प्रदेश

खेलकुद पूर्वाधारलाई बजेट अभाव हुदैन–प्रधानमन्त्री ओली

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन् । सोमबार पोखरा प्रदेशस्तीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा स्वीमिङ पुल(पौडी पोखरी)र सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पौडी पोखरी निर्माण गर्नेमा सरकारको ध्यान… पुरा पढौ

राजविराजमा हुने भारोत्तोलनको लागि खेलाडी प्रशिक्षणमा व्यस्त

पोखरा-दुईसातापछि राजविराजमा देवनारायण स्मृति भारोत्तोलन प्रतियोगिता हुदैं छ । राजविराजमा हुने प्रतियोगिताको लागि ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धाको लागि खरो उत्रिने तयारीमा खेलाडीहरु नियमित प्रशिक्षणमा व्यस्त छन् । पोखरा रंगशालास्थित भारोत्तोलनको प्रशिक्षण केन्द्रमा गण्डकीबाट सहभागि हुने पाँच महिला र तीन पुरुष गरी ८ खेलाडी नियमित प्रशिक्षणमा व्यस्त छन् । जुनियर, युथ र सिनियर तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । सुष्मा काफ्ले ४९ केजी तौल, अनिका गुरुङ ४५ केजी(दुवैले युथ र जुनियरमा समेत )प्रतिस्पर्धा गर्ने छन् । सनिता लामा… पुरा पढौ

बुटवल टेनिसमा पोखरेली खेलाडी उपाधि निकट

पोखरा-बुटवल टेनिस संघको आयोजनामा सञ्चालित चौथो बुटवल ओपन टेनिस अन्तर्गत डबल्स तर्फको उपाधि नविन मगर र रितिक रानाले जितेका छन् । आईतबार भएको फाईनल खेलमा नविन र रितिकको जोडीले सन्तोष खत्री र प्रणव खनाललाई सुपर टाईमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सटे ६–१ ले सहज लिएका नविन र रितिकको जोडीले दोस्रो सेट भने २–६ मा गुमाउँदै खेल सुपर टाईमा पुग्यो । सुपर टाईमा १०–२ले आफनो पक्षमा पार्दैै मेन्स डबल्सको उपाधि आफनो नाममा लेखाएका हुन् । मेन्स ओपन तर्फको… पुरा पढौ

चैत दोस्रो साता पोखरामा ३ लाख नगद राशीको फुटसल

पोखरा-पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता आगामी चैत दोस्रो साता आयोजना हुने भएको छ । स्र्पोटस क्यासल पोखरा–४ गैह्रपाटनको आयोजना तथा राजन ब्रदरहुडको प्रस्तुति(प्रायोजन)मा ३ लाख नगद राशी पुरस्कारको फुटसल प्रतियोगिता हुने भएको हो । आगामी चैत १० देखि १२ गतेसम्म स्पोर्टस क्यासलको फुटसल एरिनामा हुने छ । फुटबल र फुटसलको विकास गर्ने उद्देश्यसहित राजन ब्रदुरहुडको प्रायोजनमा पुरस्कार राशीको प्रतियोगिता आयोजनाको तयारी गरिएको ब्रदरहुडका अध्यक्ष राजन गुरुङले सुनाए । ‘पोखरामा फुटबल र फुटसलको क्रेज छ । त्यो क्रेजलाई ध्यान राख्दै… पुरा पढौ

धरम र गोपीको जोडी बुटवल टेनिसको सेमिफाईनलमा

बुटवल-बुटवल ओपन टेनिसमा सहभागि पोखरेली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । ४५ वर्षको उमेर समूहको डबल्फ तर्फको प्रतिस्पर्धामा पोखरेली खेलाडीको जोडी गोपी भट्टराई र धरमबहादुर लामिछानेले अमृत रोका र उत्तम बोगटीको जोडीलाई ६-१, ६-२ को सेटले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् । ३५ वर्ष माथिको उमेर समूहको एकल तर्फको प्रतिस्पर्धामा नविन मगरले विष्णु नेपालीलाई ४-६, ६-३, ६-२ को सेटले पराजित गरेका छन् । प्रान्जल कायस्थले दावा शेर्पालाई ७-५, ४-६ र ६-४ को सेटमा पन्छाएका थिए । अनिल साईलाई भने… पुरा पढौ

कोषाध्यक्षको आर्थिक प्रतिवदेन सुनेकै भरमा पास

पोखरा-तीन वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा शुक्रबार गरियो । साधारण सभामा कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने कार्यसमिति तथा साधारण सदस्यले अध्ययन गर्न पाएनन् । कोषाध्यक्षको आर्थिक प्रतिवेदन नै कार्यसमिति तथा साधारण सदस्यलाई दिईएन् । कोषाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले आफनो प्रतिवेदन बाचन गरे । बाचन गरेको प्रतिवेदनलाई कार्यसमितिका सदस्य र साधारण सदस्यले एकोहोरो सुने । त्यसपछि ताली बजाएर पास गरे । तीन वर्षको अवधिमा क्रिकेट संघले गरेको आर्थिक गतिविधि गहन रुपमा केलाउने अवसर भने कार्यसमिति तथा साधारण सदस्यले पाएनन् ।… पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैया सहयोग गरेको हो । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगाएतले सहारा क्लबका अध्यक्ष केशब थापालाई चेक हस्तान्तरण… पुरा पढौ

देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

पोखरा -पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएको छ । आज (शुक्रबार) सम्पन्न सेमीफाईनल खेलबाट विजयी बनेको दुई टिम शनिबार पुरानो टुडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । उनका अनुसार आज (बिहिबार) सम्पन्न पहिलो सेमीफाईनल खेलमा सँगम एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । उक्त खेलमा… पुरा पढौ

स्याङजा र चितवन बीच उदघाटन खेल

पोखरा-सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार पोखरा रंगशाला क्रिेकट मैदानमा यही फागुन १७ गते चितवन क्रिकेट टिमले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता शुरु हुने छ । के.एन स्पोर्टस प्रा.लिको आयोजना तथा सुपर जनरल(द कन्फिडेन्स च्वाईस)को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको दोस्रो दिन १८ गते पहिलो खेल चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । एफ एण्ड एफ हाम्रो मार्ट प्रालि, गण्डकी प्रदेश क्रिकेट संघ तथा… पुरा पढौ

फागुन २४ गतेदेखि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता

पोखरा-रुपा गाँउपालिकाले आफनो स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता फागुन २४ गतेदेखि हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने छ । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतियोगिताको उपाधि बिजेतालाई ८० हजार, उपबिजेतालाई ६० हजार, तृतीय हुनेलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट… पुरा पढौ