आज थ्रीस्टार र एपीएफ भिड्दै , शाख जोगाउन उद्दत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १५ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- आहा राराको १६ औं सस्करणमा आज सोमबार रुस्लान थ्रीस्टारले शसस्त्र प्रहरी बलको एपीएफ क्लबसित तेस्रो क्र्वाटरफाईनल खेल खेल्दै छ । दुवै पोखराको मैदानमा भिडन्त भने नयाँ हुने छ ।

आहाको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो । शसस्त्र प्रहरी बल भने फाईनलिष्ट हो । पाँचौ, नवौ र १३ औं आहा रारा गोल्डकपको विजेता थ्रीस्टारले पुनरागमनपछि पोखराको मैदानमा पहिलो पटक भिड्दै छ । पुनरागमनलाई उत्कृष्ठ बनाउने क्रममा पुर्वाञ्चल गोल्डकपका जितेर आफनो अस्थित्व फेरी फुटबलमा कायम गरिसकेको छ ।
छैटौं सस्करणको उपविजेतामा चिक्त बुझाएको शसस्त्र प्रहरी बलले पुरानो सस्करण भन्दा उत्कृष्ठ शुरुवात गर्दै गोल्डकपको सस्करण आफनो नाममा लेखाउन उद्दत छ । यद्यपी तीन पटकको विजेताले पनि आफनो पोखरेली छविलाई कायम राख्ने तर्फ ध्यान दिने छ । तीन विभागीय मध्ये उपाधिको दावेदार मानिएको नेपाल आर्मी टाइब्रेकरको शिकार हुदैं बाहिरिसकेको छ ।

शसस्त्र प्रहरी बल सुदुर पश्चिम गोल्डकपको उपविजेता समेत हो । त्यसैले पनि आफनो लयलाई कायम राख्ने कडा चुनौतिसहितको मेहनत गर्नुपर्ने देखिन्छ । पुर्वाञ्चल गोल्डकप जितेर उच्च मनोबलसँगै आउने थ्रीस्टारले मैदानको अनुभव शसस्त्र प्रहरी बलको भन्दा कम छ । यद्यपी तीन पटकको विजेता थ्रीस्टार र उपविजेतामा सीमित शसस्त्रसँगको प्रतिस्पर्धाको नजिता भने दिउँसो साढे चार बजेपछि मात्रै निस्कने छ । सहभागितामा भने शसस्त्रको यो ११ औं हुने छ भने थ्रीस्टारको यो नवौं सहभागिता हुने छ ।