
पोखरा(खेलाडी न्युज)- नेपाल—भारत मैत्रीपूर्ण बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले तीन स्वर्ण, दुई रजत पदक जितेका छन् । पोखरा भ्रमणमा आएको भारतीय टोलीले पोखरा रंगशालास्थित कर्भड हलमा आयोजित प्रतियोगितामा ५४ केजी तौल समूहमा भारतीय खेलाडी हरिशलाई पराजित गर्दै दिनेश बानियाँले स्वर्ण पदक जितेका हुन् ।
६० केजी तौल समूहमा भारतीय खेलाडी हिमांशुले नेपाली खेलाडी गणेश सुनारलाई पराजित गर्दै स्वर्ण जित्दा बानियाँले रजत पदकमा चिक्त बुझाए । ६४ केजी तौल समूहको प्रतिस्पर्धा सविन गुरुङले भारतीय खेलाडी कमल सिंहलाई पराजित गरेका थिए । यसैगरी ७४ केजी तौलको प्रतिस्पर्धामा भारतीय खेलाडी विकासले गणेश पुलामीमाथि जित निकाले । त्यस्तै ८१ केजी तौल हेभिवेट प्रतिस्पर्धामा भने आदित्या सिन्हालाई पराजित गर्दै सन्दीप श्रेष्ठले स्वर्ण पदक जितेको प्रशिक्षक सुरेश मल्लले जानकारी दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…