सुदूरपश्चिम

एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

धनगढी-विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै  विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र… पुरा पढौ

लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौ । वाई–वाई यू–१९ राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । राउन्ड रोविन आधारमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहदै लुम्बिनीसँगको फाइनल भिड्न्त पक्का गरेको थियो । पुरा पढौ

गण्डकी प्रदेश आर्मीसँग पराजित

पोखरा-तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेश नेपाल आर्मीसँग २-० गोलले पराजित भएको छ । बुधबार कन्चनपुरको महेन्द्रनगरमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेश आर्मीसँग पराजित हुन पुग्यो । आर्मीका लागि सनि खड्काले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यस्तै आर्मीको लागि अर्को गोल भने निलिमा पाण्डेले खेलको ५१औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाईन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीलाई नै पराजित गर्दै गण्डकी प्रदेशले फाईनलको यात्रा तय गरेको थियो । तर दुई… पुरा पढौ

गण्डकी प्रदेश महिला हक्की टिमको घोषणा

पोखरा-मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीको घोषणा गरिएको छ । सुदुर पश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको लागि रानाको कप्तानीमा गण्डकी प्रदेश टोली छनोट गरिएको हो । टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन् । यसैगरी बैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन्… पुरा पढौ

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडी महिला अवार्डको प्रायोजक नोभा अस्पताल

धनगढी-धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको नोभा अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधा मध्ये बर्ष खेलाडी महिला विधालाई नोभाले प्रायोजन गरेको हो । अब यो विधाको नाम नोभा अस्पताल बर्ष खेलाडी महिला अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नोभा अस्पतालकी प्रशासन अधिकृत सुमन भट्ट र अस्पतालका मेसु डाक्टर रामविहारी चौधरी तथा… पुरा पढौ

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

धनगढी-धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो । स्पोर्टस अवार्डमा दिइने ९ वटा विधा मध्येको सुदूरपश्चिम आईकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष अवार्ड हुने छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च… पुरा पढौ

सुदूरपश्चिमको सान्त्वना जित

काठमाडौं प्रदेश–२ माथि ३ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको त्रिवि मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूर पश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेटाउँदै प्रतियोगितामा सान्तोवना जित निकालेको हो । यस अघि सम्पन्न तीन खेल मध्ये तीन खेलमा नतिजा सुम्पिएको थियो एक खेल अगावै बाहिरिएको सुदूर पश्चिमसँगै पराजित प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ । तीन खेल खेलेको प्रदेश २ ले… पुरा पढौ

सुदूरपश्चिम प्रदेश बाहिरियो

काठमाडौं-प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ । मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूर पीश्चमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भन अझै बाँकी छ । सजह जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४।४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा… पुरा पढौ