
पोखरा(खेलाडी न्युज)- पाकिस्तान यु—१९ विश्वकप क्रिकेटको सेमिफाईनल प्रवेश गरेको छ । दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गर्यो । अलि जर्याब असिफले नटआउट रहँदै ७४ रनको ठोस इनिङ खेलेपछि दक्षिण अफ्रिकाले दिएको लक्ष्यलाई पाकिस्तानले सातविकेटको क्षतिमा १३ बल बाँकी छदाँ पुरा गरेको हो ।
टस जितेर व्याटिङ रोजेका दक्षिण अफ्रिकाले १८९ रन बनाउँदै ९ विकेट गुमाएको थियो । डब्लु मेकयुटुले अर्धशतक प्रहार गरे । उनले ६५ बल खेल्दै ६० रनको महत्वपूर्ण योगदान गरे । नियमण्डले ३६ रन बनाई पवेलियन फर्किए । प्लेसिसले २१ रन बनाई आउट हुदाँ जे डी क्लर्कले केवल १६ रनमा खेल्ने क्रममा रनआउट हुन पुगे । जे पिलेले केवल १४ रनको योगदान दिए । पाकिस्तानी बलर महम्मद मुसाले अफ्रिकाको महत्वपूर्ण तीन विकेट लिए । सैन्शा अफ्रिदीले दुई विकेट लिए ।
१९० रनको लक्ष्य पछ्याएको पाकिस्तानले असिफले ७४ रनको योगदान दिएपछि पाकिस्तानले ४७ ओभर ५ बलमा जित्दै सेमिफाईनल तय गर्यो । म्यान अफ दि म्याच अलिकै आधार स्तम्भमा शाद खानले २६ रन र रोहेल नाजिरले २३ रनको योगदान दिए । मोहम्मद जैद आलमले १५ रन बनाए । दक्षिण अफ्रिकन बलर जे नियमण्डले दुई विकेट लिए । उनले एक मेडन राख्दै ३१ रन खर्चिएका थिए । एजेन्सीको सहयोगमा


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…