युवराज सिंह र हरभजनको मूल्य दुई करोड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०७४ मा प्रकाशित


Yuvraj Singh

पोखरा(खेलाडी न्युज)- भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ मा इग्ल्याण्डी खेलाडी बेन स्टोक महंगामा विक्री भएका छन् । बेन स्टोकलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको छ । गतवर्ष उनी पुने सुपरजायन्टमा १४ करोड ५० लाखमा बिकेका थिए । मिचेल स्ट्रकलाई किग्ंस इलेभन पन्जाबले नै ९ करोड ४० लाखमा खरीद गरेको छ । बंगलादेशी बलर सकिब अल हसनलाई सनराईज हैदरवादले २ करोडमा खरीद गर्यो । स्पीनर हरभजन सिंहलाई चेन्नईले २ करोडमा किन्यो ।

भारतीय व्याट्सम्यान शिखर धवनलाई सनराईज हैदरावादले खरीद गरेको छ । उनको लागि हैदरावादले ५ करोड २० लाख रुपैयाँ लिलामी लगायो । उनलाई पन्जाबले खरीद गरेपनि राईट टु म्याच कार्डको प्रयोग गर्दै पुन हैदरावाद फर्काइयो । पन्जाबले रविचन्द्र अश्विनीलाई खरीद गरेको छ । उनलाई ७ करोड ६० लाखमा खरीद गरेको छ । चेन्नाईले फाफ डु प्लेसिसलाई एक करोड ६० लाखमा खरीद गरेको छ । राजस्थान रोयल्सले अजिन्क्या राहानेलाई ४ करोडमा खरीद गरेको छ ।

गौतम गाम्भीरलाई पन्जाबले छोडेपछि दिल्ली डेयरडेभिल्सले २ करोडमा ८० लाखमा खरीद गरेको छ । चेन्नईले डायने ब्राभोलाई ६ करोड ४० लाखमा पन्जाबले राईट टु म्याच कार्ड प्रयोग गर्दै फर्काएको छ । केन विलियम्सनलाई सनराईजले ३ करोडमा खरीद गरेको छ । युवराज सिंहलाई भने पन्जाबले २ करोडको बोली लगायो । त्यस्तै केरोन पोलार्डलाई मुम्बाई इण्डियन्सले ५ करोड ४० लाखमा खरीद गरेको छ । करुण नायरलाई पन्जाबले ५ करोड ६० लाखमा खरीद गरेको छ । ग्लिन म्याक्सेवललाई दिल्लीले ९ करोडमा खरीद गरेको छ ।