आज विभागीय टोली एपीएफको चुनौति सामना गर्दै सिएमजी संकटा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- सिएमजी संकटाले आज विभागीय टोली एपीएफसित प्रतिस्पर्धा गर्दै छ । आहा रारा गोल्डकपको सस्करणमा उपविजेतासम्मको यात्रा तय गरेको विभागीय टोलीले आज पोखराको मैदानमा संकटाको चुनौतिलाई समाना गर्दै शाख जोगाउने प्रयात्नमा जुट्ने छ । सधैं विभागीयको बर्चस्व रहने नेपाली फुटबलमा संकटाले एपीएफको संकटलाई मोचन गर्ने अभियानमा मैदानमा उत्रिने छ । विभागीय टोलीको एपीएफ गत वर्ष पुर्वाञ्चलमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत फुटबल तर्फको स्वर्ण पदक विजेता समेत हो ।

विभागीय टोली छैटौं सस्करणको उपविजेता हो । छैटौंमा नेपाल पुलिसक्लबसित उपाधि प्रतिस्पर्धमा २—०ले पराजित हुदैं उपाधिविमुख हुन पुगेको थियो । १६ औं सस्करणमा एपीएफको सहभागिता ११ औं पटक हुने छ । गतवर्षको दशौं सस्करणसम्म विभागीय टोलीले क्र्वाटरफाईनल र फाईनलसम्मको यात्रा तय गर्दै आएको छ । खप्तड गोल्डकपमा समेत उपविजेतामा सीमित भएको थियो । संकटाको आहा यात्रा भने चौथो हुने छ । गत वर्षको १५ औं सस्करणमा सेमिफाईनलमा संकटा मनाङ मस्र्याङ्दी क्लबसित पराजित भएको थियो । चौथो यात्रालाई अविस्मरणीय बनाउने धुनमा लाग्ने संकटाले विभागीय टोलीको चुनौति पन्छाउन उद्दत हुने छ ।