
एजेन्सी—तेस्रो स्थानमा रहेको भ्यालेसिन्यलाई पराजित गर्दै रियल मड्रिडले बार्सिलोनासितको अंक तालिकामा घटाएको छ । स्पष्ट तीन अंक जोडेको रियलले स्पेनिस ला लिगमा चौथो स्थानमा यथावत छ । क्रिष्टियानो रोनाल्डोको दुई पेनाल्टी गोलमा अगाडि बढेको रियल मड्रिडले ९० मिनेटको समाप्तिमा थप दुई गोल गर्दै भ्यालेन्सियामाथि ४—१ को नजिता आत्मसात ग¥यो । १६ औं मिनेटमा रोनाल्डोलाई डिबक्बसभित्र लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै हाने । पेनाल्टी गोलबाट लिएको अग्रता पहिलो हाफ हुनु अघि पनि रियलले अर्को पेनाल्टीको अवसर पायो । ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई फेरी रोनाल्डोले गोल गर्दै पहिलो हाफ अघि रियललाई २—० को अग्रता दिलाए ।
५८ औं मिनेटमा सन्टी मिनाले गोल गर्दै भ्यालेन्सियाको आशालाई जगाए । यद्यपी ८४ औं मिनेटमा मार्सेलोले गोल थपे भने खेल सकिन एक मिनेट बाँकी रहदाँ ८९ औं मिनेटमा टोनी क्रसले अर्को गोल थपेपछि रियलले जितमा केही राहतको अनुभव पक्कै ग¥यो । जितले रियल मड्रिडलाई दर्शक र समर्थकको दवाब भने केही मत्थर भएको छ । केही दिन अघि लेगासे सित पराजित भएपछि प्रशिक्षक जिनेदिन जिदानसँगै क्रिष्टयानो रोनाल्डोमाथि निकै दबाव बढेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…