
एजेन्सी— कारोलिन ओज्नियाच्कीले करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी छिन् । शीर्ष बरियताकी सिमोना हलेपलाई सोझो सेटमा पराजित गर्दै वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन जितेकी हुन् ।
साढे सात वर्षपछि फाईनलमा पुगेकी कारोलिनले हलेपलाई पहिलो सेट टाइब्रेकरमा लिईन् । ७—६(२)ले लिदैं उनीमाथि दवाव सृजना गरेपनि दोस्रो सेट ३—६ ले गुमाईन् । अन्तिम सेट भने ६—४ लेलिदैं पहिलो ग्राण्डस्लाम उपाधिसँगै शीर्ष स्थान ओगटिन् । छ वर्षपछि उनी शीर्ष स्थानमा उक्लिदाँ उनले ४३ वटा मुख्य प्रतियोगिता खेलिसकेकी छिन् । हलेप ०—३ को अवस्थामा रहदाँ मुख्य दुई प्रतियोगिताको फाईनल गुमाउन पुगिन् । उनले फ्रेन्च ओपनमा पनि फाईनलमै पराजित हुदैं उपाधिविहीन थिईन् ।
तेस्रो सेट ४—३ को अवस्थामा हलेपको दायाँ एंकलमा चोट लिदैं खेलिन् । २७ वर्षिय डेनिस कारोलिन गतवर्ष अष्ट्रेलियन ओपनको फाईनलमा सेरेना विलियम्ससँग पराजित भएकी थिईन् । सन २००९ र २००१४ मा युएस ओपनमा र हलेप दुई पटक फ्रेन्च ओपनको फाईनलमा पराजित भएकी थिईन् । जितपछि कारोलिनले भनिन—‘म माफी चाहन्छु । मैले आज जिते । मलाई थाहा छ मैले भविष्यमा अझैं धेरै खेल खेल्नुपर्छ । कडा चुनौतिको सामना गर्नुपर्छ र फेरी पनि म माफी चाहन्छु ।’


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…