प्रदेश

मंसिर तेस्रो साता २५ औं आदर्श कप

पोखरा-छ वर्षपछि लेखनाथ भण्डारढीकको आदर्श युवा क्लब फुटबल कर्ममा फर्किने तयारीमा छ । सन २०१८ मा २४ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आयोजनापछि सुस्ताएको क्लबले फेरी नकाउट फुटबल प्रतियोगिता आयोजनासँगै सक्रिय बन्दै छ । वर्षेनी महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नकाउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले आगामी मंसिरको तेस्रो सातादेखि २५ औं सस्करणको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । घोषणासँगै क्लबले आफनै वडा पोखरा २९ लाई पहिलो प्रतियोगिताको पहिलो प्रस्तावना दिदैं शुभकामनासहित आर्शिवाद लिएको छ । क्लब… पुरा पढौ

नेपालगन्ज १० नाइट रनको टिसर्ट सार्वजनिक

नेपालगन्ज-दशौं धारा नेपालगन्ज म्याराथनको प्रि इभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरे । टिसर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि दशौंमा दस इभेन्टुका बारेमा… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई सहारा क्लवको ५१ हजार सहयोग

पोखरा-केही दिन अघिमात्रै २३ औं सस्करणको आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक गरेको सहारा क्लबले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले आफनो दोविल्लास्थित सहारा एकेडेमीमा आयोजित साधारणमा सभामा मञ्चको कल्याणकारी अक्षयकोषको लागि क्लबका अध्यक्ष केशवप्रसाद बरालले मञ्चका अध्यक्ष दिननाथ बराललाई हस्तान्तरण गरे । मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, पूर्व सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार, अध्यक्ष दीननाथ बरालले १० हजार रुपैया सहयोग गरेका छन् । मञ्च… पुरा पढौ

धारा नेपालगञ्ज म्याराथन, दशौंमा दश इभेन्ट

नेपालगन्ज-धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार बर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ । बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ । दशौं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी… पुरा पढौ

असोज १२ गते ८ किलोमिटरको पर्वतीय दौड

पोखरा-आगामी असोज १२ गते पोखरा क्लिक प्रा.लि. आयोजनामा ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । दौड पोखरा वडा–२२ पुम्दीभुम्दीमा हुने छ । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय… पुरा पढौ

पुलिस र शसस्त्र च्याम्पियन

पोखरा-लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा… पुरा पढौ

लामाचौर कप महिला तथा पुरुष भलिबल मंगलबारदेखि

पोखरा-एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीचको उदघाटनसँगै लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले खेल तालिका सार्वजनिक गरेको छ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने… पुरा पढौ

सुदेश र स्वरिनले जिते मिनी टुर्नामेन्ट

काठमाडौं-नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल सटल टाईम मिनी टुर्नामेन्ट २०२४ मा यु–१५ पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिला तर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले जित हात पार्दै स्वर्ण पदक प्राप्त गरे । ब्याडमिन्टन खेल प्रति आकर्षण गर्दै बिश्वब्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले बिश्व ब्याडमिन्टन महासंघले संचालन गरेको सटल टाईम मिनी टुर्नामेन्ट २०२४ एकदिने प्रतियोगितामा पुरुष तर्फ भोजपुरका सदीप राई दोश्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेश्रो हुँदै रजत तथा कास्य… पुरा पढौ

कास्की जिल्ला क्रिकेट संघमा रिक्त पदमा मनोनयन

पोखरा-कास्की जिल्ला क्रिकेट संघको कार्यसमितिमा रिक्त रहेको पदमा मनोनयन गरिएको छ । लामो समयसम्म रिक्त रहेको सचिवमा बर्तमान कोषाध्यक्ष विरेन पुनलाई मनोनयन गरिएको छ । कोषाध्यक्षमा दुर्गाबहादुर चन्द र सदस्यमा पूर्व कोषाध्यक्ष चन्द्रकुमार गुरुङलाई मनोनयन गरिएको छ । संघको शनिबार सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट रिक्त रहेको पदमा मनोनयन गरिएको हो । दुई वर्ष अघि तेस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिमा लामो समयसम्म सचिव अनुपस्थिति रहेपछि शनिबारको पाँचौ वार्षिक साधारण सभाबाट पदपूर्ति गरिएको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । उनले… पुरा पढौ

नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गते

नेपालगन्ज-धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार आयोजना हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको हो । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी… पुरा पढौ