बागमती

सिमराको विजयी सुरुवात

हेटौंडा-नवजागृति क्लबको विजयी शुरुवातसँगै हेटौडामा बिहीबारदेखि चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता शुरु भएको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै सिमराले विजयी शुरुवात गर्यो । नवजनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका कृपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । सर्लाहीले खेलमा केही राम्रा अवसर पाए पनि गोल निकाल्न नसक्दा निराश हुँदै… पुरा पढौ

धर्मश्रीलाई काठमाण्डौ महानगरको साथ

काठमाडौं-खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाण्डौ महानगरपालिकाको मुख्य प्रायोजन रहने भएको छ । नेपाल ब्यायाम मन्दिरले काठमाण्डौ महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो । यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन्… पुरा पढौ

धर्मश्री बिजेताले दश लाख प्राप्त गर्ने

काठमाडौं -खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार रासी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघिको संस्करणमा पुरस्कार रासी ५ लाख रहेको थियो । २०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२… पुरा पढौ

बाइक रेसिङ प्रतियोगिता घिमिरे र कार्कीलाई उपाधि

काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिन सम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो ।उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा… पुरा पढौ

बागमतीकी शिक्षा र सेनाकी सीतालाई लाई स्वर्ण

काठमाडौं- बागमती प्रदेशकी शिक्षा नापितले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिला ब्यक्तिगत सावर तर्फ स्वर्ण हात पार्न सफल भएकी हुन् । नापितले फाईनलमा एपिएफकी उर्मिला लामालाई १५ – ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ्ग र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए । यस्तै आजै भएको महिला ईपी तर्फको खेलमा सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतान विच भएको फाईनल प्रतिस्पर्धामा सिताले बाजी मारिन् । सिताले १५ – १२ अकंका साथ स्वर्ण… पुरा पढौ

सातदोबाटोले पुलिसलाई हराएको दिन मच्छिन्द्रलाई पनि सफलता

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लब सातदोबाटो युथ क्लबसँग पराजित हुदाँ शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबको चुनौतिलाई पन्छाउँदै शीर्षस्थानलाई अझ बलियो बनाएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटो युथ क्लबलाई जित दिलाउन आका बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक बनेपछि पुलिस नतमष्तक बन्यो । सातदोबाटोको ए डिभिजनमा डेब्यु सिजन हो । डेब्यु सिजन… पुरा पढौ

एनएनआईपिए स्पोर्टस एवार्ड फागुनमा

काठमाडौं-नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपिए स्पोर्टस् एवार्ड फागुन १७ गते गर्ने संघले पत्रकार सम्मेलन गरि जनाएको हो । नारायण गोपाल चोकस्थित हेडलाईन स्पोर्टस् क्याफेमा आयोजना गरिएका सम्मेलनमा गोदावरी नगरपालिकाको मुख्य प्रायोजनामा हुने १६ औं संस्करणको एवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।कोभिडका कारण प्रतियोगिताहरु नभईरहेको अवस्थालाई मध्यनजर गर्दै यस पटक ओलम्पिक कमिटिबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरि सिफारिस गरिएको खेलाडीहरुलाई पुरस्कार… पुरा पढौ

इन्डोर क्रिकेट फागुन तेस्रो साता

काठमाडौं- प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरेर ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जनाएको हो । प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा नव निमार्ण हलमा आयोजना हुनेछ । कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ । लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये… पुरा पढौ

शुक्रबारबाट आठौं चरणका खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ । पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ । शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो… पुरा पढौ

अन्तत डाकिएका सबै खेलाडी प्रशिक्षणमा फर्किए (फोटो फिचर)

काठमाडाैं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । फाेटाे साैजन्यः क्यान पुरा पढौ