
पोखरा(खेलाडी न्युज)—कप्तान पारस खड्काको बलिङमा विकेट र दिलिप नाथको व्याटबाट रन निस्केपछि युएईको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा युएई ए माथि २५ रनको जित निकालेको छ । २४७ रनको लक्ष्य दिएको नेपालका लागि कप्तान पारस खड्काले युएईको पाँच व्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि मैत्रीपूर्ण खेल जित्दै आईसिसी डिभिजन २ को तयारीका लागि केही आत्मविश्वासी बनेको छ ।
टस जितेर व्याटिङ गरेको नेपालले ३६ रन बनाउँदा १८ रनमै अपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । उनसँग साझेदारी गरिरहेका दिलिप नाथ आउट हुनुअघि ६० बल खेल्दै ६१ रनको महत्वपूर्ण योगदान दिए । रोहित पौडेलले ४३ रन बनाए । बलर करण केसीले अन्त्यतिर व्याटिङ गर्दै १६ बलमा ३५ रन हिर्काए । अनिल कुमार शाहले ३१ रन बनाउँदा कप्तान पारस खड्का भने २० रनमा फाहद नवाजको बलमा आउट हुन पुगे । सिराज पियाको बलमा एलबी डब्लुको शिकार भएका बसन्त रेग्मीले स्कोरिङ कार्डमा २१ रन लेखाए ।
२४७ रनको लक्ष्य पछ्याएको युएई ए भने केवल २२१ रनमा अलआउट भयो । पारस खड्काले ९ ओभर चार बल बलिङ गर्दै एक मेडनमा ३६ रन खर्चिएर ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । करण केसी सर्वाधिक महंगा बलर सावित भए । उनले १० ओभरमा ५१ रन खर्चिएर केवल एक विकेट हातमा पाए । पारस खड्काको बलमा क्लिन बोल्ड हुनु अघि युएईका वासि शले ५९ रन बनाउँदै क्रिमा जमिरहेका थिए । चिराग सुरीले पनि ऐरीको बलमा आरिस शेख मार्फत क्याच आउट गराउनु अघि ४५ रनमा खेलिरहेका थिए । फाहद नावाजलाई ऐरीले बोल्ड गरे । फाहदले ३६ रन बनाए । अन्य खेलाडीको खासै प्रभावकारी प्रदर्शन भने युएईको तर्फबाट देखिएन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…