाईनल खेलका चारमध्ये तीन खेलको नजिता पहिलो हाफमै छिनोफानो हुदैं आएको थियो । उदघाटन खेल थ्रीस्टार र सहारा बीचको खेल दोस्रो हाफमा मात्रै नजिता निस्किएको थियो । क्र्वाटरफाईनलको पहिलो खेलमा थ्रीस्टारले पारोको चुनौतिलाई २–० गोल अन्तरले पन्छाउँदै अन्तिम चारमा प्रवेश गर्यो । शनिबार खेलमा दुवै टोली सन्तुलित देखिएका थिए । पहिलो हाफमा दुवैले उत्कृष्ट मुभ बनाउन नसकेपनि विपक्षी… पुरा पढौ

पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप हुने

पोखरा-पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ ।विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । यो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ । शनिबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा कार्यालयदेखि सबैसँग अनुमति लिएर आयोजित साहसिक… पुरा पढौ

कायस्थको अध्यक्षतामा प्रदेश टेनिस सघ सर्वसम्मत

पोखरा-भेट्रान टेनिस खेलाडी विनोद कायस्थको अध्यक्षतामा गण्डकी प्रदेश टेनिस संघ तदर्थ समिति सर्वसम्मत चयन गरिएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा बसेको भेलाले अध्यक्षमा कायस्थसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कर्यसमितिको उपाध्यक्षद्वयमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, सचिवमा नविन चालिसे र कोषाध्यक्षमा प्रीती बराल चयन भएका छन् ।यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका… पुरा पढौ

पुलिस डर्बीमा सशस्त्र पराजित

पोखरा-दुई पुलिस बीचको डर्बी प्रतिस्पर्धामा फेरी एकपटक नेपाल पुलिस क्लबले बाजी मारेको छ । पोखराको फुटबल मैदानमा भाग्यमानी टोलीको उपमा पाएको नेपाल पुलिस क्लबले २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा शुक्रबार सशस्त्र प्रहरी बललाई २–० गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । अब नेपाल पुलिस क्लबले १६ गते चर्च ब्वाईजसित सेमिफाईनल प्रवेशको लागि खेल्ने छ । पुलिसका लागि दुवै गोल मानबहादुर परियारको नाममा रह्यो । उनले खेलको १९ औं र ७१ ऋौं मिनेटमा गोल गर्दै सशस्त्रलाई पोखराको… पुरा पढौ

मछिन्द्रमाथि जावलाखेलको प्रतिस्पर्धात्मक जित

पोखरा-मछिन्द्र क्लबलाई १—० ले पराजित गर्दै जवलाखेल युथ क्लब पोखरामा आयोजित आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा हिसुव थपलियाले गरेको गोल निर्णायक हुन पुग्यो । उनको गोलले जावलाखेललाई अन्तिम आठको यात्रा तय गर्यो भने मछिन्द्रले आहा रारा पोखरा गोल्डकपको यात्रालाई पहिलो खेलबाटै टुग्यांयो । खेलको ३८ औं मिनेटमा थपलियाले गोल गरे । सेन्टरलाईनबाट दिएको पासलाई थपलियाले मछिन्द्रका दुई डिफेन्ससँग गोलकिपर विशाल श्रेष्ठलाई कटाउँदै खाली पोष्टमा निर्णायक गोल गरे । उनको गोलले… पुरा पढौ

आर्मीको जितमा भरत नायक

पोखरा-आहा रारा पोखरा गोल्डकपमा नवप्रवेशी क्लब राईजिङ स्टार क्लब नवलपरासी त्रिभुवन आर्मीसँग पराजित हुदैं पोखरामा केवल अनुभव साटेर फर्किएको छ । पहिलो हाफको २७ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले निर्णायक गोल गर्दै गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नवप्रवेश टोलीको पोखरा यात्रा सुखद हुन सकेन् । सहारा क्लबको आयोजना पोखरा रंगशालामा भईरहेको २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार भएको प्रतिस्पर्धामा आर्मीले राईजिङमाथि प्रतिस्पर्धात्मक जित आत्मसात गर्यो । कमल थापाले मिलाईदिएको पासलाई भरत खवासको उत्कृष्ट हेडर गोलमा परिणत भएपछि आर्मीलाई… पुरा पढौ

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ ।१८ औं पोखरा म्याराथनको युके संयोजक तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई मंगलबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चिप्सको सौजन्य गरेका हुन । साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद तयारी गर्न साढे तीन करोड बजेट माग

पोखरा-अर्को वर्षको मंसिरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेत रंगशालामा हुदैै छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्ने जनाउँदै गण्डकी प्रदेश खेलकुद परिषदले आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ । प्रदेशले मन्त्रालयसँग ३ करोड ६० लाख रुपैयाँ माग गर्ने समेत प्रदेश खेलकुद परिषदको बोर्ड बैठकले निर्णय गरेको छ । बैठकले बाग्मती प्रदेश खेलकुद विकास बोर्डद्धारा आगामी फागुन २४–३० गते सम्म आयोजित अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० मा गण्डकी प्रदेशले सबै खेलका विधामा सहभागिता जनाउने निर्णय गर्दै उक्त… पुरा पढौ