भोजपुर- भोजपुरका बिशाल तामाङ्ग भोजपुरमा आयोजित प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । बिशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरे । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ्ग पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे । यसै गरि प्रिक्वाटरमा स्थान बनाउने क्रममा सुनसरीका प्रकाश लिम्बुले मोरङ्गका जोन जसराजलाई २१-१४, २१-१५ले पन्छाए । यस्तै पाँचथरका दिवस…
पुरा पढौ