रियल कोपा डेल रे कपबाट बाहिरियो ।

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७४ मा प्रकाशित


एजेन्सी- अवे गोलले पराजित हुदैं रियल मड्रिड कोपा डेल रे कपबाट बाहिरिएको छ । लेगानेसँग घरेलु मैदानमै २—१ गोलले पराजित भएपछि रियलले उपाधि जोगाउने सम्भावना तुहियो । पहिलो लेगमा १—० गोल अन्तरले जित निकाल्दै उत्साहित बनेको रियल मड्रिड दोस्रो लेगमा घरमै पराजित हुदैं बाहिरियो ।

जाभिएर एरासोले पाहुना टोलीलाई ३२औं मिनेटमा अग्रता दिलाए । करीम बेन्जेमाले ४७ औं मिनेटमा गोल गरेपछि रियल खेलमा फर्कियो । तर दोस्रो हाफको ५५ औं मिनेटमा रियललाई स्तब्ध पार्ने नजितासहितको गोल खादै बाहिरियो । तर एरासोकै पासमा गाब्रिएलले ५५औं मिनेटमा गोल गर्दै लेगानेसको जित पक्का गरे । ला लिगमा रियलले ७—१ गोल अन्तरले जित निकाल्दै रियल उत्साहित बनेपनि यो नजिताले भने निराश बनाईदियो । भ्यालेन्सियाले अलाभेसलाई पेनाल्टीमा ३—२ को जित निकाल्दै अर्को चरणमा प्रवेश गर्यो ।