
पोखरा(खेलाडी न्युज)—भारतीय प्रिमियर लिग(आईपिएल) सिजन ११ को लागि आज दोस्रो दिनको अक्सन शुरु भएको छ । दोस्रो दिन राजस्थान रोयल्सले भारतीय २९ वर्षिय अलराउण्डर कृष्णप्पा गौतमलाई ६ करोड २० लाखमा किन्दै शुरुवात गरेको छ । उनको शुरुवात मूल्य केवल २० लाख मात्रै तोकिएको थियो । त्यसैगरी दिल्ली डेयर डेभिल्सले सहबाज नदिमलाई ३ करोड २० लाखमा (शुरुवाती मूल्य ४० लाख थियो) खरीद गर्दा मुम्बई इण्डियन्सले राहुल चाहरलाई केवल १ करोड ९० लाख रुपैयाँमा मोलमोलाई ग¥यो । राजस्थान रोयल्सले मोर्गन अश्विनीलाई २ करोड २० लाखमा खरीद गरेको छ । मुम्बई इण्डियन्सले ईभन लुईसलाई ३ करोड ८० लाखमा खरीद गरेको स्पोर्टस अनलाईन ईएसपिएनले जनाएको छ ।
दोस्रो दिनको अक्सन चलिरहँदा विस्फोटक व्याटिङ गर्ने क्रिस गेल, जे रुट, भारतीय ईशान्त शर्मा, मुरली विजय, पार्थिव पटेलसहितको खेलाडीले आज भाग्य खोज्दै छन् । यद्यपी उनीहरुमाथि फ्रेन्चाईज कम्पनीले खरीद गर्न पहिलो दिनमा चासो भने दिएनन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…