
पोखरा (खेलाडी न्युज)- दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले आज बुधबार सिरिजको अन्तिम टेष्ट म्याच खेल्दै छ । जोहानेसबर्गमा हुने अन्तिम टेष्टमा भारत जितको लागि खेल्ने छ । दक्षिण अफ्रिका भने सिरिजमाथि क्लीनस्वीप गर्ने लक्ष्यमा छ । अघिल्ला दुई टेष्ट पराजित भईसकेको भारतले आजको खेल निकै महत्वपूर्ण रुपमा हेरेको छ । किनकी भारतले आफुलाई क्लीनस्वीप हुनबाट जोगिनुपर्ने आवश्यकता छ ।
टेष्टको लागि खेलाडी तयारीमा छन् । यद्यपी भारतले खेल रणनीति परिवर्तन गर्ने योजना समेत बनाएको छ । कप्तान विराट कोहलीले प्रशिक्षक रवि शास्त्रीसँग छलफलमा जुटिरहेका छन् । केही घण्टापछि शुरु हुने टेष्टमा भारतले तेज बलरलाई उपयोग गर्ने संकेत छ । पीच तेल बलरको लागि सहयोगी रहेकोले पनि तेज बलरले खेल आफनो पक्षमा पार्ने सम्भावनालाई औल्याएका छन् । पीचमा बढी घाँस छ । त्यसले गर्दा पनि भारतले निकै गम्भीरतापुर्वक अध्ययन गरेको छ । ‘पीचमा बढी घाँस छ । त्यसैले कुन विकल्प उत्तम हुन्छ । त्यो बारे निर्णय गर्ने छौं ।’ भारतीय कप्तान विराट कोहलीले भने ‘दुवै देशले विकल्पको बारेमा अध्ययन गरेका छौं ।’ विदेशी भूमिमा अत्यन्तै कम अवसरमा दुई टेष्टमा ४० विकेट लिएको छ । यदी बलरले आफनो भूमिकालाई राम्रोसँग निर्वाह गर्न सके भने फाईदा उठाउन सकिने उनको भनाई थियो ।
भारतीय बलरले दक्षिण अफ्रिकाको फर्ममा रहेको व्याटिङलाईन क्रिजमा जमेर खेल्न नदिने रणनीति अख्तियार गर्ने छ । दक्षिण अफ्रिकाले पनि भारतीय कप्तान विराटलाई सस्तैमा आउट गर्न सके क्लीनस्वीपको सम्भावना देखिन्छ । भारत पहिलो टेष्टमा ७३ रन र दोस्रो टेष्टमा १३५ रनले पराजित हुदैं सिरिज दक्षिण अफ्रिकाले कब्जा गरिसकेको छ । एबी डि भिलियर्स र डी एल्गर उत्कृष्ठ फर्ममा छन् । – एजेन्सीको सहयोगमा । तस्वीर एजेन्सी


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…