धरानले आर्मीसँग भिड्दै, दुबै जितको श्रृखंला बढाउने अभियानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १४ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- सुदुर पश्चिमको खप्तड गोल्डकप गोल्डकप उचालेर पूर्वाञ्चल पुगेको आर्मी आज पोखराको मैदानमा उत्रिदैं छ । आहा राराको १६ औं सस्करणमा आज पुर्वाञ्चल टोली धरान फुटबल क्लबसित दोस्रो क्र्वाटरफाईनल खेल्दै छ । इटहरी गोल्डकपमा व्यहोरेको हारको पीडालाई पोखराको मैदानमा मलम पट्टी लगाउने धुनमा रहेको आर्मीलाई धराने टोलीले रोक्दै मोसफलमा विभागीय टोलीलाई अर्को हार चखाउने रणनीतिमा छ । आर्मी सिजनको चौथो उपाधि उचाल्ने सपनालाई इटहरीमा फुटबलमा पुनरागमन गरेको रुस्लान थ्रीस्टारले रोकिदिएपछि घाईते बनेको आर्मीले चौथो उपाधि आहा रारा गोल्डकपलाई देखेको छ । मोसफलमा व्यवस्थित फुटबल खेल्दै आएको धरानले पनि पोखराको मैदानबाट उपाधि लिएर फर्किएको छैन् । पोखरामा आर्मीले तीन पटक फाईनल खेल्यो । तीनै पटक उपविजेतामा चित्त बुझायो ।

सातौं आठौं र चौधौ आहा रारा गोल्डकपको फाईनलिष्ट आर्मी सधैं उत्कृष्ठ फुटबल पस्किदैं आएका अर्को विभागीय टोली नेपाल पुलिससँग र दुई वर्षअघिको सस्करणमा मनाङ मस्र्याङ्दीसँग पराजित हुदैं उपाधिबाट विमुख हुन पुगेको थियो । १६ वर्षे ठिटो बन्दै गएको गोल्डकपमा आर्मीको सहभागिताले पनि एक दशक पुरा गरेको छ । पोखराको डर्बीमा यी दुईको भेट दुई पटक भएको छ । दुवैमा एक—एक जित निकाल्दै आफनो अस्थित्वलाई जोगाईराखेका छन् । आईतबारको भेटभने तेस्रो हुने छ । दोस्रो आहा गोल्डकपमा आर्मीले धरानको चुनौतिलाई ४—० को फराकिलो अन्तरले पन्छाएको थियो भने १२ औै आहा राराको संस्करणमा भने धराने टोलीले आर्मीलाई दोस्रो खेलमै २—१ ले पराजित गर्दै क्र्वाटरफाईनल तय गरेको थियो । दुवैको बराबरी जितले पोखरामा जितको एउटाले अर्कोमाथि जितको श्रृखंला बढाउने रणनीतिमा छन् । धरानले आहा रारा गोल्डकपको दोस्रो दिन सिक्किम युनाईटेडलाई पराजित गर्दै मैदानको अनुभवसँगै आत्मविश्वासी देखिएको छ भने आर्मीलाई यो सिजन पोखराको मैदान नयाँ हुने छ ।- फोटो फाईल