क्रिकेट लिग डिभिजन टुको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपालले लिग डिभिजन —२ को लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । १४ सदस्यीय टोलीमा अधिकांश पुरानै सदस्य छन् । लिग डिभिजन—२ को उदघाटन खेल नेपालले नामिविया विरुद्ध खेल्ने छ । त्यसको लागि पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो ।

टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शाह र रोहित कुमार पौडेल रहेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

त्यसैगरी सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो बैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको छ । आईसिसीका प्रतिनिधि अमिनुल अस्लाम र नेपाली राष्ट्रिय टोलीका कप्तान जगत टमटाले खेलाडीहरुको छनोट गरिएको जनाएको छ । नेपाली टोली तयारीको लागि पर्सी शनिबार साढे चारबजे युएई प्रस्थान गर्ने छ । त्यहाँ नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि फेब्रुअरी ४ मा नामिवियासँग खेल्न प्रस्थान गर्ने क्यानले जनाएको छ