किरण आईलिगमा डेब्युको प्रतिक्षा गर्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७४ मा प्रकाशित


पोखरा— आईलिगमा आवद्ध भएका नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ डेब्युको प्रतिक्षामा छन् । तर उनको क्लब मिनेर्भा पञ्जाबले आफनो जर्सीमा कहिले उतार्छ भन्ने यकिन छैन् । दुई दिनअघिमात्रै आईलिगको मिनेर्वासँग आवद्ध भएका थिए । त्यसभन्दा अघि उनी माल्दिभ्सको टिसी स्पोट्सबाट अघिल्लो सिजन विताएका थिए । टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा गत सिजन दोस्रो स्थान हात पार्दै लिग टुग्याएको थियो ।
चेम्जोङको आईलिगमा आवद्ध करियरको दोस्रो व्यवसायिक फड्को हो । यद्यपी सम्झौता रकम खुलाइएको छैन् । नेपाली अर्का स्टार रोहित चन्द इण्डोनेसियाको क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । उनले फेरी सम्झौता गरिसकेका छन् ।

पञ्जावले सुरुवाती ९ वटै खेलमा गोलकिपरमा रक्षित दागरलाई खेलाको छ । अर्का गोलकिपर अर्शदिप सिंहले भने सिजनमा अहिलेसम्म मौका पाउन सकेका छैनन् । गोलकिपर भस्कर रोएले पञ्जाव छाडेपछि किरणसँग सम्झौता गरिएको हा े। किरण, रक्षित र अर्शदिप मध्ये किरण अनुभवी हुन् । यद्यपी उनलाई डेब्यु गराउने विषयमा भने क्लबले कुनै निर्णय गरिसकेको छैन् । राष्ट्रिय टिमको अनुभव नभएका रक्षित अघिल्ला २ सिजन शिभाजिया एफसीमा आवद्ध थिए । तर उनले एक खेलमा पनि मौका पाएनन ्। शिभाजियन गत सिजन आई–लिगबाट रेलिगेशनमा परेको थियो। त्यसअघि रक्षितले सन् २०१२ देखि २०१४ देखि सिक्किम युनाइटेडबाट ६ खेलमा मौका पाएका थिए। सिक्किम अहिले भारतको दोस्रो डिभिजनको लिग खेलिरहेको छ ।

एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। २७ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए । उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाली राष्ट्रिय फुटबल टिममा २००८ मा डेब्यु गरेका थिए । धनकुटमा निवासी उनी नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर हुन् ।