जावलाखेल भलिबल टे«निङ सेन्टरमाथि आर्मीको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-डिफेण्डिङ च्याम्पियन नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले सोझो सेटमा नजिता निकाल्दै आईतबारदेखि चौथो सस्करणको आरबिबि एनभिएन राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आज भएको पहिलो खेलमा आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै आर्मीले तीन अंक जोड्दै लिगको शीर्षस्थानमा छ । आर्मीले खेल जित्न खासै महेनत भने गर्नु परेन् । पहिलो सेटमा जित निकाल्न केही असहज जस्तो देखिएको आर्मीले दोस्रो र तेस्रो सेट भने २० मिनेटभित्रै नतिजा आफनो पक्षमा पारेको थियो ।

आर्मीका अग्ला कदका खेलाडीले ब्लक र फष्ट लाईनमा स्पाईक हान्दा जावलाखेलको डिफेन्स कमजोर देखिएको थियो । आर्मीले दुर्गा खड्का र सरन सामरीलाई पोखराबाटै राष्ट्रिय प्रतियोगितामा डेब्यु गराएको छ । अब दोस्रो खेल हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लब काठमाडौंसँगै प्रतिस्पर्धा गर्ने छ ।

आईतबार नै तेस्रो खेलको रुपमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीसँग खेल्ने छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नयाँबजार स्पोर्टस क्लब काठमाडौसँग चौथो खेल खेल्ने प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले जानकारी दिए ।

विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक गुरुङले जानकारी दिए । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए । प्रतियोगिताको उदघाटन नेपाल राष्ट्रिय वाणिज्य बैकका अध्यक्ष मेहन्द्रमान गुरुङले गर्ने छन् ।