२९ विदेशी खेलाडीको किनबेच, सन्दीपको पालो आईतबार, ३२१ करोड लगानी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०७४ मा प्रकाशित


एजेन्सी—इण्डीयन प्रिमियर लिग(आईपिएल)को सिजन ११ अन्तर्गत शनिबार पहिलो दिन ११० खेलाडीको खरीद विक्री हुदाँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको पालो भने आईसकेको छ । उनी २७४ औं नम्बरमा रहेकोले सम्भवत आईतबारको अक्सन कार्यक्रममा समावेश हुने छन् । उनलाई कुन कम्पनीले कतिमा किन्ने हो सबैलाई चासोको विषय बनेको छ । उनी आईपिएलको अक्सनमा परेका पहिलो नेपाली खेलाडी पनि हुन् । लेग स्पीनर लामिछानेको अन्तराष्ट्रिय प्रतियोगितामा निकै उत्कृष्ठ छ । विभिन्न देशका क्रिकेटरको लिलामी विक्री भयो । पहिलो दिन ११० जना खेलाडीको खरीद विक्री हुदाँ २९ जना विदेशी खेलाडी छन् भने बाँकी ७८ जना भारतीय छन् ।

११० जनाको खरीद विक्री हुदाँ विस्फोटक व्याटिङ गर्ने वेष्ट इण्डिजका व्याट्सम्यान ग्रिस गेल भने लिलामीमा परेनन् । अर्का श्रीलंकन बलर लाथिस मालिंगालाई पनि फ्रेन्चाईज कम्पनीले खरीदको लागि खासै चासो दिएनन् । उनीहरुसँगै ३२ जना खेलाडीलाई कम्पनीले खरीद गर्ने विषयमा मौन रहे । १६ जना खेलाडीलाई राईट टु म्याच कार्ड फ्रेन्चाईज टिमले प्रयोग गरे । पहिलो दिन कम्पनीहरुले खेलाडी खरीदको लागि ३२१ दशमलव १० करोड रुपैयाँ लगानी गरे । पहिलो दिन देशको लागि नखेलेका खेलाडीलाई बढी मूल्यमा खरीद गरिएको छ । पहिलो दिनको अक्सनमा इग्ल्याण्डका खेलाडी बेन स्टोक्स सबैभन्दा बढी मूल्यमा विक्री भएका छन् । उनलाई १२ करोड ५० लाख रुपैयाँको बोली लाग्यो । क्रुणाल, पाड्यालाई मुम्बई इण्डियन्सले ८ करोड ८० लाखमा खरीद गरेको छ । विकेट विकपर सन्जु सैमसनलाई राजस्थान रोयल्सले ८ करोड हाल्यो । जाफ्रा आर्चर ७ करोड २० लाखमा विक्दा मार्की खेलाडीको रुपमा रहेको जे रुट विक्न सकेका छैनन् । अफगानिस्तान लेग स्पीनर रसिद खानलाई ९ करोडमा विकेका छन् । अष्टे«ेलियन खेलाडी क्रिस लिनलाई कोलकोत्ता नाईट राइर्डसले ९ करोड ६० लाखको मूल्यमा भित्रयायो ।

उनकै सहकर्मी जेसन रोय भने सबैभन्दा कम मूल्यमा दिल्ली भित्रिएका छन् । दिल्लीले उनलाई केवल १ करोड ६० लाखमा भित्र्यायो । भारतीय खेलाडी मनिष पाण्डेलाई सनराईजले र कोलकत्ता नाईट राईर्डसले के.एल राहुललाई ११—११ करोडमा खरीद गरेको छ । मिचेल स्ट्रकलाई किग्ंस इलेभन पन्जाबले नै ९ करोड ४० लाखमा खरीद गरेको छ । बंगलादेशी बलर सकिब अल हसनलाई सनराईज हैदरवादले २ करोडमा खरीद गर्यो । स्पीनर हरभजन सिंहलाई चेन्नईले २ करोडमा किन्यो ।