स्टुअर्ट विन्नीलाई केवल ६० लाखको मूल्य, सन्दीप पर्खाईमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एंव स्पीनर सन्दीप लामिछाने लागि बोलकबोल भईसकेको छैन् । लन्चपछि फेरी शुरु भएको अक्सन । यद्यपी अझै केही समय कुर्नुपर्ने देखिएको छ । आईतबारसम्म हुने अक्सनमा आठ पे्रmन्चाई कम्पनीले पुराना खेलाडीलाई खरीद गरिरहेका छन् । सन्दीपको मूल्य २० लाखबाट शुरु हुने छ । यद्यपी अझै उनको लागि बोली लगाईसकिएको छैन् ।

भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ मा इग्ल्याण्डी खेलाडी बेन स्टोक महंगामा विक्री भएका छन् । बेन स्टोकलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको छ । उनकै सहकर्मी जेसन रोय भने सबैभन्दा कम मूल्यमा दिल्ली भित्रिएका छन् । दिल्लीले उनलाई केवल १ करोड ६० लाखमा भित्र्यायो । भारतीय खेलाडी मनिष पाण्डेलाई सनराईजले र कोलकत्ता नाईट राईर्डसले के.एल राहुललाई ११—११ करोडमा खरीद गरेको छ । मिचेल स्ट्रकलाई किग्ंस इलेभन पन्जाबले नै ९ करोड ४० लाखमा खरीद गरेको छ । बंगलादेशी बलर सकिब अल हसनलाई सनराईज हैदरवादले २ करोडमा खरीद गर्यो । स्पीनर हरभजन सिंहलाई चेन्नईले २ करोडमा किन्यो । भारतीय व्याट्सम्यान शिखर धवनलाई सनराईज हैदरावादले खरीद गरेको छ । उनको लागि हैदरावादले ५ करोड २० लाख रुपैयाँ लिलामी लगायो । उनलाई पन्जाबले खरीद गरेपनि राईट टु म्याच कार्डको प्रयोग गर्दै पुन हैदरावाद फर्काइयो । पन्जाबले रविचन्द्र अश्विनीलाई खरीद गरेको छ । उनलाई ७ करोड ६० लाखमा खरीद गरेको छ । चेन्नाईले फाफ डु प्लेसिसलाई एक करोड ६० लाखमा खरीद गरेको छ । राजस्थान रोयल्सले अजिन्क्या राहानेलाई ४ करोडमा खरीद गरेको छ । आरोन फिन्चलाई किग्सले ६ करोड २० लाखमा खरीद गरेको छ ।

गौतम गाम्भीरलाई पन्जाबले छोडेपछि दिल्ली डेयरडेभिल्सले २ करोडमा ८० लाखमा खरीद गरेको छ । चेन्नईले डायने ब्राभोलाई ६ करोड ४० लाखमा पन्जाबले राईट टु म्याच कार्ड प्रयोग गर्दै फर्काएको छ । केन विलियम्सनलाई सनराईजले ३ करोडमा खरीद गरेको छ । युवराज सिंहलाई भने पन्जाबले २ करोडको बोली लगायो । त्यस्तै केरोन पोलार्डलाई मुम्बाई इण्डियन्सले ५ करोड ४० लाखमा खरीद गरेको छ । करुण नायरलाई पन्जाबले ५ करोड ६० लाखमा खरीद गरेको छ । ग्लेन म्याक्सेवललाई दिल्लीले ९ करोडमा खरीद गरेको छ ।चेन्नई सुपर किंग्सले केआर जाधवलाई ७ करोड ८० लाखमा खरीद गरेको छ । युसुफ पठानलाई भने सनराईज हैदरावादले १ करोड ९० लाखमा खरीद ग¥यो । रोयल च्यालेन्ज बैंगलोर्सले मोईन अलीलाई १ करोड ७० लाखमा खरीद गर्दै टिममा समावेश गरेको छ । केन विलियमसनलाई सनराइजर्स हैदराबादले ३ करोडमा किन्यो भने डेविड मिलकरलाई किग्स इलेभन पन्जाबले ३ करोडको मूल्य लगायो । ब्रडेन म्याकलमलाई रोयल च्यालेन्जस बैंगलोरले ३ करोड ६० लाखको मूल्य तोक्दै टोलीमा समावेश गरायो । अष्टे«ेलियन खेलाडी क्रिस लिनलाई कोलकोत्ता नाईट राइर्डसले ९ करोड ६० लाखको मूल्यमा भित्रयायो ।

सेन वाटसनलाई चेन्नाईले ४ करोडमा खरीद गर्दा बैंगलोरले क्रिस ओयक्सलाई ७ करोड ४० लाखमा किन्यो । न्युजिल्याण्डका कोलिन मुनरोको मूल्य भने केवल १ करोड ९० लाख मात्रै पर्यो । अष्ट्रेलियन मार्कोस स्टोनिसलाई ६ करोड २० लाखको बोली लगाउँदा टी मोइल अलीलाई भने १ करोड ७० लाख रुपैयाँ बैंगलोर रोयल च्यालेन्जमा भित्रिए । भारतीय खेलाडी स्टुअर्ट विन्नी सबैभन्दा कम ६० लाखमा राजस्थान रोयल्सले खरीद गरेको छ ।