
एजेन्सी (खेलाडी न्युज) -दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट जित्दै भारतले श्रृखंलालाई क्लीन स्वीप हुनबाट जोगिएको छ । भारतमा आईपिएलको अक्सन शुरुहुदाँ दक्षिण अफ्रिकालाई अन्तिम टेष्टमा ६३ रनले पराजित गदै टेष्ट सिरिजमा क्लीन स्वीपहुनबाट जोगियो ।
भारतले दोस्रो इनिङ्समा दिएको २४७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका चार व्याट्सम्यान शून्य रनमै आउट भएपछि भारतले अन्तिम टेष्टमा महत्वपूर्ण जित निकाल्यो । बलरहरु चम्किएको खेलमा दक्षिण अफ्रिकी एल्गरले ८६ रन हिर्काएपनि अन्य व्याट्सम्यानको फितलो प्रदर्शनले हारको संघारमा पुर्याईदियो । उनीसँगै हसिम अम्लाले ५२ रनको योगदान दिए । अम्लाले पहिलो इनिङ्समा पनि ६१ रनको महत्वपूर्ण योगदान दिएका थिए । क्यु डि फ्लिसिस, एल फ्ल्युक्वायो, के रबाडा, एम मोर्केल शून्य रनमै पवेलियन फर्किएपछि मध्यस्तरको स्कोर पछ्याउन दक्षिण अफ्रिकालाई हम्मे पर्यो । अफ्रिकाले पहिलो इनिङ्समा १९४ रन बनाएको थियो भने दोस्रो इनिङ्स १७७ रनमा समेटिएको थियो । भारतीय बलर मोहम्मद शामीले सर्वाधिक पाँच विकेट चटकाए । जे बुर्माहा र इशान्त शर्माले दुई दुई विकेट लिए ।
भारतीय कप्तान विराट कोहलीको प्रेरणादायी खेलमा भारतले दोस्रो इनिङ्समा २४७ रन हिर्काएको थियो । यद्यपी पहिलो इनिङमा कोहलीले ५४ रन बनाए । सि ए पुजाराले ५० रन बनाएका थिए । दोस्रो इनिङ्समा कोहली रबाडाको बलमा आउट हुनु अघि ४१ रन बनाएका थिए । अजिंक्य राहाणेले ४८ रन बनाई पवेलियनको दिशा लिदाँ बी कुमारले ३३, मोहम्मद शामीले २७ रन, एम विजयले २५ रनको योगदान दिएका थिए । बुर्माहा भने शून्य रनमै आउट भए । भारतले पहिलो इनिङ्समा १८७ मै अलआउट भएपछि दोस्रो इनिङ सम्हालिएर खेलेको थियो । पहिलो इनिङमा ७ रनले पछि परेको अवस्थामा भारतले दोस्रो इनिङ शुरु गरेको थियो । बलर अनुसारको पीच भएकोले पनि भारतले तेज बलरलाई सदुपयोग गर्दै जित आफनो पक्षमा पार्यो ।म्यान अफ दि म्याचको पुरस्कार भारतीय बलर भुवनेश्वर कुमार भए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…