बागमती

एनटीएलाई ४ स्वर्ण र ३ रजत

काठमाडौं,-नेप्लिज तेक्वान्दो एकेडेमी एनटीए का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् । भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । उनले ६।७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६।७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । प्रेजेन्टेसनका आधारमा महेश पछि परेका हुन् । प्रेजेन्टेसनमा भिजनले ३।८३ तथा महेशले ३।८० अंक जोडे । युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष… पुरा पढौ

पुलिसद्धारा रितेशको निलम्बन फुकुवा

काठमाडौं, असाेज २८ । म्याच फिक्सिङको आरोपमा विभागबाट निलम्बनमा परेका राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य रितेश थापामाथिको निलम्बन फुकुवा भएकाे छ । रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवा गरेको हो । देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा रितेश सहित राष्ट्रिय फुटबल टिमका ६ सदस्यविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो । गत असार २ गते सर्वोच्च अदालतले म्याच फिक्सिङ्गको आरोपमा रितेश सहित ६ खेलाडीलाई सफाई दिने निर्णय गरेको थियो । अदालतले म्याच फिक्सिङको कार्यमा… पुरा पढौ

सरकार र राखेपलाई किरण चेम्जोङको खुलापत्र… खेलाडी सधैँ काठमाडौंको धुलोमा, तपाईंहरू चाहिँ चिल्लो गाडीमा?

काठमाडौं, असाेज २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जाेङले सरकार र खेलकुद परिषद्लाई खुलापत्र लेखेका छन्। फेसबुकमार्फत् उनले खुलापत्र लेखेका हुन्।  यस्ताे छ उनले लेखेकाे खुलापत्र आदरणीय राष्ट्रिय खेलकुद परिषद तथा सम्माननीय सरकारलाई म सानो खुला पत्र लेख्न चाहन्छु। म नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर आवश्यक मापदण्ड पूरा गरी सम्पूर्ण खेलकुद पूर्ण रूपमा सुचारु गर्न हजुरहरूलाई अनुरोध गर्दछु।… पुरा पढौ

क्यानको साधारण सभा पुनः स्थगित !

काठमाडौं, असाेज २६ । असोज २८ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) काे साधारण सभा स्थगित हुने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो । चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो । बैठकले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो ।… पुरा पढौ

मूलपानीलाई तीन स्वर्ण

काठमाडौं, असाेज २६ । मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ । कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जिते । मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे… पुरा पढौ

थ्रीस्टारले आफनो विदेशी गोलकिपरलाई फिर्ता पठायो

काठमाडौं-नेपालमा तत्कालै फुटबलको गतिविधि सञ्चालन हुने सम्भावना नदेखिएपछि ए डिभिजन क्लब रुस्लान थ्रीस्टारले आफनो क्लबमा भएको विदेशी खेलाडीलाई स्वदेश(घर) फिर्ता पठाएको छ । शनिबार क्लबले आफनो गोलपिकर वाईभेस प्रिसोलाई घर पठाएको हो । नेपालमा कोरोना कहर बढ्दै गएको छ । त्यसले गर्दा पनि फुटबल लगायत खेलकुदजन्य गतिविधि ठप्पै छन् । कोरोना कहरकै कारण हवाई सेवा समेत ठप्प थियो । हवाई सेवा शुरु भएपछि थ्रीस्टारले प्रिसोलाई घर फिर्ता पठाएको हो । क्लबका अध्यक्ष अर्जुनमान जोशी र प्रिसो बीच फुटबल सिजनमा सम्पर्क… पुरा पढौ

भर्चुअल तेक्वान्दोमा नेपाली सेनालाई ४ पदक

काठडमाडाैं, असाेज १९ । कोरोना भाइरसको कहरका कारण पहिलोपटक अर्चुअल माध्यमबाट तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । बंगलादेश तेक्वान्दो फेडेरेशनको आयोजनामा असोज १७/१८ गते उक्त प्रतियोगिता सम्पन्न भएको हो । पहिलो बंगलादेश तेक्वान्दो (पुम्से) इन्टरनेशनल लाइभ च्याम्पियनसिप–२०२०’ मा सहभागी भएको नेपाली सेनाका खेलाडीले समेत ४ वटा पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आयशा शाक्यले स्वर्ण पदक जितिन् भने सिना मादेन र नीता गुरुङले रजत तथा कृष्ण बहादुर तामाङले रजत पदक जितेका छन् । प्रतियोगितामा विभिन्न १९ देश बाट… पुरा पढौ

खेलाडी कल्याणकारी कोषले खेलाडीलाई आथिर्क सहयोग

काठमाडौं, असोज १८ । राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरियो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो ।… पुरा पढौ