बेन स्टोक राजस्थान रोयल्समा १२ करोड ५० लाखमा खरीद

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- दशबजेदेखि शुरुभएको भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ मा भारतीय व्याट्सम्यान शिखर धवनलाई किग्ंस इलेभन पन्जाबले खरीद गरेको छ । उनको लागि पन्जाबले ५ करोड २० लाख रुपैयाँ लिलामी लगायो । उनी पन्जाबका मार्की खेलाडी हुन् । पन्जाबले अश्विनीलाई पनि खरीद गरेको छ । उनलाई ७ करोड ६० लाखमा खरीद गरेको छ । पन्जाबले फाफ डु प्लेसिसलाई एक करोड ६० लाखमा खरीद गरेको छ । त्यस्तै केरोन पोलार्डलाई मुम्बाई इण्डियन्सले ५ करोड ४० लाखमा खरीद गरेको छ । बेन स्टोकलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको छ । गतवर्ष उनी पुने सुपरजायन्टमा १४ करोड ५० लाखमा बिकेका थिए । राजस्थना रोयल्सले अजिन्क्या राहानेलाई ४ करोडमा खरीद गरेको छ ।
विभिन्न देशका ५७८ जना खेलाडी लिलामीमा छन् । विभिन्न आठ फ्रेन्चाईज कम्पनीले ती खेलाडीलाई आफनो क्लबमा सामेल गर्न खरीद गर्ने छन् । सन २००८ बाट शुरु गरिएको प्रतियोगिताको यो सबैभन्दा ठूलो लिलामी हुने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य स्पीनर सन्दीप लामिछाने लिलामीमा छन् । उनी भारतीय प्रिमियर लिगमा सहभागि हुने पहिलो खेलाडी हुन् । प्रत्येक टोलीमा अधिकतम ८ खेलाडी विदेशी राख्न पाईन्छ । नेपाली क्रिकेट सन्दीप लामिछानेको शुरुवाती मूल्य २० लाख भारु(३२ लाख नेपाली रुपैयाँ) राखिएको छ । उनीसँगै विभिन्न देशका २१८ खेलाडी छन् । भारतीय ३६० जना खेलाडी लिलामीमा छन् ।
आठ फ्रेन्चाईज क्लबले १८ देखि २५ जना खेलाडीलाई राख्न सक्ने प्रावधान छ । ८ विदेशी खेलाडी खरीद गर्न पाउने प्रावधान रहेपनि प्रतियोगिताको समयमा भने चार विदेशी खेलाडीलाई समाहित गर्नपाउने छन् । लिलामीको लागि ८० करोड भारु खर्च गर्न पाउने सीमा तोकिएको छ ।